Air Ticketing in Nepal Contact to Merosindhu.com

साहित्यकार

चन्द्रप्रसाद न्यौपाने

2010-03-25 04:01:28 | मेरो सिन्धु

नेपाली भाषा साहित्यका दरिलो खम्बाका रुपमा उभिएका कवि तथा साहित्यकार चन्द्रप्रसाद न्यौपानेको जन्म वि.सं. २०२४ साल कार्तिक २८ गते सिन्धुपाल्चोकको फूल्पिङकोट गाविस वडा नं. ३ स्थित कल्लेरी गाउँमा भएको हो । पिता हिरालाल न्यौपाने र माता अम्बिका न्यौपानेको कोखबाट जेठा सन्तानको रुपमा उनले यस धर्तिमा पाइला टकेका हुन्।

भारतीय सेनामा जागिरे उनका पिता हिरालाल न्यौपाने दोस्रो विश्वयुद्ध लडेका थिए । दोस्रो विश्वयुद्धमा बाँचेर फर्केका उनले महात्मा गान्धीसँग विताएका पलका बारेमा कुरा गर्दा चन्द्रप्रसाद न्यौपाने निकै चाख दिएर सुन्थे।

पिताजीले दोस्रो विश्युद्ध लडेपछि सेनको जागिरमा फेरी फर्कनु भएन । त्यसैले चन्द्रप्रसादको परिवारको आर्थिक अवस्था कमजोर नै थियो । विद्यालयमा अध्यन गर्ने अवधिमा उनलाई आर्थिक अवस्थाले सताइरहन्थ्यो।

आँटिला र दृढ स्वभावका उनलाई कठिनाईका साथ वितेका बाल्यकालका क्षण पनि रमाइला नै लाग्दथ्यो । मिहेनती जाँगरिला चाचल र जिज्ञासु स्वभावका उनले विद्यालय अध्ययन अवधिमा कहिल्यै पनि दोस्रो हुन परेन । घरैमा आफ्ना पितासँग कखरा सिकेका उनको औपचारिक पढाई गाउँकै फूल्पिङकोट प्राथामिक विद्यालयबाट सुरु भयो । आठ वर्षको उमेरमा विद्यालय भर्ना भएर माध्यमिक तहको पढाई जलविरे स्थित आनन्द माध्यमिक विद्यालयबाट पुरा गरे । २०४२ सालमा प्रवेशिका परीक्षा (एस.एल.सी.) उतीर्ण गरेपछि २०४३ सालमा नै शिक्षक भएर अध्यापन गराउन थाले । साहित्यप्रति सानै देखि ज्यादै नै रुचि राख्ने चन्द्रप्रसाद न्यौपाने महाभारत रामायण र देवकोटाका मुनामदन विद्यालयमा अध्ययन गर्दा देखि नै भाका हाली वाचन गरेर सबैलाई छक्क पार्दथे। धेरैजसो श्लोकहरु कण्ठस्थ उनलाई २०३३ साल देखि नै नेपाली भाषामा नै रामायण र महाभारत जस्तो कृति लेखेर नेपाली साहित्यलाई माथि उकास्ने ठूलो इच्छा थियो।

साहित्यमा रुचि र लेखन कार्य सानै देखि गरेपनि २०४७ सालमा प्रकाशित उनको "पालुवा" नामक खण्डकाव्य नै पहिलो औपचारिक प्रकाशित कृति हो । गद्य र पद्य दुवै विधामा कलम चलाउने उनले हाल सम्म तीन दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका छन् । नेपाली साहित्यमा सम्भवत यति धेरै कृति प्रकाशित गर्ने उनी नै पहिला साहित्यकार हुन् । दशवटा खण्डकाव्य,  आठवटा महाकाव्य,  ६ वटा कविता संग्रह,  निबन्ध संग्रह,  कथा संग्रह,  सोध ग्रन्थ गरेर झण्डै तीन दर्जन पुस्तक प्रकाशित गरिसकेका उनले चाँडै नै एउटा नाटक संग्रह पनि प्रकाशित गर्दैछन्।

आफ्नो पेशा र कार्यप्रति आत्मसन्तुष्टि व्यक्त गर्ने उनका धेरैजसो कृतिहरुले राम्रो चर्चा पाएका छन् । पहिलो प्रकाशित कृति "पालुवा"को चौथो संस्करणसम्म प्रकाशित भयो । "बेचिएको चेली", "सोल्मु" जस्ता उपन्यास कथा र खण्डकाव्यले पनि राम्रै चर्चा बटुल्यो । "छन्द पुन्ज" नामक उनको कृति विश्वविद्यालयको साहित्यका विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तक हो।

लेख्दै जाँदा देख्दै जाने उनको सोचाई छ । मावनका जीवन भोगाई, विश्वपरिवेश, सामाजिक अवस्था आदिलाई आधार मानेर उनले कलम चलाइरहेका छन् । आफ्नो जन्मस्थल फूल्पिङकोट सम्बन्धी उनको प्रकाशित पुस्तक सिन्धुपाल्चोकको गाँउ विशेषको पहिलो पाश्र्वचित्र हो । सिन्धुपाल्चोक जिल्लामा साहित्य पत्रकारिता क्षेत्रमा लागेकाहरुको खोजी गरेर ३०० वर्ष अघि देखिएका साहित्यहरुका बारेमा सिन्धु-साहित्य नाम पुस्तक  प्रकाशन गरेका छन् ।

