Air Ticketing in Nepal Contact to Merosindhu.com

संस्मरण

ढुकुर पोखरी देखि पाँच पोखरी सम्म

2010-03-19 14:56:04 | मेरो सिन्धु

- स्वयंम्वर सिंह लामा

बि.सं.२०६४ साल अशोज महिनाको १७ गते बिहान हामीले पुरानो बसपार्कको चौतारा जाने बसमा शूरु गरेको पाँच पोखरीको यात्रामा पाँच जना पर्यटक सहित हामी १५ जना सिंहदरबार, माईतीघर, बानेश्वर, कोटेश्वर सल्लाघारी हुँदै नालिञ्चोक पुग्दा सम्ममा सीटमा बस्ने भन्दा उभिने यात्रुहरु धेरै भैसकेका थिए । सरुभक्तको पागल वस्ती देखि थोमस हार्डिको फार फुम् दि म्याडिङ क्रउड सम्मलाई याद दिलाउने भीड बाट उछिट्टिएर हामी केहि उचाईको नागबेली परेको साँगाको रमणीय उकालोमा भरखरै बाख्री निलेर घ्रि्री रहेको अजिंगर झै हामी चढेको बस बेचयनको आवाज निकालेर गुड्न थाले ।

साँगा भञ्ज्याङको चेक पोष्टमा गाडी रोकेर नेपाल खाल्डोलाई विदाईका हात हल्लाउदै लमतन्न धानका बाला बिछयाएर हाम्रो स्वागत गरि रहेका जस्तो देखिने भैंसे पाटीका शान्त वातावरणलाई चिर्दै काभ्रेको औद्योगिक शहर बनेपाको त्रि-भुवन चोकको चौबाटोमा गएर बस अडियो । त्यहाँ बाट दक्षिण पुर्वमा पनौती, नमोबुद्ध र खोपासी, पश्चिममा राजधानी, उत्तरमा धनेश्वरी मन्दिर जाने बाटो र उत्तर पुर्वमा हाम्रो गन्तव्यको बाटो धुलिखेल थियो ।

एकै क्षणको बस गुर्डाई पछि हामी धुलीखेल पुग्यौं । पहिलो पटक त्यहाँ पुगेका मानिस धुलीखेलको जादुमय चरी आँखे दृष्य देखेर लाने गर्छ । दक्षिणमा पहेंलपुर धानको फाँट, आलीमा भटमास, सस्यम र मास लरक्क झुली रहेका, आ-आफ्नो रोजाईको आकार र रंगमा बनाएका पक्का सुन्दर घरहरु, कसैको स्वागतमा मुस्कुर्राई रहेका सुन्दरीका दन्त लहर जस्तै हिम रेखा, झपक्क परेको स्थानीय बन जंगल, आफ्नो रितिरिवाज र संस्कृती भित्र रमाई रहेका त्यहाँका -नेवार जाती) सन्तुष्ट मुहारका बासिन्दा, खेतको कान्ला र बारीका डिलमा सयपत्री र गोदावरीको कोपिलाहरु दशै र हारको आगमणमा हतारिएका झैं देखिन्थे । त्यहाँका दृष्यहरुलाई दुरवीन र क्यामरामा बन्द गर्न आतुर मेरो पर्यटक साथीहरु दंङ्ग परेर यताउती दौडिदै रमाईरहेका थिए ।

यतिकैमा हाम्रो बसको हर्ण वज्न थाले र वक्रकार अरनिको राजपथ हुँदै हामी तीन पिप्ले, समाज कल्याण र तामाघाट, लामीडाँडा शैनिक शिविर हुँदै दोलाल घाट पुगेर खाना खानको लागि बस रोकियो । उत्तर पश्चिम बाट पुर्वतीर दुम्जा, झाँगाझोली रातामाटा तर्फबगिरहेको र इन्द्रावती नदी पुलको बीचमा उभिएर नियालें, नदिको पानी लगातार एक तर्फबगिरेको थियो । किन कहिल्यै नफर्किने गरि बग्छ नदी - आखीर मानिसको जीवन पनि त्यहि पानी जस्तै त हो । त्यहि नदीको पानीमा उठेको क्षणिक फोका जस्तो । आज छ भोली छैन । जन्मीनु पहिलेको कुरा हामीलाई थाह छैन । मरे पछि के हुन्छ त्यो पनि थाह छैन । आजको क्षण, भोली फेरी कहिल्यै फर्केर आउदैन । शून्य बाट आएको शुन्यमै अन्त हुन्छ ।

