जिल्ला जानकारी

परिचय

2010-04-02 07:04:36 | मेरो सिन्धु

नेपालको कुल क्षेत्रफलको १.७३ प्रतिशत भूभाग ओगट्ने सिन्धुपाल्चोक मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने १९ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला हो। वाग्मती अञ्चलमा पर्ने एक उच्च पहाडी जिल्ला सिन्धपाल्चोकको नामाकरण सिन्धु र पाल्चोक नाम गरेका दुइ थुम मिलेर भएको भन्ने जनविश्वास पाइन्छ। राजधानी काठमाडौंबाट उत्तरपूर्वमा पर्ने यो जिल्लाले नेपाल र चीनलाइ मितेरी साँघुले जोडेको छ। चौतारा यस जिल्लाको सदरमुकाम हो।

देशीय मानचित्रमा २७.३४ डिग्री देखि २८.१२ डिग्री उत्तरी अक्षांश र ८५.२६ डिग्री देखि ८६.४ डिग्री पूर्वी देशान्तरका बीचमा फैलिएको यो जिल्लाको कुल क्षेत्रफल २५४२ वर्ग किमी छ। पूर्वमा मित्रराष्ट्र चीनको स्वशासीत क्षेत्र तिब्बत र दोलखा, दक्षिणमा काभ्रेपलाञ्चोक र रामेछाप, पश्चिममा काठमाडौं र नुवाकोट तथा उत्तरतर्फ रसुवा र चीनको स्वशासीत क्षेत्र तिब्बतसँग जोडिएको यो जिल्लाको ‌औसत चौडा‌इ ४९.३८ किमी र उत्तर दक्षिणतर्फको औसत लम्बाइ ५३.०६ किमी छ । निर्वाचन क्षेत्रका आधारमा तीन क्षेत्रमा र १३ इलाकामा विभाजन गरिएको यो जिल्लामा ७९ गाविस पर्दछन्।

तातोपानी, बाह्रविसे, चौतारा, खाडीचौर, मेलम्ची जस्ता स्थानहरु जिल्लाका महत्वपूर्ण व्यापारिक केन्द्रहरु हुन्।

प्रतिक्रियाहरु

सहिद सप्ताह १४- २१ फागुनको अवसरमा सम्पूर्ण महान सहिदहरुमा हार्दिक तथा भाबपूर्ण स्राद्दन्जली अर्पण गर्दछु | महान सहिदहरुका अधुरा सपना सकार पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील तथा जनतान्त्रिक शक्तिहरु एकताबद्द हुन आबस्यक छ |

- Ramesh Sharma : Sindhupalchok

शुभ रहोस् नयाँ बिहानी , रङगिन होउन जीवनका पानाहरु, पुरा होउन मनका चाहनाहरु,मिलिरहुन सदैब हास्ने बहानाहरु, सजिउन ओठमा मुस्कानका लहरहरु,,,,,,,,नयाँ बर्ष सन् २०११ को हार्दिक मंगलमय शुभकामना !

- sunil shrestha : thulosirubari-3

आफु जन्मेको जिल्लाको कसलाई पो माया लाग्दैन र ! म सिन्धुपाल्चोकमा जन्मे, सिन्धुपाल्चोकमा नै हुर्के, यसै जिल्लाबाट शिक्षा लिए | अहिले मैले सिन्धुपाल्चोक जिल्ला छोडेको पनि धेरै वर्ष भयो | हाल म जनमुक्ति सेनामा कार्यरत छु | देश र जनता को मुक्तिको निम्ति जनमुक्तिसेनामा काम गर्ने पाएकोमा असाध्यै खुसि लागेको छ | मृत्यु वा मुक्तिको सपथ खाएर महान जनयुद्धमा सहभागी बन्न पाउनु गौरबको कुरा हो | नेपाली क्रान्ति अधुरै छ, यसलाई पुरा गर्न निरन्तर क्रान्तिमा लागिरहनु हामी क्रान्तिकारीहरुको दायित्व हो |

- Dhananjaya Sharma"Ramesh" : Kubinde 9 Simpani, Sindhupalchok

oh i am really happy with this mero sindhu .com. plz used backroundu pic changable as possible like many more area kamal

- kamal Neupane : PhatakShila 1 Bhanjyang

मेरो सुन्दर जिल्ला सिन्धुपाल्चोक मेरो जन्म भुमि म सदै गौरब गर्द छु .

- shalik ram : haal korea

mero sindhu pyaro lagchha

- mangal : Qatar


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box