Air Ticketing in Nepal Contact to Merosindhu.com

दलहरुको कदम जेठ १४,प्रतिक्रान्तिकारीहरुलाई भर्र्याङ

क्यालेण्डरको पाना फेरीयो । २०६६ लाई तिक्तापूर्ण तवरले नेपालीले विदाई गरे । तर २०६७ जुन आशाका रोशनीहरु लिएर उदयमान हुनुपर्दथ्यो त्यो हुन सकेन । भनिन्छ नि 'विहानीले दिनको आभाष गराउँछु । किन्तु दुःख पूर्वक भन्नुपर्ने हुन्छ २०६७ को विहानी तुवाँलोको अन्योलतामा नेपाली भविष्यत् अल्मलिएको काग झै बनेकोछ ।

कन्चन, तिम्रो स्मृतिमा

कोरा कागजको वृत्तमा स्याह पिउँदै-चोपिदै पुनः लेखिदै अक्षर भएर बाँच्नेहरुको एउटा पृथक जिन्दगीको सानो किस्सा जसले हरक्षण अक्षरहरुमा हरफहरुमा भिमल तुल्याउँछ । पटाक्षेप भएर पनि सजीव चल्दछन। विसर्जित जीवनका स्मृतिहरु । भिउसिनामा परेको एक मुहार । मैले हामीले गुमाएको त्यो मान्छेको सदावहार अस्तित्व र अर्थबोध । विश्वास लाग्दैन कि बारुदको छर्काहरुले लप्काहरुले काचनलाई हरण गर् यो । शब्दले नै बारुद निरंकुश छ विनाशक छ विचारभन्दा । रणभुल्लमा छु कि अन्ततः विचार र बारुदको विलखबन्दमा दिशाबोध पो भएका हुन् कि कन्चन ।

स्वतन्त्रता र चमेरोको नियति (एक तटस्थ लेखकको वास्तविकता)

त्यो हप्ता केहि लेखक पत्रकार मित्रहरुसंग उस्को लामो चिया चुरोट गफ चल्यो । त्यस्ता गफहरुमा ऊ उस्को परिचय पनि अक्सर विषय बस्तु बन्ने गर्दछ । ऊ स्वतन्त्र अस्तित्वको अडान लिन्छ- साथीहरु निरपेक्ष बस्तुको अस्तित्व हुदैन भन्नु हुन्छ। हो विज्ञान र राजनीतिको व्याख्याले सुत्रले वा हिसावले निरपेक्ष भन्ने संभव विहीन कुरा हो । तर विज्ञान र राजनीति विज्ञानको व्याख्या तेजमा स्वतन्त्र अस्तित्वलाई तेजहीन तुल्याइएको मात्र हो। हर कुरामा सापेक्षवादको अनिवार्यता हुन्न भन्ने उस्को थप अडान रहन्छ।

हाकिम, तातोपानी भन्सार र कमिशन

त्यसो त सिन्धुपाल्चोक जिल्ला छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुँदा र तातोपानी धार्मिक, आर्थिक र राजनीतिक चासोकॊ चर्चा र आकर्षणको केन्द्रमा रहेकोछ। अन्तरराष्ट्रिय नाका भन्सार भएको जिल्लामा रहेका कार्यालयहरुमा प्रमुख भएर वा लेखाप्रमुख भएर आउनका लागि ठूलै सकरत एवम् राजनीतिक खेला चल्छ भन्ने कुराहरु बेलाबखतमा चर्चाको विषय बन्ने गर्छ।

शब्द फिर्ता गर जाकरिया; बुद्ध नेपाली हुन्

Amit Ghimire, Sindhupalchokछिमेकी देश भारत र त्यस मूलका प्राज्ञहरुले बेलाबखत बुद्धका विषयलाई लिएर नेपालका विषयलाई लिएर आफ्नो दरिद्रता देखाउने गर्छन् -गरेका छन् । कहिले नेपाल भारतको एक प्रान्तको रुपमा बुझेको अभिव्यक्ति दिन्छन् त कहिले बुद्ध भारतीय हुन भन्ने भ्रामक प्रचारबाजी गर्छन् । त्यसो त सगरमाथाका विषयमा पनि यस्ता दावाहरु नआएका भने हैनन् । आन्तरिक झमेलामा देश रुमल्लि रहेकाबेलामा विश्वरंगमाच माझ नेपाल र नेपाली गौरवलाई आफ्नो अधिनको भनेर भारत ढिडौरा पिटी रहेको हुन्छ।

गिरिजाको देहवसान, ज्ञानेन्द्रको मौन भङ्गता र दलहरुको लुछाचुडी

चौतारा-८ काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको देहवसान भएको साता वित्न नपाउदै विभिन्न स्थानको उत्तराधिकारमा दावी गदै दलहरु सिघौंरी गर्छन भन्ने सङ्केतहरु देखाउन थालेका छन् । माओवादी ठूलोको हैषियतले पनि र गिरिजाबाबुको अन्तिम इच्छा मुताविक पनि उत्तराधिकार आफ्नो हुनु पर्ने आधार राखिरहेको छ भने स्वयम् नेपाली काँग्रेस आफ्नो नेतृत्व हुनु पर्ने किन पनि भने गिरिजाबाबुको स्थान स्वयम् सिद्ध तथ्यको आधारमा काँग्रेसको हुने ठहर गरिरहेको छ । यता एमाले आलोपालोको कुरा उठाइरहेको छ ।