Air Ticketing in Nepal Contact to Merosindhu.com

जीवन भोगाई

ईराकमा नेपाली कामदारको अबस्था

2010-03-19 15:45:49 | मेरो सिन्धु

- हरि कृष्ण न्यौपाने (घायल)

ईराकमा नेपाली कामदारको अबस्था

बिभिन्न म्यानपावर कंम्पनि ,स्वदेशि तथा बिदेशि दलाल अनि आफन्त मार्फत केहि बैधानिक र केहि अबैधानिक बाटो हुदैँ आ-आफ्नै तरिकाले राम्रो रोजगारीको आशा र धेरै पैसा कमाउने अनि आफ्नो परिवारको रेख-देख गर्ने प्रबल ईच्छहरु बोकेर आज ईराकमा दिन-प्रतिदिन नेपालीको संख्या बढ्नेक्रम जारि छ। यसै सिल-सिलामा कोहि ईराक आएर त कोहि आउने क्रममै दुबई,कुवेत,जोर्डन,अफ्गानिस्थान,बहराइनमा अलपत्र परेको,कसैलाई काम उपलब्ध नगराएको,कसैलाई ३-४ महिना सम्म दलालीले झुटो आश्वाशन र धम्कि दिएर थुनेर राखेको कुराहरु केहि समाचार हरुमादेख् न र सुन्न पाएपनि यसलाई नेपाल सरकार तथा संबन्धित संस्थाहरुले कुनै वास्ता नगर्नाले कम पारिश्रमिकमा धेरै घन्टा काम गर्नु त छँदैछ कोहि भने कोठामा थुनिएर दिन-दिनै परिवार र आफन्तलाई सम्झदै आफैलाई हतारमा नबुझिकन दलालीको फेला परेकोमा धिकर्ने गरेको यहाँ कार्यरत धेरै साथिहरुको अनुभब र बास्तबिकता हो।

म २००५ मा ईराक आ उदा नेपालीहरु मुस्किलले देखिन्थ्यो तर आज एकै क्याम्पमा ५-६ हजार सम्म नेपाली रहेको देखिन्छ।ठुला-साना गरि करिब ६०-६५ ओटा अमेरिकन र मल्टिफोर्स क्याम्प रहेको ईराकमा हरेक क्याम्पमा बिभिन्न कम्पनि अन्तर्गत फरक-फरक कम्पनिमा फरक-फरक सुबिधा र पारिश्रमिकमा नेपालीहरु कार्यरत रहेको देख्न सकिन्छ।आज मैले यो लेखमार्फत केहि साथिहरूको सहयोग,अनुरोध र मैले देख्दै आएको र बास्तबमै नेपालीको भोगाईलाई बास्तबिक र स्थलगत अध्यानको आधारमा तपाईहरुको आगाडि ल्याउदै छु।साथै रोजगारिको सुरक्षाको कारणले मैले ऊहाँहरूको नाम उल्लेख गरेको छैन।मैंले कामको हिसाबले बर्गिकरण गरेर निम्न अनुसार प्रस्तुत गरेको छु। १-फूड सर्भिङ र फास्ट-फुड रेस्टुरेण्ट:-ग्रिनबिन्ज क्याफे मा करिब २००भन्दा बढि नेपाली रहेको र पारिश्रमिक पनि राम्रो रहेको पाइएको छ भने बर्गर्किङ,पिज्जा हट,सिनबोन,ताकुबेल मा ईराक भरि १ हजार भन्दा बढि नेपाली रहेका छन।अनि पप्पैज,सबवे मा पनि निकै नेपालीहरु कार्यरत छन र यिनिहरु दुबै तलब र सुबिधाको हिसबले मध्यम खालका हुन भने सबै भन्दा बढि नेपाली रहेको तामिमि,जिसिसि र एसएससि कम्पनि अन्तर्गत ईराकभरिको क्याम्पभित्र का आर्मि तथा सिभिलियनलाई डिफ्याक्टमार्फत २४सै घन्टा खाना खुवाउने काममा ब्यस्त रहने नेपालीहरू को संख्या १०-१२ हजार रहेको र १४ घन्टाको काम तथा कम तलब र सुबिधा भएकोले कति नेपालीले त बिदेश आउदा धितो राखेको जग्गा लाई आफ्नो बनाउन घटिमा ३-४ बर्ष बस्नु पर्ने देखिन्छ।अनकुन्डामा १ जना काभ्रे घर बताउने दाईले त उँबिदा-उँबिदा खुट्टा सुन्निएर बिमार परेको सुनाए।सुरक्षाको र कामको हिसाबले अलि सजिलो र सुरक्षित भए पनि तलब र सुबिधामा त्यति राम्रो छैन।यस अन्तर्गत कामगर्ने ले मासिक ३५० डलरे देखि २००० डलरसम्म कमाएको देखिन्छ।

