चौतारा, २५ कात्तिक - नेपाल आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय भेला अन्तर्गत अहिले बन्दसत्र चलिरहेको छ । महासंघको दोस्रो राष्ट्रिय भेला हिजोदेखि यहाँ चौतारामा सुरु भएको हो । बन्दसत्रमा अहिले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने क्रम चलिरहेको छ । बन्दसत्रमा नेपाल आदिवासी जनजाति संघ अनिजका अध्यक्ष मोहनसिंह लामाले विभिन्न संचार माध्यममा जनजाति पत्रकारको उपस्थितिका विषयमा कार्यपत्र राखेका छन् ।
चौतारा - आफ्नै विद्यालयका छात्राहरुमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक नारायण श्रेष्ठलाई बिहीबार विद्यार्थी तथा स्थानीयवासीले कालोमोसो दलेर जुत्ताको माला लगाई साँगाचोक बजार परिक्रमापछि प्रहरीलाई जिम्मा लगाएका छन्। जिल्लाको साँगाचोक गाविसस्थित जनजागृति उमाविका कक्षा ५ मा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गर्दै आएको पोल खुलेपछि शिक्षक श्रेष्ठलाई कारबाहीको माग गर्दै उक्त कार्य गरिएको हो।
ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक २३ - नेपाल आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय भेला बिहीबारदेखि सदरमुकाम चौतारामा सुरु हुँदैछ। दुई दिन चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापक महासंघ जिल्ला समन्वय परिषद्ले जनाएको छ।
अपहरित बालक तीन दिनमा मुक्त- ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक २२ - तीन दिनअघि अपहरित आठ वर्षे भारतीय बालक सञ्जय साहलाई अपहरण मुक्त गर्दै प्रहरीले अपहरणकारीलाई फिल्मी शैलीमा पक्राउ गरेको छ। बालक अपहरण मुक्त भएको चार घण्टापछि अपहरणकारीलाई फिरौतीसहित पक्रन प्रहरी सफल भएको हो।
चौतारा कात्तिक ८ -'सिन्धुपाल्चोक समृद्धिको आधार जलस्रोत, पर्यटन, कृषि र व्यापार' भन्ने नाराका साथ सिन्धुपाल्चोक महोत्सव २०६८ आयोजना हुने भएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सिन्धुपाल्चोक महोत्सव मंसिर ३ देखि ७ गतेसम्म पाँच दिनसम्म सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा चल्नेछ।
ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, असोज २७ सयभन्दा बढी यात्रु बोकेर नवलपुर जाँदै गरेको यात्रु बस शुक्रबार दिउसो सदरमुकाम चौतारा नजिक दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन्। चौताराबाट छुटेको पाँच मिनेट नबित्दै वा २ ख १९७७ नं. को बस कच्ची सडकको छेउ भासिएपछि दुई बल्ड्याङ खाँदै धानखतमा पल्टिएको हो।
सिन्धुपाल्चोक, २४ असोज हिन्दु नेपालीहरूको महान् चाड बडादसैंको अन्तिम दिन मंगलवार कोजाग्रत पूर्णिमा पछि सकिएको छ । प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा आराधना गरी विसर्जन गरिएपछि सकिएको मानिन्छ ।
ध्रुव दङ्गाल, सिन्धपाल्चोक, असोज २१- वैदेशिक रोजगारीमा कुवेत रहेकी एक्ली सन्तानको कमाइमा बाँचेका सुनखानी–२ का तामाङ दम्पतीको दसैं खर्चका लागि छिमेकी युवाबाटै हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको शङ्कामा प्रहरीले पक्राउ गरेका दुई युवाले आफूहरुले हत्या गरेको स्वीकारेका हुन्।
असोज १४ दशैंका लागि पर्याप्त बसको ब्यवस्था गरेको भनिए पनि विगत बर्षमा झै यो बर्ष पनि अरनिको राजमार्ग भएर यात्रा गर्ने हजारौ यात्रीहरु छतमा बसेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। यातायात व्यवसायीको गलत प्रवृत्तिका कारण अरनिको राजमार्ग अन्तर्गत सञ्चालन हुने दोलखा, सिन्धुपाल्चोक, रामेछाप र ओखलढुङ्गा लगायत जिल्लाका यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य भएका हुन्।
मधुसुदन गुरागाईँ, काभ्रे, असोज ९ काभ्रेपलाञ्चोकको ज्याम्दी गाविस-६ रामपुर मल्ल टोलमा बाटो भत्केर आएको पहिरोले घर बगाउँदा २२ वर्षकी इरादा मल्लको घटनास्थलमै मृत्यु भएको छ। सोही घटनामा मल्लकी आमा ज्ञानी र भाइ श्रवण गम्भीर घाइते भएका छन्।