आजभन्दा करिव ३००० वर्षदेखि ५००० वर्षसम्मको सामाजिक परिवेशका बारेमा लेखिएका रामायण र महाभारतको कथा झै आजको युग सुहाँउदो कृति प्रकाशन गर्ने उनको ठूलो लक्ष्य थियो । भोलीका पिँढीले आजको समयको चित्रण अध्ययन गर्न पाउन भन्ने हेतुले उनले "चन्द्रयुग" नामक महाकाव्य प्रकाशित गरेका छन् । मान्छेले चन्द्रमामा पाइला टेकेको  समयमा दक्षिण एसियाको स्थिति कस्तो थियो त भन्ने कुराको जानकारी यो पुस्तकबाट लिन सकिन्छ। मिहेनत र पाठकका दृष्टिले उनलाई सबैभन्दा बढी मन पर्ने पुस्कत पनि हो । "विश्व साहित्यमा ठूला ठूला चार पुस्तक लेखिएका छन् । चन्द्रयुगको दोस्रो र तेस्रो खण्ड प्रकाशन भएपछि यो नै विश्वको सबैभन्दा ठूलो पुस्तक हुनेछ ",  न्यौपानेको दावी छ ।

जागीरबाट प्राप्त कमाई साहित्यमा नै खर्च गरेका उनीसँग "चन्द्रयुग"को बाँकी खण्ड कसरी प्रकाशन गर्ने भन्नेमा उनको ध्यान छ । मोफसलमा बसेर पनि दृढ इच्छा र आँट भए केही गर्न सकिन्छ भन्ने उनी एक उदाहरण हुन् । पैसा र पहुँच भएकाहरुको हालीमुहाली भएको हाम्रो देशमा सच्चा स्रष्टाको कदर र सम्मान हुन नसकेकोमा दुःख व्यक्त पनि गर्दछन्।

उनलाई नेपाली साहित्यका अरनिको राजमार्ग २०६०,  नेपाली साहित्यमा आश्चर्य २०६० जस्ता उपाधिले विभूषित गरिएको छ । न्यौपाने सुनकोशी प्रतिभा सम्मान २०५४, धौलागिरी साहित्य सम्मान २०५५,  दीपशिखा प्रतिभा सम्मान २०६०,  जनमत जनसेवा सम्मान २०६०, प्रगति साहित्य सम्मान २०६२, सिन्धु प्रतिभा सम्मान २०६३, लोकतान्त्रिक सम्मान २०६३, लोकतान्त्रिक स्रष्टा सम्मान २०६४, सिन्धु सुनकोशी प्रतिभा सम्मान २०६४, सम्मानित गरिएको छ । जिल्ला स्तरीय कविता प्रतियोगिता प्रथम २०५१,  राष्ट्रिय शिक्षा पुरस्कार २०६०,  AMBASSADOR FOR PEACE  २०६३,  राष्ट्रिय शिक्षा पुरस्कार २०६५ बाट न्यौपाने पुरस्कृत भएका छन् ।

(२०६६ साउनमा गरेको कुराकानीमा आधारित)

प्रतिक्रियाहरु

चन्द्रप्रसाद साँच्चै चन्द्र हुन् ।

- चेतनाथ न्यौपाने : फुल्पिङकोट-३ कल्लेरी, सिन्धुपाल्चोक ।

चन्द्र युग भाग २ को शुभकामना सबी जी तपाइलाई

- Archana Neupane : Sindhupalchok

नेपाली साहित्यकारको बारेमा पढ्न पाइयो खुसि लग्यो . चन्द्र युग भाग २ तत्कालै बजार मा आवास शुभकामना

- Archana Neupane : Sindhupalchok

कवि ज्यो मेरो सलाम ६ अझै प्रगति हवस् . चन्द्र युग को दोस्रो कृति तत्काल प्रकासित होस् सुभकामना

- Archana Neupane : Sindhupalchok

औधि राम्रो छ नि हजुर

- चेतनाथ न्यौपाने : फुल्पिङकोट-३, कल्लेरी, सिन्धुपाल्चोक

kabi jau maro subha kamana cha "lakh lakh barsa bachnuhos chandra ji tapai ka harak din hajar barsa ko hose"

- Roshan Bajgai : phulping danda 3 tonibota

सम्मान ग्रहण गरिदिनु भयकोमा धन्यवाद छ कविवरज्यूमा हाम्रो सस्था श्री जनजागृति युवा क्लबको तर्फबाट

- buddhi TImalsina : Phulping danda 4 Sindhupalchok

रेअल्ली ! इ म सो हप्प्य तो सी थिस इन्फोर्मेशन.

