- हरि कृष्ण न्यौपाने (घायल)
देशमा जनयूद चर्किरहेको अनि बन्द हड्तालले वाक्क पारेको र नेपालमा उचित रोजगार अनि पारिश्रमिक नपाउनले धेरै युबा शक्ती बाहिरि रहेको अबस्थामा म पनि खाडिरास्ट्रमै भएपनि जाने सोचमा थिए।यतिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुरको बिज्ञापनमा आखाँ पुग्यो। "कुवेतमा रोजगार,फ्रि-भिसा अनि इन्टर्भियूमा सेलेक्टभए १५ दिनमा फ्लाईट" के खोज्छस कानो आँखो भनेझै ! दाना ओभर्सिज कुपण्डोलमा पाईला बढाए।धेरै नेपाली युबा-युबतिको भिड थियो।बाहिरबाट हेर्दा त कतै जात्रानै त होइन सबैलाई रमाईलो लागेको भान हुन्थ्यो।राम्रो अबसर भएकोले होला कोहि आफ्नो ब्यापार छोडेर,कोहि पढाईलाई बिचमै पूर्णबिराम दिएर त कोहि सरकारि जागिर समेत छोडेर लाइन लागेका थिए।
यसै भिडमा म पनि नेपालको याक एण्ड यति होटलको अस्थाई जागिर छोडेर गएँ,इन्टर्भियूको लाइनमा फाईल च्यापेर।सेतो सर्टमा बट टाई अनि कालो पाइन्ट र कालै जुत्ता!! धेरैको पोशाक् यस्तै थियो।अनि मेरो पालो आयो ! म पसे भित्र,गुड मर्निङं बाट सुरु गरे र आफुले भ्याए सम्म राम्रो सङ बोलेँ। ऊ सायद खुसी भएछकि?? म संग हातमिलाउदै कन्ट्याक्ट पेपरमा सहि गरायो।अनि म बाहिरिए।भोलि पल्ट थाहा भयोकि म पनि तिन सय जना बाट छानिएर असी जनामा चौंथोमा परेछु।अनि त मेनपावरको मान्छे ले मेडिकल गरायो अनि अब सात दिन भित्र फ्लाईट हुने शुभ-समाचार दियो।
तब होटलबाट पाउने सबै तलब लिएरसबै चिन-जानका साथिहरू सङ बिदा भएर लागे जन्म घर सिन्धुपाल्चोक तिर।बुबा-आमा-श्रिमति अनि छोराहरू,भाई-बहिनी,दिदिहरू अनि सबै गाउँले साथिभाई र आफन्त हरूसंङ बिदा भए।मुटुमाथि ढुङा राखि हास्नु पर्याछ भनेजस्तो डाँडाँको गणेशलाई अनि गाउँको देबिलाई मन-मनै प्रार्थना गर्दै राम्रो काम गर्ने अनि मोठो खाने र परिवारमा सबैलाई सुख दिने चाहनालाई पालेर लागे चेहेरे तिर। अरनिको राजमार्गबाट जेष्ठ तिन गते लागे काठमाण्डौँ,बाहिर जाने सुनौलो सपना सहित।अनि केहि प्राबिधिक कुराहरू मिलाउदै म सङै ४ जना केटी र ३१ जना केटा साथिहरू २०६१ जेष्ठ ५ गते कतार एयरवेज मार्फत बेलुकि नेपालि पाँच बजे कतारलाई ट्रान्जिट बनाउदै उडेऊ।पहिलो अनुभबमा बिदेश त्यसमा पनि खाडि मुलुक, कहाँ, कस्तो अनि कसरि सबै साथिहरू सोच मग्न थिए।