आफुलाई सम्हाल्दै पुलपारीको होटेलमा ताजा माछा भात खाए पछिर् इजिप्टका पिरामीड जस्तो देखिने साँगा चोकको कोदो बारी र झुसे तीलका पाटाहरुको बीच बाटो हुँदै करीब चार बजे चौतारा पुग्यौं । त्यति बेला चौतारा बजार दशैंमय भैसकेका थिए । सदरमुकामलाई छाडेर स्याउलेमा हामी पहिलो रातको बास बस्यौं । मानव बस्ती भित्र भन्दा बाहिर जंगलमा शिविर बस्नु कोलाहल र सररफाईको दृष्टिले राम्रो ठान्थ्यौं। दिन भरिको बसको यात्राले हामी लखतरान भएका थियौं । आ आफ्नो पाल भित्र सुतेका हामी भोली पल्टको र्सर्ुय किरणको आगमण पछि मात्र बिउझियौ । दोस्रो दिनको हाम्रो शिविरको गन्तव्य ढुकुर पोखरीमा थियो । स्याउलेमा बिहानको नास्ता गरे पछि हिडेका हामी साँढे नौ बजे पछि जंगलको यात्रा शुरु भयो । एकनाशे उकालो, आफ्नो अगाडीको वस्तु बाहेक केहि नदेख्ने बाग्लो अँध्यारो जंगल । केहि क्षण सम्म हा.. हु.. आवाजका साथ अघि बढ्दै थ्यौं । नाक छुने उकालोको केहि घण्टा हिर्डाई पछि हामी मध्येका केहि साथी बोली समेत फुटाउन नसक्ने भए । तर पनि हामी जानु नै थियो । गन्तव्य सम्म पुग्नु नै थियो । अघि बढि रह्यौं । हामी मध्येका भान्सा टोली अगाडी गै सकेका थिए । करीब १२ बजे तिर हामी ओख्रेनीको पुरानो चौरीको खर्कमा पुग्यौं ।भर्खर्क नजिकै सानो खोल्सीमा सिलसिल बग्ने पानीमा जंगली गोगन पातको तिरतिरे धारा बनाएर त्यहि पानी थापेर खानाको बन्दोबस्ता गर्दै रहेछ । एकातिर पर्यटकहरुलाई पश्चिमी शैलीका खाना बन्दै थिए त अर्कोतिर नेपाली साथीहरु चौतारा बाट लगेको मट्टतिेल स्टोभमा बालेर दाल भात पकाउदै थिए । खाना खाए पछि उक्त स्थानलाई सरसफाई गरि पुर्व अवस्थामा राख्दै हामी साढे एक बजे यात्रालाई पुनः जारी राख्यौं । जाडो ठाउँ, धेरै भोग लाग्थ्यो । हामीले धेरै खाए छौं । त्यस पछिको उकालो भने हामीलाई निकै चुनौतीपर्ूण्ा नै भयो । उकालो र घनघोर लेकको जंगलको अँध्यारो बाटो जाँदा जाँदै गडाङ गुडुङ र चिसो हावाको साथ मुसलधारे पानी परे पछि बन्दोबस्ताका सामान बोक्ने साथीहरुलाई निकै कठिन भयो । पानी बाट बच्न ओडेको पोलिथिन हावाले उडाएर हैरानै पारे ।

त्यो दिन ढुकुर पोखरी सम्म नपुग्ने पक्का भै सकेको थियो । अझ सम्म शिविर बसाउन योग्य समतल जमीन पाउन सकेको थिएन । पानी अझ जोडले दर्कि रहेको थियो । पर्यटक साथीहरु थाकेर ढल्ला जस्तै भैसकेका थिए । भारी बोक्ने साथीहरु र पर्यटक साथीहरुको चिन्ताले मलाई निकै पिरोल्न थाले । शेर्पा साथीहरु -पदयात्रामा सुरक्षाको जिम्मेवारी सम्हाल्ने व्यक्तिलाई शर्ेपा भनिन्छ) शिविर बसाउन योग्य जमिन खोज्न अगाडी गै सकेका थिए । झमक्क साँझ पर्दै थियो । सिँत सिँत आवाज निकाल्दै साँझको किरा निंगालो घारी तिर कराउदै थिए । पानी रोक्ने केहि लक्षण सम्म थिएन । कामी डाँडा -ठाउँको नाम) मा पुगे पछि बल्ल अलि समतल परेको जमीन देख्यौं ।

