- हरि कृष्ण न्यौपाने
कुरा सायद २०५७ मङ्सिर को १५-१६ गते तिरको होला,मेरो कलेजको पढाई त्यति नभएकोले र घरमा पनि नगएको धेरै दिन भएले म मङ्सिर १४ गते कालिका-१ पुरानकोट घर गएको थिए।अनि १५ गते बिहान साथीहरुसँग भेट-घाट गरियो।
खाना खाएपछि बुबा-आमा र मेरो मिसेसहरुको बदाम खन्ने कार्यक्रम रहेछ। त्यसैले मैले पनि बदाम खन्नजाने मन गरेँ। बुबा र आमा अगाडि नै गई सक्नुभएको ले म र मेरो मिसेस (सीता) बदाम खन्न हिडेउँ। घर बाट निस्कने बित्तिकै ठोकर्पाबाट चेहेरे जाने मुलबाटो मै मैले चिनेको ठोकर्पा प्रहरी चौकिमा कार्यरत गिरी थरको हवल्दार साथी र अरु २ जना प्रहरीसँगै मेरो टोलतिर आउदै हुनुहुदो रहेछ। मसँग चिरपरिचित भएकोले हाई-हेल्लो भयो, अनि उहाँले भन्नुभयो "पुष्पराज न्यौपाने को घर कहाँ हो केहि जरुरि काम थियो"अनि मैले भनिहाँले उहाँमेरो काकाको छोरो दाई हुनुहुन्छ र उहाँको घर तल्लो टोलमा हो ल जाउ मसँगै जान्छु भनेर हामीसँगै झर्दै र के भयो अनि किन हतारिनु भयो मैले कुरा गर्दै हामी कुमार जीको पसलमा पुग्यौं। होमनाथ दाईलाई भेटियो अनि मैले उहाँलाई अलि साइडमा बोलाएर यस्तो भएछ भनेर सबै कुराहरु भनेँ अनि उहाँ लगाएत हामी ७-८ जना दाजुभाई काकालाई लिएर प्रहरीको साथमा बाघभैरब गयौ। बाटोमा कुरा गर्दै जादाँ थाहा भयो कि दाई पुष्पराज को त रामेछापको बेथान चौकीमा माओबादी आक्रमणमा अन्त्य भएछ र आज हेलिकप्टर मार्फत लास आउदैँ रछ ! अनि त हामीहरु लगाएत कालिका ठोकर्पाको करिब २०० जना तथा बाघ भैरबका सबै बिद्यार्थी सबैले भरियो स्कुलको ग्राउन्ड।
सबैको आ-आफ्नै तर्क र अड्कल थियो। हामीहरु चाहीँ आफन्त लगाएत सबैलाई मिलडाडाँबाट अशुभ खबर बाड्नमा ब्यस्थ थियौं। हामीहरूको ४-५ घन्टाको सार्है नमिठो पर्खाइ पछि बेलुका करिब ५ बजे हेलिकप्टर आइपुग्यो अनि त सार्र्हो कोलाहाल स्थिति थियो त्यहाँ तर पनि समयको अगाडि कसको के लाग्छ र? म लगाएत होमनाथ, जयराम अनि अरु २ जना हेलिकप्टर भित्र छिर्यौ शव निकाल्नको लागि, करिब ६ फिट अग्लो तथा १०० किलो भन्दा बढिको त्यो लाश उठाउदाको क्षणलाई म यहाँ शब्दमार्फत ब्यक्त गर्नै सक्तिन!!! त्यस पछि सबैको रुवाइ अनि असहज स्थितिको बाबजुत हामी कालिका-ठोकर्पाका २-३ सय जनता र प्रहरीहरु मिलेर शब यात्रा शुरुभयो। बेलुकी अनि जाडो र असहज मृत्यु ! म्यान्टोन बालेर लाशलाई स्टेचरमा हालेर ४ जनाले १ पटक गर्दै बोकेर पुरानाकोट पु्र्यायौं। अनि जनजागृति प्रा.वि.को प्राङ्गणमा लाशलाई राखेर उहाँको मिसेस (माया भाउजु) लाई त्यहाँ ल्याइयो, सबै न्यौपाने शोकाकुल परिवारको हार्दिक श्रदान्जली पछि हामीसबैले पुन: शब यात्रालाई झिङेटार को बिच हुदै चेहेरेको दोभानमा पुर्यायौं ।
चेहेरेको दोभानमा जि.प्र.का. सिन्धुपाल्चोकका डिएसपि लगायत १०० जना प्रहरी परिवारको उपस्थिति थियो। अनि प्रहरी परिवारको अन्तिम सलामि पछि उहाको अन्तेष्टि भयो।
यसरी उहाँको यो अन्त्यले उहाको ४ जना साना-साना नानीहरुमात्र टुहुरा भएनन, माया भाउजुको मात्र सीउँदो पुछिएन आखिर सम्पुर्ण कालिका-ठोकर्पाका सर्बसाधारण शोकमध्न भयो र आफ्नो परिवार पाल्नकै निम्ति नेपालको राष्ट्र सेबामा समर्पित एक नेपाली नागरिकको अन्त्य भयो। यसरी एक नेपालीले अर्को नेपालीलाई मार्ने र मर्ने क्रम १० बर्ष जारी रहयो,यस क्रममा हजारौ परिवारले आफन्त गुमाउनु पर्यो साथै लाखौँ टुहुरा भए, धेरैले आफ्नो जोडी गुमाउनु पर्यो । कसैले जिन्दगी भर बिधुवा त कोही बिधुर हुनुपर्यो, अनि कयौले आफ्नो साहारा मात्र गुमाएनन् कति अपांग भएर अझै कछुवाको जस्तो जीवन घिसार्न बाध्य छन्।
आखिर प्रहरी, आर्मी, माओबादी वा सर्बसाधारण जस्को जसरी जुनकारणले अन्त्य भएपनि नेपाल आमाकै सन्ततिको अन्त्य भएको छ।
अन्त्यमा १० बर्षको जनयुद्धलाई त्यागेर माओवादी शान्तिपूर्ण राजनितिको मुलधारमा आई संविधान सभाको निर्वाचन सम्पन्न भैसक्यो। त्यसैले अब आँउदा दिनमा कोही कसैले र कुनै पनि बाहानामा अकालमा ज्यान गुमाउन नपरोस !
"शान्त,समुन्नत नेपाल र सुखी र खुशी नेपालीको जीवन यापनको कामना" सहित बिदा लिनु पुर्ब लेख रचनामा देखिएको कमजोरीहरुलाई औल्याईदिनु हुन मेरो सिन्धु भिजिटरलाई अनुरोध,साथै गाउँ घरका स्थानिय समाचार लगाएत साहित्य हरुलाई प्राथमिकता दिई प्रकाशन गरिदिनु हुन मेरो सिन्धु परिवारलाई अनुरोध गर्दै मेरो सिन्धु डट कम परिवारको प्रगतिको कामना!!
हरि कृष्ण न्यौपाने harineupane_3@yahoo.com कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक हाल अनकुण्डा बलाद ईराक बाट