Air Ticketing in Nepal Contact to Merosindhu.com

खोज तथा रिपोर्ट

ऐतिहासिक पर्यटकीय नगरी तौथली

2010-03-19 15:51:46 | मेरो सिन्धु


ऐतिहासिक पर्यटकीय नगरी तौथली

झट्ट हेर्दा जती मनमोहक छ,सिन्धुपाल्चोक जिल्लाको तौथली गाविसको बस्ती बुझ्दै जादा त्यती नै यसको ऐतिहासिक महत्व रहेको जान्न सकिन्छ । माथितिर शिखरचुलीको डाँडो तलतिर टेकानपुर अनि सुनकोशी नदी उत्तरतिर चीनको भु-भागलाई छुट्टयाउने चाँदीझै टल्किएका सेता हिमाल दाँया बाँया दुबैतिर भोटेकोशीलाई स्पर्श गर्न तम्तयार पहाड अनी जपसिले,  बुडाबडी, प्यारछोवा,  टक्सीचाको सुन्दर शान्त परिवेश ।

राजधानी काठमाडौंबाट ११२ कि.मी. पुर्वी भेगमा अवश्थित सिन्धुपाल्चोक जिल्लाको प्रख्यात धार्मिक ऐतिहासीक तथा पर्यटकीय स्थलको रुपमा परिचित तौथली गाविसको पुर्वमा दोलखा जिल्लाको खरीढुङ्गा पश्चिममा टेकानपुर गाविस उत्तरमा पिस्कर गाविसको पिस्कर खोला र दक्षिणमा जेठल र पेटकु गाविसको बर्नाखोला पर्दछ । यो गाविसलाई जनकपुर र वाग्मती अञ्चलको सिमानाको रुपमा पनि लिन सकिन्छ । यहाँ करीब ७ सय घरधुरी भई लगभग ५ हजार जनसङ्ख्याको बसोबास रहेको पाईन्छ । यो गाविस नेवारी बस्तीले भरिएको पुरानो शहर हो । नेवार समुदायहरुले आफ्नो रीतिरिवाज र परम्परा अनुसार विभिन्न चाड पर्व र जात्राहरु मनाउने त्यहाको मुल विषेशता हो । नेवार भएर पनि देशका अन्य भागमा रहेको नेवार समुदायको भन्दा पृथक रितीरिवाज सास्कृतिक परम्परा अनि भाषा हुनुलाई त्यहाको अर्को विषेशता हो ।

यहाँ त्रिपुरा सुन्दरीमाईको मन्दिर भिमेश्वर नातेश्वर यसैगरी सेतीदेवी गणेश महादेव सरस्वती वाघभैरव लगाएतका थुप्रै मन्दिरहरु र प्राचीनकालिन ढुङ्गेधारा पाटीपौवा डबली शिलालेख कुवा तथा मन्दिरमा कुदीएका आर्कषक बुट्टाहरु देख्न सकिन्छ । यसले त्यहाको कला कौशल अनि इतिहासलाई प्रस्टयाएको छ । त्यहाँ समय समयमा विभिन्न चाडपर्व अनि जात्राहरु धुमधामसंग मनाउने गरिन्छ । विषेशत यहाँ मनाईने चाडपर्व अनि जात्राहरुमा जनैपुर्णिमादेखि नै लगातार ५ दिनसम्म लाग्ने गुनिला जात्रा र दशैमा मनाईने लिङ्गो जात्राको विशिष्ट पहिचान रहेको पाईन्छ । यसरी त्यहा मनाईने विभिन्न चाडपर्व अनि जात्राहरु हेर्न जिल्लाका विभिन्न ठाँउहरु पिस्कर जलजले धुस्कुन, बर्ना, पेट्कु, जेठल खरीढुङ्गा, टेकनपुर, बेते लगाएत काभ्रे र दोलखाका विभिन्न ठाउहरुबाट हजारौं यात्रुहरु आउने गर्दछन् ।