कतारको समय बेलुकिको आठ बजे हामी दोहा एयरपोर्टमा पुग्यौं।अनि १८ घन्टाको ट्रान्जिट भएकोले हामीसबैलाइ होटल होराइजन दोहामा लगियो।पहिलो पटक एयरपोर्ट बाट होटलको बसमा चड्दा यस्तो तातो हावा हो कि अनि मैले तत्कालै सम्झिए दाईले केहि बर्ष अगाडि कतारबाट पठाउनुभएको पत्रमा कतारको तातो हावाले शरिर फुलेको--साच्चैं सारो तेजिलो हावा अनि सारो तातो मैले मन भित्रै प्रतिप्रश्न गरे कस्तो गार्हो होला है कतारमा काम गर्न।तर के गर्ने यो त सबै नेपालीहरूको बध्यता र बिबसता!कतारको दोहा मा रहेको नेपालीहरूको जमघट स्थल नेपाली चोक अनि केहि स्थान हरू कतारमै रहेको साथिहरू मार्फत घुमेर हामी फेरी कुवेतको फ्लाइट को लागि दोहा एयरपोर्ट आयौ। कतार बाट बेलुकी पाचँ बजे हामी कुवेत आईपुगौँ र केही बेरको पर्खाईबाट अफिसको मान्छेले हामीलाई कम्पनिको हाउजिङमा लगियो। हामी चार जना महिला अनी एकतिस जना पुरुष थियौँ। सायद धेरै साथीहरू भएर होला त्यती गार्हो भएन,तर पनि सारो तातो"जता गयो तातो अनी त्यही तातो ले खायो सातो"।
अनी हामी सबै ग्रुपलाई एउटै फ्ल्याटमा राखियो। खाना चाही आँफैले बनाउनु पर्ने रहेछ। त्यसैले धेरै साथीहरूलाई गार्होनै भयो किनकी कहिले पनि खाना नबनाउने साथीहरू पनि थिए। तर बिदेश आईसके पछी के गर्ने आँफैले समय अनी परिस्थिती सँग सम्झौता गर्नै पर्छ त्यसैले सबैले काम को साथमा साथीहरू सँग नै आत्मियता बाड्नु पर्ने हुन्छ सबैले त्यसै गर्यौ । काम पनि शुरू भयो रमाइलोनै हुँदै थियो। करिब दुई महिना भित्रमा मेडिकल सकियो। कम्पनिको सबै तालिमा तथा काममा पनि राम्रै दखल हुँदै थियो।
यत्तिकैमा हामीसँग भएको भिजिट भिसा सकिएको तिनदिन भएको थियो। अनी कम्पनिले ईमेल पठाएछ हामीले कामगर्ने रेश्टुरेन्टमा। म सँगै एउटै रूममा बस्ने अनी सँगै डिउटी गर्ने साथी काठमाण्डौको रविन ठकुरी र म जुलाई १६ को दिन बिहान ११ बजे हाम्रो हेड आफिसमा सिभिल आईडी (कुवेत भित्र स्थाई वा अस्थाई बसोबास गर्ने सबैले बोक्नु पर्ने आइडी) लिनको लागि कुवेतमा रूटमा चल्ने बसबाट हाम्रो हेड आफिस तिर लाग्यौँ। तर हामी चडेको बसलाई कुवेतको प्रहरिबाट बाटोमानै रोकेर चेकिङ भयो। कुवेतको नियम अनुसार जो सँग सिभिल आइडी छैन उ सँग कि त पासपोर्ट वा कि समय-अबधी भएको पेपर भिसा चाहिने रहेछ। तर हामी दुई जना लगाएत अरू सात जनाको भिसा सकिएको पेपर भएकोले प्रहरिकै मोटरमा हामी नौ जनालाईनै कैफ्यान भने ठाउको जेलमा लगियो। अरबिक पनि त्यती नआउने अनी भर्खरै मात्र कुवेतमा आएकोले यहाँको नियम हामीलाई के थाहा? तर पनि यहाँको नियम कानुनलाई मान्नै पर्दोरहेछ।
हामीलाई त्यहाको प्रहरी प्रमुखले एउटा कोठामा लगेर नौं जनालाइ नै लाइन मा राख्यो अनि त्यसपछि सबैलाई पालै -पालो कम्पनि र नाम अनि धर्म सोध्यो,हामिले सबै बतायौ। त्यसपछि हामीले कम्पनिमा फोन गरेर खबर गर्यौं।तर हाम्रो मेनेजर ले हाम्रो सिभिल आइडि लिएर आउन ढिला गरेको ले हामी लाई २४ घन्टाको मुद्दा दर्ता गरएर एउटा कोठामा लग्यो।म सङ भएको मोबाइल पनि लग्यो अनि पेटि,नैनि वा त्यस्ता सबै चिज राख्यो।म रबिन जि अनि अरू दुईजना बङालादेशि गरेर चार जनालाई एउटामा राख्यो।
