- गणेश शाह सँधै पैसा पैसा भनिकन बस्यौ देश बिरसी भुटानीको देख्यौ हबिगत भयो के पर बसी । श्रीलंकाका बासी तमिल पनि त्यस्तै हुन पुगे लडी छब्बीस् बर्ष अब त घर छोडी कन लुके । दुधे नानी च्यापी पशुपति पुकार्दै भइ खति कुदे नागालैन्मा घरजम गरेका पनि कति । म नेपाली भन्दै नभनिकन बस्ने गर किता
- पिताम्बर जोती , किउल - ०१ भिरखर्क खरैले छाएको सानो मेरो घर छाना फेर्ने मेरो यो विघ्न रहर। बन्दैछ मेरो रहर आकाशको फलसरी अभावै अभावमा सजिएको यो मेरो गरिवी।। साहू महाजन छिमेकी कसैको छैन आड छाउन सकेन कहिल्यै मेरो जीवनमा बहार। गरिबलाई हेप्ने साहूहरुको त्यो प्रवृत्ति अभावै अभावमा सजिएको यो मेरो गरिवी।।
- इन्द्रमणी नेपाल बूढीचौरको सल्लाघारी सूसाउदै होला हावाको त्यो झोक्कासँगै मूस्काउदै होला बिहानीको पारीलो घाम पाटिगाउँ राम्रो हाँसीखुशी सधैंभरी उज्यालो गाउँ हाम्रो डाँडागाउँको दृश्य राम्रो हेर्दा सधैंभरी सम्झनामा सधैंभरी आउछन् आंखाभरी ठूलीटारको वनले मलाइ बोलाउदै होला
गुरु केदार बराल तिमी नजिक आउन खोज्दा म डरले तर्सिएथेँ मिठो वचन तिमीले बोल्दा म आफै झोक्किएथेँ । साथ दिने वाचा गथ्यौं
- केदार न्यौपाने बसन्तनै लाग्यो कित शिरीस फूल्न थाल्यो बिडम्बना तिम्रो मन अन्तै डूल्न थाल्यो ऋतू सगैँ तिम्रो मन नी बदलिने पो रैछ मलाई छाडी आजभोली कता भूल्न थाल्यो बसन्तनै लाग्यो कित शिरीस फूल्न थाल्यो कोइली कूहून्छ कतै कतै न्याउली रुन्छ कतै कति चाँडै बित्छ ऋतू पाईडैन पत्तै
ढुङ्गाको अगाडि प्रार्थना गरेर कुनै काम छैन भावनाको नदीमा सधैं बगेर कुनै काम छैन यर्थाथको धरातलमा सामना गर समस्यासित सपनाको मात्रै भर परेर कुनै काम छैन् नदी तर्नु छ भने गोता लगाऊ र पौडिन सिक किनारामा यसरी एक्लै बसेर कुनै काम छैन् हाँस्दा सबै साथ दिन्छन रुदा एक्लै रुनु पर्छ सारा दुनियालाई आफ्नो भनेर कुनै काम छैन सक्छौ भने आफ्ना पीर व्यथाहरु आफैँ पिइदेऊ मनको आगोमा दिनहुँ जलेर कुनै काम छैन् अनुभव र ज्ञान नै हुन्छ जीवनमा महत्वपूर्ण किताबका बण्डल र ठेली पढेर कुनै काम छैन् नटिप कोपिला ठाउँसित्तै फूल्न देऊ बरु दुनियाँ हिड्ने बाटोमा छरेर कुनै काम छैन्
मुल नै मासी आफ्नै मात्र मिथ्या तिर्खा मेट्नेहरु पराई खुशी पार्न आफ्नै भाइको धाँटी रेट्नेहरु सुध्रेला र खै कुन्नि यी नेताको मति यस्ता नेता हुनु भन्दा नभएकै जाती । टिष्टा बेचे, सुस्ता बेचे, बेचे महाकाली देशद्रोही नेतालाई कसले दिन्छ ताली देशको सिमा दिनदिनै सर्दै गाछ कति
- Rajendra Aryal, Thakani-2, sanomusure sindhupalchowk साहित्यमा बिचारलाई चङ्गाउने लेखौं गजल ठाउँ ठाउँका युवाहरु जंङाउने लेखौं गजल! भ्रस्टाचार धेरै भयो अब हामीले रोक्नु पर्छ शोषक र सामन्त लाई नङगाउने लेखौ गजल! अब चुप लाग्नु हुन्न उठनु पर्छ हामी सबै सामन्तिक सँगठन लाई नङ्याउने लेखौं गजल!
तिमी मेरो जीबन भन्दा प्यारो छौं, तिमी बिना मेरो जीबन सुन्य बनाएका छौं। तिम्रो दिल अनि मेरो दिल साच्चैँ मिलेको छ, तिमिले चाहने हे भने, तिमी मेरो अनि म तिम्रो हुनेछ,
आफ्नै प्राकृतिक रुपमा हराउछे सिन्धु आगंतुक लाई सधै खुशी गराउछे सिन्धु उत्तरमा चांदी झै.टलकदा गणेश जुगल नतमस्तक मौन मा सर्माऊछे सिन्धु स्रद्दाको आस्था राखने कैयौदेवल संगै हरसाल गौरती मेला भराउछे सिन्धु हजार जन मिली पाच पोखरी मेला भर्दै सुनकोशी सल्बलाऊदा रमाउछे सिन्धु तातोपानी,बरबीसे मेलाम्ची को छटा मा इन्द्राबती सुसाउदा लहलाउछे सिन्धु कालो औशी मा पनी बल्छे चौतारा को शान ले खुशी ले लजाउदै मुस्कुराउछे सिन्धु किशमा किशोर पीपलडांडा १ सिन्धुपाल्चोक
