Air Ticketing in Nepal Contact to Merosindhu.com

विचार । दृष्टिकोण

हाकिम, तातोपानी भन्सार र कमिशन

2010-04-10 23:52:40 | अमित घिमिरे

त्यसो त सिन्धुपाल्चोक जिल्ला छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुँदा र तातोपानी धार्मिक, आर्थिक र राजनीतिक चासोकॊ चर्चा र आकर्षणको केन्द्रमा रहेकोछ। अन्तरराष्ट्रिय नाका भन्सार भएको जिल्लामा रहेका कार्यालयहरुमा प्रमुख भएर वा लेखाप्रमुख भएर आउनका लागि ठूलै सकरत एवम् राजनीतिक खेला चल्छ भन्ने कुराहरु बेलाबखतमा चर्चाको विषय बन्ने गर्छ।

जिल्लाका पत्रपत्रिकाहरुले समय-समयमा हाकिमहरु किन धाउँछन् तातोपानी भनेर विषय उठान गरिरहन्छन्। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखदेखि प्रायः सबै कार्यालयका प्रमुखहरु जिल्लामा आएको पहिलो हप्ता नै तातोपानी पुग्ने गर्दछन्। यसै सन्दर्भमा सिन्धु सन्देशको वर्ष ९ अंक ५१ मा 'नसुध्रिएको तातोपानी भन्सार' शीर्षकको समाचारमा- 'भन्सारबाट मन्त्री, राज्यमन्त्री, सचिव, सुरक्षा निकाय, प्रशासन, राजनीतिक दलका नेता र केही राष्ट्रिय मिडियाका पत्रकारहरुले मासिक रकम लाने गरेका छन्। पहिलेभन्दा अहिले यो क्रम बढेको छ । स्रोतका अनुसार भन्सार जम्मा तीनजना कर्मचारीको अधिनमा चल्छ । ती तीनजना कर्मचारी हुन् भन्सार अधिकृत भानु न्यौपाने, सुब्बाहरु दिनेश श्रेष्ठ र चन्द्र बेगा ।'

सोही पत्रिका अझ अगाडि लेख्छ- 'प्रमुख भन्सार अधिकृत चुडामणी देवकोटा भने चुपचाप बसेजस्तो गर्छन्। सबैलाई निक्कै चिप्लो घस्छन् उनी। काम चाहीँ ती तीनजनालाई लगाउँछन् । त्यस्तै जिल्लाको अर्को पत्रिका सिन्धुज्वाला आफ्नो वर्ष ५ अंक २९ मा लेख्छ- 'जिल्ला भित्रनसाथ सीडीओ डीएसपी र जिल्ला शिक्षा अधिकारी तुरुन्तै तातोपानी पुग्छन् । जिल्लाका प्रमुख प्रशासक किन धाउँछन् तातोपानी विश्वस्त सुत्रका अनुसार हाकिमहरु एक मातहत कर्मचारीलाई भेट्न र निर्देश गर्न त अर्को मोटो रकम असुल्न । समग्र तल्लो तहका कर्मचारीहरु यस्तो प्रवृत्तिको विरोध गरिरहेका छन् । स्थानीय सीमा क्षेत्रमा कार्यरत एक प्रहरी जवानले भने- अहिलेको डीएसपी साब त पैसाबाहेक अरु कुरै गर्दैनन्। हुन त सबै सीडीओ, डीएसपी पैसै कमाउन राजनीतिक शक्तिको दुरुपयोग गरेर सिन्धुपाल्चोक आउँछन्। स्रोतका अनुसार डीएसपी अजय भट्टराईले प्रत्येक प्रहरी चौकीबाट रकम असुल्ने गरेका छन् । भन्सार सीमा प्रहरी र अध्यागमन कार्यालयबाट जिल्लाका प्रमुखहरुलाई मासिक रकम दिने गरेको बताइएको छ ।'

यसरी हाकिमहरु तस्करसँग साँठगाँठ गरेर पैसा असुल्ने र राजनीतिक दलहरुलाई समेत लविङ्ग गरेर कमिसन बुझाउने कुरा सार्वजनिक हुँदा पनि किन मौन छन् सरोकारवाला के स्थानीयस्तरमा उठेका कुरा स्थानीय पत्रिकाका कुरा न हो भनेर बाल वास्ता नगरेका हुन् वा प्रशासक नेता राजनीतिक दलहरुलाई मुलुकको नियम कानून र विधिले केही नाप्दैन हो यसरी तोकिएर किटानी गरेर आएका समाचार फगत पीत पत्रिकारिता होइन भने किन मौन छन् आमनागरिक सरोकारवाला र राज्य किन बेवास्ता गर्छन् मुलुक डुबाउने कर्तुत र कसुरवारलाई ।

प्रतिकृयाकालागि-

सिन्धुपाल्चोक चौतारा-८
amurtaamit@gmail.com
amurtaamit@yahoo.com

 

प्रतिक्रियाहरु

नमस्कार म सुमन तपाई हरु लाई

- suman ragmi : kathamandu

लेखको लागी धन्यबाद…………याहाले अरुको पत्रिकाले लेखेको भन्दा पनि आफैले प्रमाण सहित भण्डाफोर गरेमा अझ राम्रो हुने थियो की ………।अन्नेथा नलिनु होला किनकी तातोपानी भन्सार को प्रचलन लेखेर कहिल्यै सकिदैन ……॥रुप परिवर्तन हुन्छ मात्र ………॥यहाको जय होस

- ROSHAN KARKI : SINDHUPALCHOK–3,


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box