चर्चित हाँस्य टेलिफिल्म जिरेखुर्सानीका
गोविन्देको "हैन भने डेरा सर्दिन्छु " लोक तथा दोहोरी एल्बम हालसालै बजारमा
आएको छ । अति नै रोमाञ्चक ढङ्गमा गाँउबाट सहरमा पढ्न आएको गरिब केटा र
घरबेटीको छोरीका बीचमा रहेको प्रेम सम्बन्धलाई एल्बमको विषयबस्तु बनाईएको छ
।
सुन्दा ठट्यौली जस्तो लाग्ने यस एल्बमका गीतहरुमा केटीले केटाप्रति
देखाएको माया भावनामा डुब्नेहरुका लागि मनमा बिझीरहने खालका छन् ।
मौलाकाली
क्यासेट सेन्टर, सुन्धाराले बजारमा ल्याएको यस एल्बममा समावेश दुबै गीतको
लय सकलन सुरज अधिकारीले गरेका हुन् । साइड 'ए' मा रहेको "हैन भने डेरा
सर्दिन्छु" बोलको गीतको शब्द प्रदिप सिँ थापाको हो ।
चर्चित हाँस्य टेलिफिल्म जिरेखुर्सानीका गोविन्देको "हैन भने डेरा
सर्दिन्छु " लोक तथा दोहोरी एल्बम हालसालै बजारमा आएको छ । अति नै
रोमाञ्चक ढङ्गमा गाँउबाट सहरमा पढ्न आएको गरिब केटा र घरबेटीको छोरीका
बीचमा रहेको प्रेम सम्बन्धलाई एल्बमको विषयबस्तु बनाईएको छ ।
सुन्दा ठट्यौली जस्तो लाग्ने यस एल्बमका गीतहरुमा केटीले केटाप्रति
देखाएको माया भावनामा डुब्नेहरुका लागि मनमा बिझीरहने खालका छन् ।
मौलाकाली
क्यासेट सेन्टर, सुन्धाराले बजारमा ल्याएको यस एल्बममा समावेश दुबै गीतको
लय सकलन सुरज अधिकारीले गरेका हुन् । साइड 'ए' मा रहेको "हैन भने डेरा
सर्दिन्छु" बोलको गीतको शब्द प्रदिप सिँ थापाको हो ।
गोविन्द न्यौपाने, धनराम मुस्कान, काँठे भाकामा लोकप्रिय तथा चर्चित
गायिकाद्वय सीता थापा तथा पार्वती कार्कीको सुमधुर स्वर साइड 'ए' मा सुन्न
सकिन्छ ।
एल्बमको 'बी' साइडमा राजेन्द्र भण्डारीको शव्दमा
"निष्ठुरी टाढा भई?.." बोलको गीत गोविन्द न्यौपाने सीता थापा तथा पार्वती
कार्कीको स्वरमा सुन्न पाइन्छ ।
टेलिभिजनमा कलाकारका रुपमा देखेका
गोविन्दको गलालाई यो एल्बम मार्फत सुन्ने जो कोहीले पनि प्रसंशा नगरिरहन
सक्दैनन् । बजारमा एकै किसीमका लोक गीतको बाढी लागेका बेलामा गोविन्दको यो
नयाँ धारको लोकदोहोरीले पक्कै पनि लोकदोहोरीका पारखीहरुलाई छुट्टै स्वाद
दिन्छ ।