Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

शिक्षकविद्यार्थीसहित चार जोडी पक्राउ

2010-03-26 01:28:01 | मेरो सिन्धु

भक्तपुर, चैत्र १३ -
प्रहरीले गट्ठाघरका केही क्याफे तथा रेस्टुरेन्टमा अश्लिल गतिविधि गरेको आरोपमा शिक्षक विद्यार्थीसहित चार जोडीलाई पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त ठिमीले छापा मारेर रंगेहात पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक राधिका खडकाका अनुसार गेस्ट हाउस सञ्चालकलाई समेत नियन्त्रणमा लिएको छ । उनले बनेपाको चैतन्य बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत छात्रा, ठिमीको श्रद्धा नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययनरत छात्रा, युनिभर्सल कलेजकी १२ कक्षामा पढ्दै गरेकी छात्रालाई नियन्त्रणमा लिएको खड्काले बताइन् ।

श्रद्धा नर्सिङकी छात्रा कलेज पोसाकमै थिइन् । युनिभर्सल कलेजका शिक्षक दीपेश सुवेदी १२ कक्षाकी छात्रासित रंगेहात पक्राउ परेका थिए । उनले प्रयोग गरेको अस्थायी साधनसमेत प्रहरी चौकीमा ल्याएर फालेका थिए । अधिकांशले आफूहरू साथी भएको स्विकारेका छन् ।

'पक्राउ परेकालाई अभिभावकको जिम्मा लगाउँछौं,' खड्काले भनिन्, 'राजमार्गमा यस्ता समस्या बढेका छन्, हामी सुधारका लागि लागेका छौं ।'

मिड वे क्याफेमा प्रहरीले तीन साताअघि पनि छापा मारेर केही जोडीलाई रङ्गे हात पक्राउ गरेका थिए ।  खडकाका अनुसार युवती राखेर देह व्यापार गराउने कौशलटारको फ्रेन्डसिप रेस्टुरेन्ट एन्ड बार विथ गेस्ट हाउसमा छापा मार्दा पाँच जना युवती पक्राउ परेका हुन् । त्यस्तै पुजन र मध्यपुर गेस्ट हाउसमा पनि छापा मारेको थियो । गट्ठाघरको साझा पेट्रोलपम्प नजिकको मिड वे क्याफेबाट चार जोडीलाई भने रङ्गे हात पक्राउ गरेको हो ।

सुरक्षाकर्मीले दिएको जानकारीअनुसार लोकन्थलीदेखि साँगा भन्ज्याङसम्मका अधिकांश रेस्टुरेन्ट र गेस्टहाउसका नाममा सञ्चालित होटल तथा रेस्टुरेन्टमा देह व्यापार हुने गरेको छ । गेस्टहाउसमा युवती राखेर खाजा खान आउने ग्राहकसँग मोल मोलाई हुने गरेको ती सुरक्षा अधिकारीले बताए । लोकन्थलीदेखि हनुमन्तेपुलसम्मको अधिकांश गेस्टहाउस र रेस्टुरेन्टमा युवती राखेर देह व्यापार गराउने गरेको छ । जगातीदेखि साँगासम्मको दायाँबायाँ बनेका कटेजमा बिहान कलेज पोसाकमा विद्यार्थीहरू जाने गर्छन् ।

'लोकन्थलीदेखि हनुमन्ते पुलसम्म यस्ता रेस्टुरेन्ट धेरै छन्,' ती अधिकारीले भने, 'यी रेस्टुरेन्ट हाम्रो निगरानीमा छन् ।' प्रहरीले यस्ता रेस्टुरेन्टमा यौन व्यवसायीलाई राख्ने गरेका छन् ।

यौन व्यवसायीबाहेक यस्ता रेस्टुरेन्टमा दैनिक जसो विद्यालय पोसाकका विद्यार्थी जोडीसहित बिहानै पुग्ने गरेका छन् । प्रहरीले त्यस्तालाई बढी निगरानीमा राखेको छ ।

बेबिलोन सञ्चालक रिहा

काठमाडौं- एघार दिनअघि राजधानीको एक्सबारबाट पक्राउ परेका बेबिलोन डिस्कोका सञ्चालक सुबास लिम्बू बिहीबार धरौटीमा रिहा भएका छन् । प्रहरीले अघिल्लो बुधबार राति एक्स बारमा छापा मारेर लिम्बूलाई पक्राउ गरेर सार्वजानिक मुद्दा दायर गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले २८ हजार धरौटीमा उनलाई छाड्ने आदेश दिएका हुन् । उनलाई पक्राउ गरेको पर्सिपल्ट प्रहरीले उनले सञ्चालन गर्दै आएको बेबिलोन डिस्कोमा छापा मारेर ३ सय ५० विद्यार्थीलाई पक्राउ गरेको थियो ।

Source: ekantipur

प्रतिक्रियाहरु

thats good job m proud of police prasasan......

- jiwan shahi : dharan


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box