कविता
उफ यो जिन्दगी
2010-03-19 15:40:27 | मेरो सिन्धु
-
बसन्त कुमार श्रेष्ठ, जेठल गा बि स वडा न
९,सिन्धुपाल्चोक
तछाड /मछाड साथ भावनाहरुसग खेल्दै
महा-प्रलयमा
डुबेको मेरो जिन्दगी
घात /प्रतिघातको अनगिन्ती चोटहरु सहदै
भुकम्प
पछिको अस्त ब्यस्त मेरो जिन्दगी
पिर /व्यथाले दबिएर चिच्याउदै
सुनामी
चपेटामा परेको मेरो जिन्दगी
उकुस /मुकुसले ग्रस्त भई रुदै
खुकुरीको
धारमा बसेको मेरो जिन्दगी
हत्या /आतंकको चपेटामा परि डराउदै
स्वार्थीहरुको
भिडमा किल्चिएको मेरो जिन्दगी
दु:ख /पिडाको सँगमस्थल भई कराउदै
बलात्क्रित
पछिको खोक्रो मेरो जिन्दगी
धोखा /छलले हर-हमेशा गाज्दै
असफलताको
पहिरोले पुरिएको मेरो जिन्दगी
कुरुप /विरुपले दामनलाई समेटदै
कालले
समेत तिरस्कित गरेको मेरो जिन्दगी
अगाडि /पछाडि कोही नभै आतिदै
अर्थहिन,लक्ष्यहिन
यो क्षितिजको जिन्दगी
बसन्त कुमार श्रेष्ठ
जेठल गा बि स वडा न ९,सिन्धुपाल्चोक