२]सेक्यूरिटि गार्ड र कन्भे रक्षकहरु:-

कामको हिसाबले निकै खतरानक भए पनि धेरै पारिश्रमिक अनि सुबिधा भएको यस सेक्टरमा पनि धेरै नेपाली भेटिन्छन।भूपू ब्रिटिस,इन्डिएन,नेपाली पुलिस आर्मि मात्र होइन सेक्यूरिटिमा अनुभबभएका दक्ष नेपालीहरू यसमा लागेका छन।कोहि कन्भे(रोडमा गुड्ने साधनको सुरक्षा) लिएर पुरै ईराक हिड्नुपर्छ भने कोहि एयरपोर्ट त कोहि टावर गार्डमा ब्यस्त नेपालीहरू लाई अमेरिकन,ब्रिटिस तथा बिभिन्न कम्पनिले आफ्नै खालको सुरक्षा र सुबिधा दिएका छन। एकजना सुनसरि घर बताउने र ईराकमा लामो समय सेक्यूरिटिमा कमान्डर को रूपमा कार्यरत दाईले आफ्नोनाम उल्लेखनगर्ने शर्तमा भने अनुसार घटिमा १३०० देखि ७००० डलर सम्म मासिक तलब लिएका छन रे! खासै भरपर्दो डाटा नभए पनि करिब ४-५ हजार नेपाली यसफिल्डमा रहेको अनुमान उनले बताए। ३] कस्टमर सर्भिस(सपिङ सेन्टर(BX/PX),पानी-लन्ड्रि सर्भिस,अरू लोजेस्टिक सामन हरु कुवेत,जोर्डन,जर्मनि,साउदि बाट सप्लाइगर्ने ):-

आर्मि हरूको सबै सामान खरिद-बिक्रि गर्ने सपिङ सेन्टर(BX/PX) अनि लण्ड्रि तथा खानेपानी को सेवा गर्ने अनि अरू लोजेस्टिक सामन हरु कुवेत,जोर्डन,जर्मनि,साउदिबाट सप्लाइगर्ने काममा पनि नेपाली हरू धेरै रहेका छन।यस अन्तर्गत पिडब्लुसी,एफेस,अल्मुरल,पिपिआई,डिएचएल तथा कुवेत-साउदि तथा जोर्डन र जर्मनिबाट सामान सप्लाईगर्ने सप्लायर्स र अरु धेरै कम्पनि रहेका छन।तलब र सुबिधा राम्रो रहेको यसकम्पनिहरूमा धेरै नेपाली रहेका छन।सिन्धुपाल्चोक घर भएका मेरो एकजना साथिले बताए अनुसार पिडब्लुसि मा धेरै राम्रो सुबिधा छ तर सामान हरु ओसार-पसारगर्दा बाटोमा आइपर्ने समस्याले अलि चिन्तित गराएको छ तर"पैसा भनेको भिरमा हुन्छ" भन्ने बुढाँ-पाकाँको ऊखानलाई सम्झनु परेको छ,उनले म संङको भेटमा भनेका थिए।यस फिल्डमा पनि करिब ५००० भन्दा बढि नेपाली रहेको उहाको अनुमन थियो।बार्बर सप-बिउटिपार्लरमा कामगर्ने ले त धेरै कमाउने गरेका छन।काम अलि झन्झटिलो भएपनि कपाल काट्दा आउने टिप्सनै हाम्रो प्रमुख आम्दनि हो एक जना सर्लाहिका साथिले भन्नु भयो। ४]क्याम्प सर्भिस,वेयर हाउस,क्याम्प भित्रका बसचालक,ट्वाइलेट क्लिन,अफिस ब्वाई,कन्स्ट्रक्सन,जिमहलमा कामगर्ने हरु:-