जुलाई को मध्य गर्मि त्यसमा पनि पहिलो अनुभबमा खाडि र एसी बिनाको अध्यारो कोठा।अनि केहि ओच्छ्याउने नभएको खाली भुई र घुडा सम्म बरिएको खुल्ला टवाइलेट अनि त्यस्को गन्धले सारो पिरोलेको कुरालाई यहा शब्दमा ब्यक्त गर्न सकिरहेको छैन।पहिला त भित्र छिर्नै गार्हो लाग्यो तर केहि क्षणमा खालि भुईमै बस्यौं।अनि केहि बेरमै हाम्रो मेनेजर आयो र केहि चिन्ता नलिनु अब भोलि हामि लिन आउछौ भन्दै उ पनि बाहिरियो।तब अब त साच्चै बन्दि भएको जस्तो लाग्यो।केहि क्षणमा त्यस जेलमा कार्यरत एक जना बङगालिले हामिलाई पानी ल्याइदियो।अनि फलामकोबार बाट भित्र रहेको कस्को र कहिले देखि प्रयोग गरेको खालि पानीको बोटल मा बहिरबाट अलग्गै पानी हालिदियो।यो देख्दा के लाग्यो भने चिडिया घरमा जनावरलाई दर्शकले खानेकुरा फालिदिए जस्तो!अनि आफैले आफैलाइ धिकार्दै पानी लियौ तर हामिले २४ घन्टा पानी नपिएरै बितायौं।एकै छिन पछि फेरि त्यहि बङगाली जेल स्टाफले हामीलाइ खाना लिएर आयो।प्याक गरिएको सानो प्याक उहि फलामको बार बाट चार प्याक छिराईदियो।हामिले खोलेर हेर्दा बिफ पुलाउ रहेछ अनि हामिले त्यो पनि खाएनौं। तब एक मिनेटलाई एक घन्टा जस्तो लाग्ने घडिको सुई हेर्दै बस्यौं।
सायद बेलुकि को सात बजे फेरि हामी चार जनालाई बेलुकि को खाना स्वरुप खबुस(सुख्खा रोटि)र एक-एक ओटा सुन्तला अनि एक कप अरेन्ज जुस दिईयो।अनि सारो पानी प्यास र खरो पन पनि भएको ले सुन्तला र जुस चाहि खायौं। अघि बस्न पनि घिन लागेको भुईलाई बिस्तारा बनाउदै र आफ्नो हातलाई सिरानि बनाउदै अनि आफुले लगाएको सर्ट पाइन्ट लाईनै सिरक र डस्ना बनाउदै खाली भुईमा पल्टियौं। तर किन निन्द्र लाग्थ्यो र?कडा र खालि भुई भएकोले बस्दा-बस्दा जिउनै दुखेको अनि मनमा सारो चिन्ताले सताएको ले चौबिस घन्टाको बसाई चौबिस महिना जस्तो अनुभब गर्दै रातभर जगराम बस्यौं। हरेक घन्टा-घन्टामा डिउटिमा रहेका कुवेती प्रहरी जेलको कोठाको ढोकामा रहेको बारलाई आफ्नो लठ्ठिले बजाउदै र जुत्ता बजाउदै आउने- जाने गरेको र केहि मानिसहरूलाइ पिटेको अनि रोएको स्वर हरू प्रष्ट सुनिन्थ्यो।जब बिहान छ बज्यो अनि केहि उज्यालो को छायाँ देखियो अनि केहि बेरमै त्यहि बङगालि स्टाफ्ले बिहानको नास्ता स्वरुप खबुस(सुख्खा रोटि) र जुस लिएर आयो।खबुस त खाएनौ तर जुस चाहि सिलप्याक भएकाले खायौं।अनि फेरि घडि हेर्दै कति बेला एघार बज्ला र अफिस बाट मान्छे आएर लिएर जाने हो भन्दै बस्यौं।यस्तो बेलामा त समय पनि लामो लाग्ने?अनि कुरा गर्न पनि मन् नलाग्ने र घर को सम्झनाले सताउदो रहेछ मलाइ यस्तै लाग्यो।
