तिहारको अघिल्लो दिन भैली खेल्न जाँदा सिन्धुपाल्चोककी ५५ वर्षीया मोतीमाया तामाङ भीरमा पिसाब गर्न लाग्दा लडेकी थिइन् । उनी लड्दा करिब बूढीऔंला मोटाइ बराबरको एक फिट लामो लट्ठी उनको मुटु, फोक्सो, डायफ्राम छेड्दै वारपार भएर अड्केको थियो । 'मुटु, फोक्सो, डायफ्राम छेड्दै लट्ठी कलेजोमा गएर अडकएको रहेछ,' शल्यक्रियामा संलग्न एक चिकित्सकले भने, 'झिरमा रोपेको सेकुवाजस्तै उनको मुटु, फोक्सो, डायफ्राम, कलेजो देखिएको थियो ।' केन्द्रमा आइपुग्दा तामाङको अवस्था गम्भीर थियो ।
जितेन्द्र साह काठमाडौ, १३ कार्तिक बिहानको छ नबज्दै शनिबार २४ वषर्ीय भरिया कृष्णबहादुर तामाङ राजधानीको न्युरोड गेटमा पुगे । उनी बिहानीको जाडोमा टिसर्ट र लंगु कट्टु लगाएर हातगोडा फर्काउँदै न्यानो हुन खोजिरहेका थिए । टेःबहाल बस्ने उनी निकै हतारमा थिए ।
तुफान न्यौपाने कर्णालीका हजारौँ युवा बर्सेनि भारी बोक्न कालापहाड (भारत) गइरहँदा जुम्ला महतगाउँका पदम महत (७१) अधिकृतस्तरको जागिर छाडेर पैसा कमाउन काठमाडौंबाट गाउँ फर्केका थिए। अहिले उनी सदरमुकाम खलङ्गाबाट डेढ घण्टा माथिको पाखोमा स्याउ अर्थात् पैसा फलाइरहेका छन्। हिमाली हावाले हान्ने उनको बगैंचामा अर्गानिक स्याउ मात्र छैनन्; भारत, जापान र युरोपका पहाडमा फल्ने सबै खालका रसिला फल र ड्राई फ्रुट पनि छन्।
केदार ओझा काठमाडौ, कार्तिक ३ व्यस्त सहरमा छिटो र सजिलो सवारी हो, 'मोटरसाइकल ।' दुई पाङ्ग्रे यो सवारीमा हुने सानो असावधानीले पनि कहिलेकाहीं जीवनयात्रा नै दुःखद बन्न सक्छ । काठमाडौंको चपलीमा मंगलबार यस्तै दुर्घटनामा परेकी छन् ५५ वषर्ीया लक्ष्मी थापा । छोरा विशिष्ट थापाले चलाएको मोटरसाइकलमा चढेकी लक्ष्मीको साडीको फेर चक्कामा बेरिएको थियो । गुडिरहेको चक्कामा साडी बेरिएपछि उनीसहित मोटरसाइकलमा यात्रारत तीनै जना सडकमा पछारिए । लक्ष्मीको ज्यानै गयो भने १४ वषर्ीया छोरी सकुन्तला र चालक वशिष्ठ घाइते भए ।
पर्सा (वीरगन्ज), असोज ३१ विजयादशमीको दिन सौभाग्यको प्रतीकको रूपमा लगाइने जमरा बिक्री गरेर यहाँ केही पुजारी र सर्वसाधारणले राम्रो आम्दानी गर्न सफल भएका छन्। एउटै व्यक्तिले आजैको दिन जमरा बेचेर रु.५० हजारसम्म कमाइ गर्न सकिने उनीहरू बताउँछन्।
शिला पाण्डे काठमाडौ, आश्विन २१ - यतिखेर एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक औसत २ हजार पर्यटकलाई स्वागत गरिरहेको छ । सीमित पूर्वाधारको यस विमानस्थलमा भीडभाड पनि बढेको छ । होटलहरू पाहुनाको स्वागत सत्कारमा दिनरात खटिरहेका छन् । नेपालमा पर्यटक आउने मुख्य मौसम अक्टोबरले व्यवसायीलाई उत्साहित बनाएको छ ।
भीमबहादुर सिंह साल्ट ट्रेडिङ कर्पोरेसन शाखा मुगुले दसैंको लागि आइतबार सदमुकाममा गरेको २ केजी नुन लिन डिपोमा लागेको भीड । जाजरकोट, आश्विन १२ - दसैंको मुखैमा यहाँ खाद्यान्न अभाव भएको छ । सदरमुकाम र ग्रामीण भेगमा भोकमरी देखिन थालेको छ । लामो खडेरीका कारण हिउँदे बाली सप्रन नसकेको र वर्षे बाली कम उत्पादन हुँदा खाद्य संकट परेको हो ।
चन्द्र कार्की तेह्रथुम, आश्विन ३ अविरल वर्षाले तेह्रथुमको फुलेक ७ चम्फुलामा आधा दर्जन परिवारको खेतबारी बगाउँदा ४ लाख मुल्य बराबरको क्षति भएको छ ।पहिरोले पाक्न लागेको कोदो, धान र थन्क्याउने बेला भएको मकै बाली समेत बगाएर क्षति पुर्याएको छ । एक साता देखी परेको लगातार मुसलधारे पानीले भिम बहादुर राई, विष्णु कुमार राई, रास बहादुर राई, मन बहादुर राई, टिकाराज राई लगायतका गाउँलेको खेतबारी पहिराले बगाएको हो ।
दाङ २६ भदौ सबै हिन्दू धर्मावलम्बी दाजुभाई आफ्ना दिदीबहिनीलाई माइती बोलाएर तीजको दर खुवाइरहेका थिए । तर, दाङको तुल्सीपुरमा भाइले दिदीको हत्या गरेका छन्। तुल्सीपुरको डाडाखुटी शिवपुर टोल निवासी ४५ वर्षीय चिरबिर सुनारले आफ्नै दिदी सुमित्रा बिकको घाँटी थिचेर हत्या गरेका हुन्।
काठमाडौँ, भदौ २४ भारतीय आयल कर्पोरेशन(आइओसी)ले कम पेट्रोल दिएपछि मुलुकभर अभाव सुरु हुन थालेको छ। आइओसीको यूरो मापदण्डको तेल उत्पादनमा समस्या देखिएपछि नेपालमा कम तेल आएको हो। 'आइओसीले यूरो मापदण्डको पेट्रोल उत्पादनको लागि ल्याएको कच्चा तेलबाट कम पेट्रोल आएपछि भारतमै समेत समस्या छ,' निगमका एक अधिकारीले भने, 'यसैले समस्या आएको हो।' पेट्रोल कम आएपछि निगमले काठमाडौंमा बुधवार आधा मात्र पेट्रोल बाँडेको छ।
