निर्मल श्रेष्ठ मकाउ,, वैशाख १४ - जुवाका लागि संसारकै प्रख्यात थलोमध्ये चीनको विशेष प्रशासकीय क्षेत्र मकाउका प्रसिद्ध क्यासिनो (जुवाघर) तथा होटलको सुरक्षा जिम्मा नेपालीले सम्हालेका छन् । अमेरिकी कम्पनी लस भेगास स्यान्ड्सद्वारा सञ्चालित मकाउकै विशाल भेनिसन होटल र क्यासिनोका सुरक्षार्थ १ सय ५५ नेपाली छन् ।
शंकर ज्ञवाली अप्रिल, २० दुबई नयाँ वर्ष २०६७ को आगमनसँगै यूएईको बरदुबईस्थित एस्टोरिया होटलमा गत शुक्रबार एक भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भयो। सिन्धुपाल्चोक जिल्लाबाट जागीरको सिलसिलामा यूएई आएका सम्शेर बोम्जन र उनका साथीहरुले गठन गरेको यूएईको नयाँ संस्था नेपाल-दुबई एसोसिएशनको आयोजनामा उक्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
दोहा, २ बैशाख । बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेको २७ जना नेपालीहरु अलपत्रमा परेका छन् । ६ महिनादेखी कम्पनीबाट आईडी तलब र खानाको सुबिधा नपाएको र घर जान्छु भन्दा पनि नपठाएको गुनासो सुनाउदै रामेछाप जिल्ला चनखु-१ घर भएका र हाल काठमाडौं कलंकी बस्दै आएका एक पिडीत गोपाल बुढाथोकी(जोएल) ले भने हामी नेपालीलाई फसाउने दलाल नेपाली नै हो ।
१ बैशाख, काठमाडौं । उत्तरपश्चिमी चीनमा बुधबार बिहान शक्तिशालि भुकम्प जाँदा तीन सय बढीको मृत्यु भएको छ । अन्य आठ हजार घाइते भएका छन् ।
पोल्याण्ड, चैत २९/ पोलीश राष्ट्रपतिसहित दर्जनौँ उच्चपदस्थ अधिकारीहरूको ज्यान जानेगरी शनिबार रुसमा भएको जहाज दुर्घटनापछि पोल्याण्डमा अइतबार मध्यान्ह दुइ मिनेट मौनधारणागर्दै एक सातासम्म राष्ट्रिय शोक मनाइने भएको छ । दुर्घटनास्थल रुसमा पनि सोमबार एक दिन राष्ट्रिय शोक मनाइनेछ ।
रमल्लाह, चैत २५ प्यालेस्टिनी सरकारलाई हल्लाउने गरी प्रधानसेनापति हुस्सेनको यौनमा लिप्त एक भिडियोटेप बाहिर आएपछि प्यालेस्टिनी राष्ट्रपतिले उनलाई पदबाट बर्खास्त गरेका छन्। फेब्रुअरीमा इजरायली टेलिभिजनले रफिक नाङ्गिएर एक महिलालाई संभोगका लागि आमन्त्रण गरिरहेको एउटा भिडियो दृश्य प्रसारण गरेको थियो।
मस्को, रसियामा गत सोमबार भएको आत्मघाती बम हमला एक १७ वर्षीया युवतीले गरेको त्यहाँको सुरक्षा निकायले जनाएको छ। आत्मघाती विष्फोट गराउने देगस्तानकी देननेट अब्द्रुकमानभ गत वर्ष सेनाबाट मारिएका चेचेन विद्रोहीका विधवा हुनसक्ने अनुमान गरिएको छ।
एएफपी, बेइजिङ १२ चैत अमेरिकाको ट्रेजरी विभागले चीनलाई मुद्राको तोडमोड गर्ने देशका रुपमा लिने भएको छ । यो कदम मध्यअपि्रलमा चालिने पूर्वअमेरिकी व्यापार प्रतिनिधि सुसन स्वाबले जानकारी गराइन । उनले चीनलाई यो किसिमको नाम दिने काम व्यवहारमा भन्दा पनि सांकेतिक हुने बताइन् । यो संज्ञा दिने कामको सम्भावना निश्चित छ तर यसलाई सांकेतिक रुपमा लिइने सम्भावना धेरै छू सुसनले जानकारी गराइन् ।
- हरि कृष्ण न्यौपाने (घायल) आफ्नो परिवार अनी समाज प्रतिको दायित्व पुरा गर्न जस्तो सुकै दु:ख गर्न पनि पछी नहट्ने साहासका साथ केही समय भए पनि कुवेतको मरुभुमिमा काम गरी केही पैसा कामाउने चाहनाका साथ यहाँ पहिला देखिनै नेपाली कामदारहरु आउने क्रम जारी छ। खास गरेर नेपाली महिला (घरेलु-कामदार)को संख्या धेरै भएता पनि अन्य क्षेत्रमा पनि नेपाली महिला अनी पुरुष कामदारहरुको पनि घुईचो नै लागेको छ, आजकाल कुवेतमा।
- हरि कृष्ण न्यौपाने (घायल) अमेरिकाले बिस्तारै आफ्नो सैंनिकलाई ईराकबाट अमेरिका अनी अफ्गानिस्थान तिर सार्दै आफ्ना साना-साना क्याम्पहरुलाई बन्द गर्न शुरु गरेको छ।साथै २००९ को अगस्टबाट सम्पूर्ण अमेरिकन सेनालाई ईराकबाट हटाउन शुरुगर्दै २०१० डिसेम्बरसम्म सबै क्याम्पहरु यहिको सुरक्षा निकाय, ईराकी सरकार अनी सुरक्षा फौजलाई सुम्पने निर्णय अनी दुई देश बिच समझदारी भैसकेको छ। यहाँ रहेको सबै भन्दा ठुलो अमेरिकन कम्पनी के.बि.आर. पनि टुट्ने र डाइनाक्रस कम्पनीले अर्को कन्ट्याक्ट पाउने हल्ला चलिरहेको छ।तामिमी, फास्टकुवेती जस्ता कम्पनिहरु पनि बिभिन्न क्याम्पबाट बन्द भैंसकेका छन। साथै धेरै नेपालीहरु कार्यरत कुलाक अनी पि.पि.आई. जस्ता ठुला कम्पनिबाट २-३ महिनादेखिनै कामदार कटौती शुरु भैंसकेको छ।