अब हामीले एक रातको लागि त्यहि शिविर खडा गर्नु थ्यो । तर त्यो त भरखरै उठाएको चौरी खर्क पो रहेछ । त्यहाँ गोवर र गहुँतको हिलाम्य थियो । काँधमा टेकेर आँखा सम्म म्वाई खान भ्याउने भदौको हल गोरु जस्तै राते, सिंदुरे, थोप्ले, टाटेपाङग्रे लामो न लामो लेखाली खरी जुगा लपक्कै झुली रहेका थिए । त्यतिन्जेल सम्म कतिले हामीलाई नाप्न शुरु गरि सकेका थिए । हामीले त्यस रात जुगाले ढाकेको हिलाम्य चौरी खर्कको थलामा सुत्नुको विकल्प थिएन । हामीले केहिको पर्वाह गरेनौ ।

जुगाले खुट्टा देखि टाउको सम्म टोक्दै थिए । अविरल मुसलधारे पानी कायमै थियो । पोलिथिनको ओत हावाले उडाएर कता पु-याए कता - सबै भन्दा पहिले भान्सा पाल खडा गरेर मैनटोल बाले पछि सबैलाई त्यसै भित्र बस्दै जुगा केलाउन लगाएँ । अनि सबैको सुत्ने पाल खडा गर्नु थ्यो । त्यहि हिलो माथी सबैलाई आ-आफ्नो पालको ब्यवस्था त गरि दियौं तर त्यस्तो अवस्थामा सुत्ने पो कसरी - पाल भित्र पनि जुगा लपक्कै लागी सकेको थियो । त्यहाँ आतिएर पनि काम हुने वाला थिएन, गर्न सक्ने उपाए पनि केहि थिएन । र्टच बालेर हर्ेदा आँखाले देखे सम्मको जुगालाई नुन लाएर हटाएँ । सबैलाई पाल-पालमा नुनको ब्यवस्था गरि दिएँ ।

त्यतिन्जेल सम्ममा भान्साको पालमा साथीहरुले स्टोभ बालेर तातो बनाई सकेका थिए । धमिलो पानीलाई कपडाले छानेर ज्यान धान्नको लागि जसो तसो खाना खाए पछि कठाङग्रीने पाल भित्र बन्द रहेर जुगा केलाउदै रात वितायौं । करीब रातको तीन बजे देखि पानी रोकियो । बिहान हुँदा सम्ममा वरिपरिका स-साना खोल्साहरु अब के के न गर्ला झैं गरि भयानक अवाज निकाल्दै बगेको सुनिन्थ्यो । कोहि निदाउन सकेको थिएन । सबैको कपडा र शरीर हर्ेदा बधशालाको कसाही जस्तो देखिन्थे । बितेको रातको कष्टलाई सम्झेर आङ स्रीङ्ग गर्दै ङच्िच हाँस्ने बाहेक अरु उपाय थिएन । आकाश छ्याङ्ग खुलेको थियो । अब नयाँ घामको झुल्का संगै हामीमा नयाँ आशा पलाए । भान्सा पाल भित्र तयार भएको तातो खानपीन पछि सात बजे फेरी हाम्रो यात्रा जारी नै रहृयो ।

कामी डाँडा बाट तीन घण्टा हिंडे पछि उकालो सकियो । पश्चिम तर्फमोडेर तेर्र्सो डाँडै डाँडा हिंडे पछि बल्ल ढुकुर पोखरी पुग्यौं । पानी बिना नाम मात्रको ढुकुर पोखरी रहेछ । करीब एक बजे देखि अचानक बाग्लो न बाग्लो कुहिरो सहित फेरी सिम सिमे पानी पर्न थाले । हामी लगातार हिंड्दै एक जंगलको भेँडी खर्कमा पुग्यौं । हाम्रो त्यस दिनको खाना र बास पनि त्यहि बस्ने निर्णय भयो । उक्त स्थान हिम क्षेत्र भित्र परेको हुनाले अघिल्लो रातमा झैं जुगाको सास्ती भने व्यहोर्नु परेन । हामी हरेक दिन थप उचाईमा गैरहेका थियौं । त्यसैले हाम्रो यात्रामा चिसो दिन प्रति दिन बढ्दै थियो । त्यस जंगलको रात, खाने सुत्ने र आगो ताप्दै बित्तायौं ।

