Air Ticketing in Nepal Contact to Merosindhu.com

कविता

जीवन कथा

2010-03-19 15:39:51 | मेरो सिन्धु

- बिनुका बस्तेन, धुस्कुन २ जात्रथली

binuka basnet

आँशुको भेला सागर बन्छ मुहान आँखाको

मिल्दछ सँधै दुनियाँ भन्छ साहारा आमाको

जन्म त दियौ हे मेरी आमा दुखको भेलमा

म परी गए हे मेरी आमा शत्रुको नेलमा

यो सानो हाम्रो समाज रैछ सामजिक परिवेश

कसले दिन्छ यो दुःखी माथि शक्तिको अभिषेक

आँशुको भेलमा दुखको डुङ्गा म तर्न सक्दिन

संघर्षशील जीवन भा छ म टार्न सक्दिन

जन्मायौ किन हे मेरी आमा सांसारिक जेलमा

संसारले पनि हुत्याइदियो मैदानको खेलमा

आकाश छुने आशामा उडे अल्झिए रुखमा

चुडिएको चङ्गा भएछ जीवन भासियो दुखमा

के रैछ दुख भन्देउ सङ्गी म त्यसलाई त्याग्दछु

संसारै दुख रहेछ भने त्यहीबाट भाग्दछु

पर्खाल रैछ त्यो दुख भने म त्यसलाई नाघ्दछु

होइन त्यो शत्रु रहेछ भने आगो झै जाग्दछु

छोरीलाई भनि जन्मायौ किन हारेको करम

घर भित्र देखि बाहिरसम्म मान्नु रे सरम

आजको संसार के रैछ भन्थे रहेछ पैसाको

पैसाको लागि बचियो इनजत विचरी नारीको

हिउँको शीत बस्रन्छ सारा पिठ्युँ थाप्दछु

खरको झुप्रो चुहिन्छ वर्षा म सधै काप्दछु

को रैछ वर को रैछ पर झुपडी भरको

सम्पति मात्र रहेछ प्यारो नेपाली नरको

प्रतिक्रियाहरु

आझा राम्रो लखन प्रयास गर्नुहोला

- kabindra timilsina : sangachock

बधाइ छ बिनुका बहिनीलाइ जसले सिन्धुका महिला मात्र नभएर समग्र महिलाको लागी यो कविता लेखेकोमा । narayanbasnet@hotmail.com or 9841-506422

- नारायण बस्नेत : धुस्कुन २ बेते सिन्धुपाल्चाोक

बिनुका दिदीले लेखेको कविता असाध्यै राम्रो लाग्यो । आम नेपाली महिलाहरुको कथा व्यथा र वेदना झल्कने कविताको मूल मर्म र प्रस्तुती एकदम राम्रो छ । यसरी नै उहाँको साहित्य लेखनले सिन्धुमात्र नभएर पुरै देशमा पहिचान बनाउन सकोस । जीवन बस्नेत कविता बस्नेत ९८४१ १४११९६

- जीवन बस्नेत : धुस्कुन गा वि स २ जात्राथली सिन्धुपाल्चोक


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box