- Gopal Neupane : Sindhupalchok - Phulpingkot 3

चन्द्रप्रसाद जी तपाइलाई धरै धन्यवाद गिल्लाको गौरब भादौना तन्पैले ठुलो लेक्व रthanaना गर्नुभयो मुरीमुरी धन्यवाद tha

- YugaBahadur Khadka : Kalika

Chandra sir namaskar,ma Ramsharan thapa(Thule Bairagee)Dubaibata.km chha hajurko khabar?dherai bho bhet nabhako.mero sindhuma tapailai dekhe ra 2/4 sabda kordai chhu. pardes basepani aafno janma bhumiko yadle jyadai sataudo rahechha.hajurjasto janma bhumimai basera kehi garna nasaki yesaripardesi bannuparda jyadaibirasilo bandhorahechha manharu........thikai chha sir,yesai patrika marfat bhayepani tapai hamro samippeta badhdai janechha bhanne aasa sahit ujjol pragatiko kamana......................bye

- Ramsharan Thapa : Batase-1sindhupalchok

please write other name in this page like Amit ghimire

- bikas gihimire : singpal kavre

चन्द्र प्रसाद न्यौपाने कै कारण आज सिन्धु बासि भन्दा गर्वको महशुस हुने दिन आएको छ, हिजो सम्म चेली बेटी बेच बिखन , तस्कर र दलाल हरुको जिल्लाको रुपमा परिचित सिन्धुपाल्चोक आज नेपालकै सबै भन्दा बढी काब्ये लेख्ने कविको रुपमा अङ्कित भएको छ. सम्भवत निकट भविष्य मै विश्व कै ठुलो कृति लेख्ने साहित्य कार को रुपमा पनि हामीले उनलाई देख्न र सुन्न पाउने छौ .साधुवाद चन्द्र प्रसाद तपाइलाई, अनि सफलताको शुभकामना पनि

- जे. सागर, : काँडाघारी,काठमाडौँ

Ramro 6

- madhu, : kalleri

i am very happyto see this site.

- SURYA TAMANG : kadambas 9 now Qatar

i am very happy to see this site.

- suraj khadka : talamarang-6

I am very happy to see that we are able to veiw information about our villages in our own language. Great Work!

- Nitin Shrestha : Kathmandu

Nice to see the feature on this site. All the best.

- shreedhar Neupane : Sindhu

manche ko prativa bahira hoina rahechha manbhitra hudorahechha aja chandra prasad jasto srasta ko bare dher thor yo hamro pyaro merosindhu marphat herna payako chhau . malai achamma pani lagyo kasle biswas garna sakchha ta photo herera chandra ji ko chandra ji sanga yo yug bokeko bhaawana chha bhanera tasaile sab le aphno thu bata ramro kam gare sabai chetra ko bikash garna sambhaw chha bhanne bhujnu parchha hamile pragati ko sikhar matra hoina chandra ji pragati ko sikhar bhanda mathi aru kunai naya chese pani hola bhetaune prayash tapaile garna saknu hunchha . at last thakns to merosindhu.com family

- sambu , : karthali 9 sindhu

Sindhu lai maya garekima muri muri suvkamana.

- Keshab Lochan Sharma, : Sanosiruwari-3, Sindhupalchok

1st i m sock n exited. Really happy. keep it up. we will support all of u.

- saroj bartaman, : Talamarang-7, Sindhupalchok

i wish to merosindhu.com to make high prastise of sindhupalchok n \'sindhu\'s poet and writers bright futures.its great. i am very glad to read abt c.p.n have a good way.

- jitendra shrestha rasic, : sindhupalchok syaule

चन्द्रप्रसाद न्यौपाने जि को चाडो भन्दा चाडो चन्द्रयुगको दोस्रो र तेस्रो खण्ड प्रकाशन होस भन्ने शुभकामना दिन चाह्न्छु ।

- rewati nepal : kubinde-8 Sindhupalchok

Sindhu ka ghakas bro haru. I think It's exclent worke! sindhu ko barema dherai janakari paiyo.thanks..

- Uddab Paudyal : Sindhupalchok

खुशी लाग्यो स्रष्टाको बारेमा जानकारी समेटेकोमा

- Krishna Ghale,, : Sindhupalchok

o yasto good kam, khushi lagyo, poet chandra pd neupanesang bhet bhako thyo, uhale bhanera thaha paya, mero pani news dekher ma ta chakka pare, ajhai ramro garnuhola shuva kamana 6 ra satha pan

- dhruba dangal : sindhupalchok

thanks bro wish u laa the best and have succese aways in ur way.ur way is right its a first steep of devlop i think it is such a information devalopment of district and sindhu famlai i am waiting sindhu post in this site ....

- sambu : korea

Really I am very happy such types of information gives true view of sindhupalchok.

- Pankaj Deuja : Talamarang

i am very happy .your try is best plz try to submit other details.put in your site sindhupalchok newspaper mail address also

- jaganath dulal : melamchi

I aw very happy to know about the hidden information of my district. I want to join with your team. What should i do?

- Rajesh Basnet : Chautara


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box