जब दश बज्यो तब हाम्रो मेनेजर हाम्रो सिभिल आइडि र हाम्रो कन्टयाक पेपर लिएर आयो। एक प्रहरी आएर म र रबिन जि लाई हातको इसाराले ढोका खोलेर बोलायो।अनि हामी चुप-चाप उसको पछि लाग्दै काउन्टरमा गयौं।हिजो हामी बाट लिएको मोबाइल,पेटि,नैनि अनि चाबि फिर्ता दिएर एउटा कागजमा सहि गरायो अनि मा-सलाम(अरबिकमा गुडबाई) भन्दै मेनेजरको जिम्मा लगाई दियो।अनि हामी पनि त्यहि मेनेजरको कारमै हेड अफिस गयौं। उसले बाटोमा अङ्रेजिमा सम्झायो कुवेतको नियम-कानुन के कस्तो? छ र पालना नगरेमा हुने करबाहि को बारेमा र हामीलाइ समयमै निकाल्न नसकेकोमा क्षमा पनि माग्यो। हामी पनि जे-जस्तो भयो यसलाई ठुलो बनाएर काम छैन भन्दै हेड अफिसमा कफि र नास्ता गरेर कम्पनिको मोटर बाटै कोठामा गयौं। तब सबै साथिहरू हाम्रै बाटो हेरेर बसेका रहेछन र हाम्रो ईजिप्सियन रेष्टुरेन्ट मेनेजर पनि हामीलाई कुरेर बसेको रहेछ।तब सबै जना सङ केहि गफ-गाफ गरि नुवाइयो अनि सुतियो।दुईदिन रेस्ट लिनु भन्यो मेनेजर ले पनि अनि दुईदिन नै सुतेर बितायौं।
यसरि नेपाल बाट कुवेत आएको चालिस दिन जतिमा भोग्नु परेको कुवेतको चौबिस घन्टाको जेल बसाई सार्हैनै नरमाइलो लाग्यो अनि डोल्मा शेर्पा लगाएत सम्पुर्ण खाडि मुलुकमा जेल सजाय पाएका नेपाली हरूको के स्थिति होला त?
खासै मैले कुवेती प्रहरी हरूमा त्यति मनबता र अनुसाशन चाहि देखिन।किन कि कार्यालय समय भित्र कार्यालयमै चुरोट खाने,सोधपुछको काम गर्ने ले पनि सबै को सामुन्ने पक्रेको मान्छेलाई पिट्ने अनि अरबिकमा धेरै नराम्रा गालि दिने तथा जस्लाई छोटो समयको लागी भनेर राखिन्छ उस्लाई बस्ने ठाउदेखि हरेक कुरा हरूमा नेपालको भन्दा पनि गएगुज्रेको सुबिधा दिने जस्ता कुराले पनि कुवेत जस्तो बिश्वको सबै भन्दा ठुलो पैसाको मुल्य भएको र तेल को खानि अनि अमेरिकाले धेरै बिकास गरिदिए पनि सामजिक सोसाइटिले अझै नछोएको हो कि जस्तो लाग्ने! अहिले पनि कुवेत सिटि जाँदा-आउदा कैफान भने त्यो बस स्टेशनमा आएपछि त्यहि कुराको याद आउछ।
मैले सुनेको उखान अनुसार"खाडिमा त शत्रु पनि न आउन" भन्ने थियो तर अहिले म भन्छु जो खाडि मा आईपुग्छ उसले त्यहाको नियम लाई सय प्रतिशत नै पालना गर्नु पर्छ।मैले जस्तो कुनै पनि नेपालीहरूले कुनै पनि बिदेशी मुलुकमा छोटो वा लामो कुनै पनि जेल सजाय भोग्नु नपरोस!!