ऋषिराम पौड्याल सिन्धुपाल्चोक, आश्विन ६ करोडौं रुपैयाँ खर्चेर निर्माण पूरा भएको ५ वर्ष नबित्तै मेलम्ची आयोजनाको मुख्य प्रवेश मार्ग पुरानै स्वरूपमा परिणत भएको छ । गुणस्तरीय ग्राभलिङ गरिएको भनिएको सडक अहिले यातायात सञ्चालन गर्न समेत कठिन हुने अवस्थामा पुगेको छ ।
चौतारा/असोज ३ आइतबार बेलुका गएको भूकम्पबाट सिन्धुपाल्चोक जिल्लाका सबै ७९ गाविसमा भौतिक क्षति पुगेको छ । सबैभन्दा बढी स्याउले गाविस वडा नं ६ र ८ मा नौवटा घर भत्केको र जिल्लाभरिमा हालसम्म पूर्ण र आंशिक गरी ८५ घर भत्केको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक, २४ भदौ तस्करहरुले लुकाइ छिपाइ चिनको खासा लैजान लागेको प्रतिबन्धीत रक्तचन्दन आज प्रहरीले बरामद गरेको छ । तातोपानी भन्सार गेटबाट कटाउने तयारी भइरहेको बेला प्रहरीले विशेष सुराकी आधारमा चन्दन बरामद गरेको थियो । ना २ ख ५५२० नम्बरको मिनी ट्रकको चालक बस्ने सिटको माथी चन्दन लुकाइ राखेको अवस्थामा आफुहरुले बरामद गरेको सशस्त्र प्रहरीका एसपी राजुराम सुवालले जानकारी दिनुभयो ।
किशमा किशोर/विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको अरबौं मूल्यको रक्तचन्दन जिल्ला प्रशासन कार्यालयको परिसरमा अलपत्र परेको छ । बरामदपश्चात् जिल्ला वन कार्यालयको स्वामित्वमा दिईएको ४० हजार किलोग्राम रक्तचन्दन अलपत्र परेको हो ।
चौतारा/स्थानीय स्रष्टाहरुले माक्स्रवादी चिन्तनका प्रणेता वरिष्ठ साहित्यकार एवम् पत्रकार खिलबहादुर भावुकलाई सम्झेका छन् । भावुकको ६२ औं जयन्तीको अवसरमा स्रष्टाहरुले उनलाई कविता वाचन गरेर सम्झेका हुन् । प्रमुख अतिथिको आसनबाट बोल्दै साहित्यकार अमित घिमिरेले भने 'भावुक-काचन बिस्रनु भनेको इतिहास मेट्नु हो' ।
१४ भदौ, काठमाडौँ । चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाको लार्चामा यसै वर्षदेखि सुक्खा बन्दरगाहको निर्माण गर्ने भएको छ । उक्त बन्दरगाह सञ्चालनमा आएपछि तातोपानी नाकाबाट हुने चीनसँगको व्यापार वृद्धि तथा सामान ढुवानी सस्तो हुने जनाइएको छ ।
ध्रुव दंगाल, सिन्धुपाल्चोक, भदौ १४ विद्युत बनाउने क्रममा करेन्ट लागेर बुधबार एक विद्युत कर्मचारीको मृत्यु भएको छ। पश्चिमी सिन्धुपाल्चोकको थाङपालधापस्थित हाँडी खोला जलविद्युत आयोजनाका कर्मचारी कान्छा तामाङको बिहान ज्यान गएको हो।
सिन्धुपाल्चोक, भदौ ८ (नागरिक)- छोराले हानेको आग्लो लागेर घाइते बाबुको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको छ। शिखरपुर-९ का २० वर्षीय राजकुमार पण्डितलाई बाबु विष्णु पण्डितको हत्या गरेको आरोप लगाउँदै प्रहरीले राजधानीको शिक्षण अस्पताल महाराजगन्जबाटै पक्राउ गरेको छ।
कमल भारती, पेड्कु १ भदौ सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको पेट्कु गाबिस-८ निबासी श्रीमती कृष्णमाया भण्डारीले आफ्नो पति स्व. दलबहादुर भण्डारीको स्मृतिमा आफ्नै टोलको श्री ठुलोबन्धन प्राथमिक बिद्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्न रु। ५००००/- आर्थिक सहयोग प्रदान गरेकी छन् ।
काठमाडौं, श्रावण २७ - सिन्धुपाल्चोक नाकाबाट गैरकानुनी रुपमा चीनको खासा क्षेत्र पुगेका नेपाली युवती असुरक्षित बनेका छन् । माइती नेपालले एक महिनासम्म प्रत्यक्ष अनुगमन गरी तयार पारेको प्रतिवेदनले रेष्टुरेन्ट र डान्सबारमा कार्यरत युवती असुरक्षित भएको देखाएको हो ।