भोली पल्ट अशोज २८ गतेको यात्रा अझ कठिन थियो । निर्जन जंगलको बाटो, कहिले उकालो, कहिले ओरालो, कहिले बाटै पत्ता लाउन नसक्ने घंगारो घारी पन्छाउदै हिड्नु पर्ने थियो । रिसाएको साँढेको जख्खर जस्तो सिरिङ्ग आकाशै छेँड्ला झैं गरि आकाशिएको गोब्रे सल्ला, खोट्टे सल्ला, देवदारु, चाँप, धुपी र सेतो गुराँसका रुखहरु र जमीनमा निंगालो घारी अनियन्त्रित तरीकाले लठारी रहेका थिए ।

दिन भरिको यात्रामा पानी पाउदैन थियो । त्यसैले हामीले बिहानाको ब्रेकफास्ट अलि धेरै बनाएर आ-आफ्नो झोलामा बोक्न लगाएका थियौं । जंगल कटे पछि हावा नलाग्ने एउटा ढुंगाको ओडार खोजेर तयारी लञ्च खाँदै थियौं । अफ्शोच ! त्यो बँदेल हिड्ने मुल गौँडा पो रहेछ । करीव सात आठ ओटा मनका दाहृा भएका र स- सानो दर्ुइ वटा बच्चा सहित हामी भएको ठाउँमा झुक्केर अचानक बथानै झोसिन आई पुगे । सबै जना आतिएर एकै चोटी चिच्याउँदा बँदेलका बथान पनि तिर्तर भितर भए । आतिएर उठ्दा धेरै जनाको खाना पोखियो । धन्य, भाग्यवस बँदेलको आक्रमण बाट हामी बच्यौं । बाघ भन्दा बँदेलको आक्रमण बढी खतरनाक हुन्छ भन्ने हामी सबैलाई थाह थियो । त्यसैले हामी सबै तस्र्यों । लेकमा छाडा छोडेको गोरु र बँदेलको स्वभाव एकै हुन्छ भनेको सुनेको थिएँ ।

मेरो र मेरो पर्यटकहरुको त्यहाँ जानुको उदेश्य फरक थियो । कहिले काहिँ मलाई लाग्थ्यो कि कोलम्बसलाई महादीपहरु पत्ता लगाउन पनि त्यति कठिन भएन होला जति हामीले भोगी रहेका थियौं । त्यतिखेर नै मेरो सोचाई बदलिन्छ, कोलम्बस हैन, चार्ल्स डार्विनको शिद्धान्तमा बाँधिएको बाँच्नकै लागि संघर्षरत जीराफ र उंटको घाँटी संग मिल्दो जुल्दो ठान्थें मेरो आफ्नो दैनिकी ।

लञ्च -खाना एउटा उकालो र एउटा ओरालो लागे पछि धुपीको दाउरा बालेको धुवाँ बास्न आयो । त्यस पछि हामीमा केहि आशा पलायो । हामी कतै मानव बस्ती नजिक पुग्दै छौं भन्ने भान भयो र मन मनै एक किसिमको खुशी पलाएर आयो । आफ्नै घरमा पुग्न लागेको महसुस् भयो । ओरालोको अन्तमा एउटा भञ्ज्याङ रहेछ । पाँच पोखरीको प्रवेश शिविर त्यस ठाउँलाई नरसिङ पाटी भनिन्थ्यो । जहाँ दुईटा खर्क) गोठहरुमा दर्ुइ घरका परिवार नै रहेछ । भेँडा, च्याङग्रा, चौंरी, दही, दुध, पिठो, चामल, साग सब्जी, साखीने कुखुराको बथान, जाडोमा आगो ताप्नलाई मगमग बास्ना आउने धुपीको दाउरा आदी पर्याप्त मात्रामा लगेर राखेको रहेछ ।