समुद्री सतहबाट लगभग २ हजार मिटर उचाईमा अवश्थित तौथली गाविस धार्मिक दृष्टिकोणले मात्र नभई प्राकृतिक सुन्दरताको कारणले पनि जात्राहरुमा हजारौं जात्रुहरु भ्रमण गरेको पाईन्छ । १ पटक तौथली पुगेका जो कोहि भक्तजन एवं पर्यटकहरुले यस ठाउलाई रमणीय स्थलको उपमा दिने गर्दछन् । यहाँको सम्पुर्ण मध्यमार्ग शिखरच्वाका, बुडाबुडी, खालचाय, पङ्ग, टक्सीचा, जपसीले, खागल जस्ता विभिन्न स्थानबाट गौरीशंकर गणेश मकालु लगाएतका हिमशृंखलाहरुको अवलोकन गर्न सकिन्छ । सिन्धुपाल्चोक जिल्लाको ७९ गाविस मध्येको महत्वपुर्ण तथा ऐतिहासिक धार्मिक स्थल तौथली पुग्न काठमाडौबाट दैनिक अरनिको रुट अन्तरर्गतबाट ४-५ घण्टा पछि दोलखाको खरिढुंगा पुगिन्छ । त्यसपछि एक घण्टा पैदल हिडेर तौथली पुग्न सकिन्छ । जाँदा बाटोमा चराहरु बन्यजन्तुहरु समय अनुसार फुल्ने विभिन्न जातका फुलहरु देख्न सकिन्छ । बनजंगलमा रुखहरुको सुसेली, डाँडाकाँडा,  पहाड, झरना, छांगाछहरा, खोलानाला अनि मनै लोभ्याउने सडकका दायाबायाका गाउहरु हेर्दै तौथली पुग्न सकिन्छ ।

सिन्धुपाल्चोकको लामोसाँघुबाट तीन घण्टा उकालो पैदल हिडेर पनि तौथली पुग्न सकिन्छ त्यसैले दुवै तिरको बाटोको रमणिय दृश्यहरु नछुटोस भनेर आउदा र जादा अलग अलग बाटोको प्रयोग गर्ने गरिन्छ । प्राय पर्यटकहरु तौथली पुग्दा खाडीचौर डाडाँपाखर,  मुडे खरिढुंगा भएर आँउछन अनि काठमाडौ आँउदा तौथली,  गैरीगाऊ, टेकानपुर, लामोसाँघु भएर सिधै काठमाडौ आउन सकिन्छ ।

साँच्चिकै यहाँ आउने अधिकाँश मान्छेहरु पर्यटकहरु तौथली रमाइलो राम्रो पर्यटकिय स्थल हो भनि प्रशंसा गर्न भुल्दैनन । पैदल हिडेको थकान अनि जुकाको टोकाई अनि चिसो बतास चलेपनि त्यस ठाउको रमणिय दृश्यहरुले हामी सबैलाई भुलाईदिन्छ । तौथली जाने बेलामा बाटोमा देखिने गोठालाहरु अनि घासपात गर्न आएका मान्छेहरुसंग प्रत्यक्ष भेट्दा तौथलीको बास्तविक जिवन शैलीका बारेमा बुझ्न सकिन्छ । अनि आजकाल खरिढु¨ा र लामो साघु दुबै ठाउबाट तौथली जोड्ने मोटर बाटो निर्माण भएको छ । जेठलबाट तौथली अनि धुस्कुन पिस्कर, जलजलेबाट पनि तौथली सम्मको मोटर बाटो निर्माण भइरहेको छ ।

तारा प्रकाश श्रेष्ठ

सिन्धुपाल्चोक

सम्पर्क ९८४१०७२५१२

rjashish.shrestha@gmail.com

प्रतिक्रियाहरु

I m very happy to see the pic of our village. I want to thank to those people who create this web page because if we are out of our country but still we can see and read news of our village. I request to put some more pic of the village.Thank a lot might.

- kalpana shrestha : melbourne.Aus

Thanks Tara Jee for your nice and imformative artical about Tauthali and is surface areas. Is it very beutyful place among the as hole district. We should pormot this palce and sourounding Village like Piskar, Dhuskun, Takenpur, Thumpakhar and other near villages. Every villagaes has so many uniqeness histricle, geographical, turisim and extar things. Hope you will searcha and published as a artical in fiture, form my side fully support. Please keep in touch bhandari.pawan@gmail.com

- Pawan Bhandari : Dhuskun, 4, Sindhupalchok

Dear Bro. Tara, I heartly give you thanks to put the some short but important informations about my beautifull and lovely home town Touthali in this website. I hope thit website will help to publicity about our Sindhupalchowk within Nepal and all over the Wolrd. Our district really rich in natural resources. So if we go thru this resources to develope our district we will be the no. 1 amoung 75. Hope to see the all informations about Sindhupalchowk on time. Thank You.

- H. R. Shrestha : Touthali, Sindhupalchowk

Artical ramro Lagyo. Aru Pani lekhnush Hai Dada

- Bharat Shrestha : Tauthali-3( New Baneshowr)

very good article to protect own culture and society thanks for mr shrestha for sharing he's word and fellings with public. hope to hear from him and waiting to read next article like this thanks again

- Bichar Neupane : Thokarpa


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box