Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार

कृष्णको पौरख प्रदर्शनको तयारीमा

2010-03-19 14:59:55 | मेरो सिन्धु

रिस, डाहा र ईर्श्याले होईन, आफ्नै मिहनेत र परिश्रमले जिऔ‌, सहकारी स‌स्थामा थोरै थोरै बचत गरी सुनिश्चित भविष्यको निर्माण गरौ‌‌? भन्ने मूल सन्देशका साथ निर्माण भएको नेपालमा नै सहकारी सम्वन्धि पहिलो चलचित्र पौरख सम्पूर्ण कार्य समाप्त गरी प्रदर्शनको तयारीमा जुटेको छ ।

नेपालमा सहकारी स‌‌‌स्थाको भुमिका, सहकारीका मुल्य मान्यता र सिद्दान्तलाई आधार मानेर तयार गरिएको सन्देश मुलक यस चलचित्रमा कथा/पटकथा/स‌म्वाद कृष्ण कुँबरको रहेको छ । तीन जना निर्माता रहेको यस चलचित्रमा प्रेमकृष्ण खड्गी, राजेन्द्र बस्नेत तथा विकास खड्गी को लगानी रहेको छ । सुमना श्रेष्ठको विशेष सहयोगमा तयार भएको यो चलचित्रमा कृष्ण कुँवर, रञ्जु लामिछाने, प्रेमकृष्ण खड्गी, अन्जु निरौला, सौजन्य सुब्बा, दिविजय के‍सी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको प्रिमीयर सो यही असार अन्तिममा गरिने जानकारी प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box