यति हुनु नै त्यस ठाउँको एक सामाजिक परिवारको लागि सम्पन्नता थियो । त्यहि खुशी र आनन्दीको जीवन थियो । ती चित्रे छाप्रोमा केहि चीजको अभाव देखिएन । हामी त्यहाँ पुग्न साथ पाल टांग्ने ठाउँ, भान्सा र पानीको लागि सबै व्यवस्था ती दुवै छाप्रोका गोठालो ज्योज्यो -दाई) हरुले गरि दिए । साँझको खाना पछि पर्यटकहरुलाई भोली पल्टको यात्राको भौगोलिक स्थिति, तापक्रम वनस्पती र त्यस ठाउँ देखि तल्लो भेगमा बसोबास गर्ने मानिसहरुको रहन सहन, लवाई खवाई, जाती, भाषा, धर्म संस्कृती र रितिरिवाज सम्बन्धी छोटो जानकारी गरे पछि म पनि आगो छेउको एउटा काठको फल्याकमा सुत्न गएँ । पदयात्रामा जाँदा हरेक साँझ हरेक नयाँ ठाउँमा पुगे पछि त्यस ठाउँको बासिन्दा, धर्म संस्कृती, चालचलन, भौगोलिक, वन्यजन्तु, वनस्पतीको बारेमा जानकारी दिनु पद पर््रदर्शकको दैनिक कार्य तालिका भित्रको कार्यमा पर्दछ ।

भोलीपल्ट बिहानै देखिको मौसम अति राम्रो थियो । हामी पाँच पोखरीको गन्तव्यको लागि तयारी भयौं । अतिरिक्त बन्दोवस्ताका सामानहरु नरसिङ पाटीमै छोडेर दुई दिनको लागि आवश्यक खाजा सामल मात्र लिएर हामी उकालो लाग्यौं । जति माथी उचाईमा जान्थ्यौं त्यति नै कठाङग्रिने हावा संग हामीले पैठाजोरी खेल्नु पर्दथ्यो । भीरालो बाटो, ठुलो ठुलो ढुंगाको काप र बाटै पहिल्याउन नसकिने गग्य्रान हुँदै हामी दिउँसोको एक बजे पाँचपोखरीमा पुग्यौं । पाँचपोखरीमा पुग्दा पुनः चिसो स्याँठ संगै दर्केको पानीले हामीलाई निक्कै अप्ठेरोमा पारे । हाम्रो गन्तव्य पनि त्यहि सम्म मात्र भएकोले हामीले जसरी पनि त्यहि बस्नु थियो ।

छ महिना पानी र छ महिना हिउको रुपमा रहने ती पाँच पोखरी छेउको घाँसे मैदानमा हामीले एक रातको लागि शिविर खडा ग-यौं । त्यहाँ पाँच वटा पोखरीहरु रहेछन् । कल्पना गरेर बनाएका चित्रका दृष्य जस्तै ती अति रमाईलो र सुन्दर थिए । कहिले पानी पर्ने त कहिले हिउँ, त्यहाँको तापक्रमको अनुसार परिवर्तन भै रहन्थ्यो । सबै पालका वरिपरि कुलेसा काट्ने व्यवस्था गरे । भुलवश वा जानाजानी एक साथीले नेपाली भान्साको राशनको भारी नरसिङ पाटीमै छोडेर त्यहाँ भण्डार गर्न राखेको अतिरिक्त भारी लिएर आए छ । त्यस रात हामी तीन तीन मुठी चिउरा र फिक्का चियामा रात टार्नु प-यो । हामीलाई पत्तो थिएन, त्यस दिन महाष्टमीको रात रहेछ । 'घरमा भए मासु भात खाएर आनन्दले सूत्न पाउथ्यो आज यहाँ चिसोमा भोकै बस्नु प-यो' भन्ने एउटा साथीको भनाईले मेरो मन निकै खिन्न भए । सुत्नै नसक्ने गरि चिसो हावा चलेकोले पाल भित्र स्टोभ र मैनटोल बालेर रात भरि गाउने र ख्याल ठट्ठा गर्दै त्यस रातलाई पनि बिहानको सूर्योदय संगै विदा दियौं ।

रात भरि चाँदीले नुहाएका बुद्धको मर्ुर्ती जस्तै देखिने पाँचपोखरी वरिपरिका जुगल हिमालका च&#

प्रतिक्रियाहरु

Lama Ji, Thanks and concratulatios to your advantarius travelling. I think, it will help and suggest and educations to who will travelling in that panoramic, gergeous beautyful places of sindhupalchowk.Thanks again.

- kumar raj joshi : Chautara-8, now Buddanagar, kathmandu


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box