काठमाडौं, २३ भदौ लामो नीतिगत अस्थिरता र स्रोत अभावका कारण लक्ष्यअनुसार विकास नहुँदा दैनिक ७४ रुपैयाँ (एक अमेरिकी डलर) आर्जन गर्न नसक्ने जनसंख्या ७० लाख छ। राजधानीमा मंगलबार सार्वजनिक नेपाल स्रहश्राव्दी लक्ष्य प्रगति प्रतिवेदन २०१० अनुसार मुलुकको दुई करोड ७५ लाख जनसंख्यामध्ये दैनिक ७४ रुपैयाँ आम्दानी गर्न नसक्ने ७० लाख छन्। दैनिक एक अमेरिकी डलर आर्जन गर्न नसक्नेलाई गरिबीको रेखामुनि राख्ने प्रचलन छ।
काभ्रे/ सरकारको सन् २०११ लाई पर्यटन वर्ष मनाउने अभियानलाई सघाउने उद्देश्यले काभ्रेका विभिन्न गाविसले 'होम स्टे' कार्यक्रम सञ्चालन गरेका छन् । स्थानीय व्यक्तिको सक्रियता तथा लभगि्रन नेपालको संयोजनमा 'होम स्टे' व्यवस्थापन समिति गठन गरी कार्यक्रम सुरु गरिएको हो ।
ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, २ भदौ घट्दो आयात व्यापारको सामना गरिरहेको तातोपानी भन्सारले यस वर्ष साढे २ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलनको महत्वकांक्षी लक्ष्य लिएको छ। गत वर्षभन्दा सात प्रतिशत वृद्धि गरी भन्सारले वार्षिक लक्ष्य निर्धारण गरेको हो।
राजेन्द्र मानन्धर दोलखा, श्रावण ३० बलिउडवालाहरू सुटिङका लागि स्विट्जरल्यान्ड ताक्छन् । हाम्रा कलिउडवालाहरू पनि गच्छे पुगे सायद उतै जान लोभिन्थे । स्विट्जरल्यान्डलाई माथ गर्ने काठमाडौंनजिकका दृश्यहरू भने अहिलेसम्म कुमारी नै छन्, जसलाई हाम्रा चलचित्र उद्यमीहरूले टिप्न सकेका छैनन् । करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, सुनिल थापा, श्वेता खड्काहरूलाई दोलखाले शनिबार मोहनी लगायो ।
माधब अर्याल पाल्पा, २९ श्रावण अश्लिल फोटो खिच्ने तानसेन स्थित एक फोटो स्टुडियोका सञ्चालक शनिवार पक्राउ परेका छन् । तानसेनकै एक विद्यालयमा कक्षा १० पढ्ने एक छात्राको अश्लिल तस्विर खिचेर फेसबुकमा राखेको आरोपमा बडिज्ञानटोलका प्रतिभा फोटो स्टुडियोका सञ्चालक दुर्गालाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
अमन कोइराला सर्लाही, श्रावण ३० भारतबाट मल ल्याउँदै गरेको समूहसँग विवाद हुँदा शनिबार मधुवनगोठ गाउँमा सशस्त्र प्रहरीलाई स्थानीयले कुटपिट गरेका छन् । गाउँलेले सशस्त्र प्रहरीको केही थान हतियारसमेत खोसेका छन् । मल अभावले पीडित किसान र मधुवनगोठ बसेको सशस्त्रको बोर्डर अब्जर्बेसन पोस्ट -बीओपी) का जवानबीच भारतबाट ओसारेको मलको विषयमा विवाद भएको थियो ।
काभ्रे, २९ श्रावण काभ्रे र सिन्धुलीको सीमामा पर्ने रोसी र सुनकोसीको दोभानस्थित नेपालथोकमा डुङगा पल्टिदा एक जना बेपता भएका छन । २ को शकुसल उद्धार गरिएको छ भने १२ जना डुङगामै अडकिएका छन् ।
मकर श्रेष्ठ भक्तपुर, ३० साउन २०६७ को एसएलसीमा दुई बिषयमा अनुतिर्ण विद्यार्थीले आइतबारदेखि पुरक परीक्षा दिदै छन् । आइतबार अंग्रेजी बिषयको परीक्षा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उप नियन्त्रक अम्बिका रेग्मीले अङग्रेजी बिषयमा पचपन्न हजार एक सय १८ परीक्षार्थी सहभागी रहेको जानकारी दिए ।
रोशन साँवा, इलाम, साउन १५ यसअघि नाम नसुनिएको लिम्बुवान स्टेट फोर्सले इलामको दक्षिण-पश्चिम बाँझो- ६, चिसोपानीपञ्चमीस्थित प्रहरी चौकीमा हिजो साँझ आक्रमण गरेको छ। फोर्सका सैन्य कमाण्डर बताउने खाम्बेक्साले सञ्चारकर्मीलाई फोन गरेर चौकी आक्रमण गरेर लिम्बुवान मुक्तिका लागि बिद्रोह सुरु गरेको जानकारी दिए।
पोखरा, अषाढ ३२ पोखरा उपमहानगरपालिकाले यही साउन १ गतेदेखि नगरपालिकाका सबै वडामा कालो प्लास्टिकको झोला हानिकारक भएको ठहर गर्दै त्यसको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । उप-महानगरपालिकाको हालै सम्पन्न १४ औं नगरपरिषद्ले कालो प्लास्टिकको प्रयोग प्रतिबन्ध लगाउने निर्णय पछि त्यसलाई कडाइका साथ लागु गर्ने भएको हो ।