क्याम्प सर्भिस,वेयर हाउस,क्याम्प भित्रका बसचालक,ट्वाइलेट क्लिन,अफिस ब्वाई,कन्स्ट्रक्सन,जिमहलमा कामगर्ने हरु तथा स्विमिङपुल र अरु मेन्टिनेन्टस मा कामगर्ने र जनरल लेबरका रुपमा यहाँ सबै भन्दा बढि नेपालीहरु भेटिएका छन। कुलाक,फस्टकुवेति,पिपिआइ, पिरिल,बिभिन्न टुर्किस तथा कोरियन कम्पनिमा धेरै नेपालीहरु रहेका छन।खास कुनै सिप बिनाको कामदेखि लिएर कम्यूटर सफ्टवेर इन्जिनिएर,सिभिल इन्जिनिएर मात्र होइनन् बिभिन्न शिपभएका ब्यक्तिहरू यो काममा ब्यस्त रहेका छन।सायद ईराकमा सबै भन्दा धेरै नेपाली यसै फिल्डमा रहेका छन।किनकि बिशेस गरेर ईराकमा अदक्ष,अर्ददक्ष र कम शिक्षित नेपालीहरु धेरैं भएकाले पनि यस फिल्डमा निकै नेपालीहरु रहेका छन।

खासै नेपाल सरकारले ईराक आउन कुनै बैधानिक स्विक्रिति नदिएपनि कुवेत,दुबई, अफ्गानिस्थान,जोर्डन,बहराईन तथा अन्य माध्याम बाट दिनप्रतिदिन नेपालीकामदारहरु भित्रि रहेका छन।खासै आधिकारिक डाटाहरु नभएता पनि नेपाली महिला र पुरूषगरेर ४० हजारभन्दा बढिँ नेपालि रहेका छन।तर समग्रमा नेपाली हरूले खासै राम्रो पारिश्रमिक पाउनसकेका छैनन भने बेला-बेलामा घटनाहरू परेपनि मिडियामा आउन सकेका छैनन् भने घटना घटेपनि कम्पनिहरुले बाहिर ल्याउने गरेका छैनन्।

अन्तमा यो लेख लेख् नलाई सहयोग गर्ने सबै साथिहरुमा आभार ब्यक्त गर्दै यो लेख छाँपीदिएकोमा पब्लिशरलाई धन्यबाद।तथा यसलेख सम्बन्धि कुनै सल्लाह,सुझाब र प्रतिक्रियाको लागी सबै पाठकबर्गमा अनुरोध गर्दै मलाई harineupane_3@yahoo.com मा इमेल पठाउन अनुरोध गर्दछु।साथै कुनै पनि नेपालीले ईराक र कुवेतमा कुनै पनि प्रकारको समस्या खेपिरहनुभएको भएमा मिडिया सम्म पुर्याउन को लागि म सधा तत्पर छु। जो-जहाँ र जसरि रहनु भएको भए पनि खुसिसंङ र सुरक्षित रहनुहोला।

उही परदेश बाट हरि कृष्ण न्यौपाने (घायल) harineupane_3@yahoo.com कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक हाल अनकुण्डा बलाद ईराक


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box