Air Ticketing in Nepal Contact to Merosindhu.com

जिल्ला जानकारी

ऐतिहासीक सन्दर्भ

2010-04-02 08:25:12 | मेरो सिन्धु

सिन्धुपाल्चोकको प्रसङ्ग पौराणिक कालदेखि नै विभिन्न घटना परिघनामा जोडिएर आएको पाइए पनि प्राचीन इतिहासमा यो जिल्ला कुनै छुट्टै अलग अस्तित्वमा आधारित थियो भन्ने कुनै पर्याप्त तथ्यहरु पाइएको छैन । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका थुप्रै विशेषता बोकेको यो जिल्लाको बारेमा पर्याप्त अध्ययन र अनुसन्धान हुन बाँकी छ ।

पौराणिक सन्दर्भ

  • पौराणिक-ऐतिहासीक सन्दर्भ ऋषि विश्वमित्रको तपोवन पाँचपोखरीमा थियो । श्रृफ् ऋषि पनि हिमालका छेउमा तपस्या गरी वसेका थिए । एकपटक नारद उनलाई भेट्न गएछन्। ठण्डिले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र ऋफ्ले तातोपानीको धारा खोलिदिए ।
  • पर्वतराजकी छोरी पार्वती यिहंको हिमचुलीहरुमा टेक्थिन र खॊल्थिन । हिमवत्खण्डमा जनाइए अनुसार उनी एक समय हिरण्यशेखर नामको पर्वतमा गईन र त्यहाँ उनले सनातन नाम गरेको ऋषिलाई पुजा गरीन हनि दान दिइन । त्यसवखत पार्वतीको ओठमो छेउवाट पसिना खस्यो अनि तुरुन्तै पहेँलो रफ्को भई नदि वनेर पहाडमा वग्यो -त्यहि नदि सुनकोशी हो ।
  • राजा इन्द्रले कुनै वेला स्वर्गको राजापट सवै छोठेर नदिको तीरमा आई तपस्या गर्न थाले । उनी नहुँदा स्वर्गमा वाधा पर्यो र इन्द्रायणि आई विलाप गर्न लागिन । उनको विलाप सुनेर इन्द्रको मति फिरेको हुजाले त्यस नदिको नाम इन्द्रावती रह्यो ।

ऐतिहासीक सन्दर्भ

इतिहासका विभिन्न नायक एवं पात्रहरुको नाम यस जिल्लाको देवस्थलभुस्थलयुद्धस्थल र सिमास्थलसम्म सन्दर्भित भएर आउँछन् । ति पात्रहरुमध्ये हेलम्वु निर्वासन भएकि राजराजेश्वरी रणवहादुर शाहकी जेठी रानीदुगुनागढि र वहादुर शाहजनरल भीमसेन थापा र भोताङअभयाननद स्वामिको नामले प्रख्यात जनरल रणविरिसंह थापारणनैनेश्वर शिवालय र सिपा हवेलीतिव्वतसँग सन्धि गरेर फर्केको काजी भीम मल्ल सुनकोशी एवं इन्द्रावती संगममा क्रुरतापुर्वक उनको हत्या र उनकि पत्निको श्राप आदि शताव्दीयौँसम्म नविसर्िइने महत्वपुर्ण घटनाहरु हुन । नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघि सिन्धुपाल्चोक जिल्ला पुर्व १ नम्वर प्रशासनिक क्षेत्र अन्र्तगत पर्दथ्यो । काभे्र र सिन्धुपाल्चोक दुवै इलाकाहरु समाहित पेर्व १ नम्वर को मुख्य प्रशासनिक मुकाम चौतारा थियो भने धुलिखेलमा चाहिँ छोटि मुकामा जुन समयमा सिन्धुपाल्चोक पुर्व १ नम्वर अन्र्तगत थियो त्यसवखत प्रशासनिक सुविधाको लागि ४० वटा थुमहरु खडा गरीएको थिए । ती ४० थुमहरु भित्र सिन्धु र पाल्चोक नामक दुई थुमहरु पनि थिए । तिनै २ थुमहरुको संश्लेषणवाट सिन्धुपाल्चोक जिल्लाको नामाकरण भएको वुझिन्छ। मुलुकमा पंचायति शासन व्यवसथा हुँदा यस जिल्लामा ७५ वटा गाँउ पाचायतहरु थिए भने हाल ७९ वटा गा।वि।सहरु रहेको छन । यस जिल्लामा एउटै पनि नगरपालिका छैन तथापि सदरमुकाम चौतारा र मेलम्चिले कालान्तारमा त्यो हैसियत पाउन सक्छन ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box