Air Ticketing in Nepal Contact to Merosindhu.com

संस्मरण

भैरबकुण्ड यात्रा

2010-03-19 14:53:20 | मेरो सिन्धु

- नारायण जुन राई, पर्यटन व्यबसायी

Narayan jun rai

सिन्धुपाल्चोक जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा पाँचपोखरी र भैरब कुण्ड रहेका छन् । विगत केही वर्ष देखी केही पर्यटन व्यवसायीहरुले "ग्रामिण पर्यटन र नयाँ गन्तव्य" भनी नामाकरण गरी यी क्षेत्रमा पदयात्रा संचालन गरेको पाईन्छ । धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्व रहेका यी स्थलहरुको बारेमा आफ्नै विशेषता र किम्बदन्ती रहेको पाइन्छ । विगतका केही बर्षदेखि स्वदेशी तथा विदेशी पर्यटकहरुको लोकपिय गन्तव्य स्थलका रुपमा स्थापित भैरवकुण्ड पदयात्राका बारेमा छोटकरीमा यहाँ चर्चा गरौँ ।

भैरवकुण्डलाई धार्मिक आस्था तथा प्राकृतिक सुन्दरता दुवै दृष्टिकोणले ज्यादै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । विदेशी पर्यटक पदयात्राका लागि १० दिनको समय लाग्ने यो ठाँउमा पुग्न काठमाण्डौबाट ५ घण्टाको बस यात्रामा बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, बलेफी जस्ता उल्लेखनीय स्थलहरुलार्इ पार गर्दै जलविरे बजारसम्मको यात्रा गर्नुपर्छ । जलविरेका ऐतिहासीक स्थलहरु भ्रमण गरी पहिलो रात त्यही बिताइन्छ ।

दोस्रो दिनबाट पदयात्रा शुरु हुन्छ । बिहानको खाजासँगै अगाडिको यात्राको तय गरिन्छ । सुन्दर ग्रामिण बस्तीहरुको अवलोकन गर्दै, सुन्दर डाडाँकाडाँहरुको दृश्यवलोकनसँगसगै करीब पाँच घण्टाको पैदल यात्रा पछि हामी बराम्ची गा. वि. स. को चनौटे गाउँ पुग्दछौ । भैरवकुण्डसम्मको यात्रामा निस्केका पदयात्रीको दोस्रो दिनको यात्रा चनौटे पुगेर रोकिन्छ । भोलीपल्ट चियाको चुस्कीसँगै यात्रा फेरी शुरु हुन्छ । हिजोको जलविरे देखि चनौटेसम्मको यात्राभन्दा आजको यात्रा अलि कठिन हुन्छ किनकि नाकै ठोकिने ठाँडो उकालो हिड्‍नु पर्ने हुन्छ तर पनि हिमश्रृखलाहरुको सुन्दर दृश्यले गर्दा यात्रामा किञ्चीत थकाईको महशुस हुदैन । यो दिन हामीले मिश्रित प्रकारका ग्रमिण बासिन्दाहरु देख्ने मौका पाँउछौ ।

करिब ५ घण्टाको हिडाई पछि खानी गाउँमा बाँस बस्न पुग्छौ । फलामको खानी भएकाले यसको नाम खानीगाउँ रहन गएको हो भन्ने भनाइ छ । गुजुमुज्ज परेको खानीगाँउ सुन्दर नेवारबस्ती हो । ९५ प्रतिशत भन्दा बढी नेवार समुदायको बसोवास भएको यस बस्तीमा भक्तपुरबाट बसाईसरी आएका नेवारहरुको बर्चश्व छ । यी नेवार जातिहरु पृथ्वीनारायण शाहको एकीकरणको समयमा भक्तपुर कब्जा गर्ने बेलामा आफ्नो ज्यान जोगाउनका लागि यहाँ आएका हुन् भन्ने भनाई रहेको पाइन्छ ।

हाम्रो चौथोदिन यही खानी गाउँमा बित्नेछ, यो दिन हामी ग्रामीण बस्तीहरुमा गइ त्यहाँको भेषभूषा, ग्रामीण बस्तीको झलक तथा उनीहरुको किकलाप अवलोकन गर्दछौ । खानीगाउँको बसाईपछि हाम्रो पाँचौ दिनको यात्रा बिहानको खाजापछि शुरु हुन्छ । यस दिनदेखी हाम्रो जंगलको यात्रा शुरु हुन्छ जति उचाईमा पुग्यो त्यति नै रमणीय सुन्दर हिमश्रृखंलाहरु देखिन्छ, यहाँबाट लाङटाङ्ग लिरुङ्ग, रोलविलिङ्ग हिमाल, दार्जे लाक्पा आदि हिमालहरु देखिन्छ, हरियो वनको बीचबाट हिड्‍नु पर्ने भएकाले थकाईको अनुभव पनि हुदैन । करिब ३ घण्टा हिडाइ पछि आजको यात्रा पुरा हुन्छ ।

छैटौ दिन अलि छोटो हिडाइ हुन्छ किनकी लेक लाग्ने डरले जम्मा ३ देखी ४ घण्टा मात्र हिड्‍छौ । सातौ दिन पनि करिब ३ घण्टाको मात्र यात्रा हुन्छ । मौसम सफा भएमा यो दिन चारैतिर हिमाल र सुन्दर डाडाँकाडाँहरु देखिन्छ । काठमाडौं देखिको हाम्रो मुख्य गन्तव्य भैरवकुण्ड पुग्दाको त्यो क्षण बयान गरेर साध्यै हुदैंन । आजको बास भैरबकुण्डमा नै तय हुन्छ ।

Bhairab kundaसमुन्द्री सतहबाट करीब ४२०० मिटरको उचाइमा रहेको भैरवकुण्ड निकै नै आकर्षक र मनमोहक छ । उच्च रोल्वालिङ हिमश्रृखलाहरुको मनमोहक दृश्यले जो कोहिलाई पनि रोमाञ्चित बनाउँछ । चराहरुको चिरबिरले सातदिन देखिको थकाइलाई चिर्दै सुर्योदय अघि नै हामी जागा हुनपुग्छौ । यात्रा अवधिकै सुन्दर दृश्यलाई क्यामेरामा कैद गर्नु अनि जति हेरे पनि धीत नमर्ने सुन्दर हिमश्रृखलाहरुको साथमा बेलुकी कष्टका साथ छुटि्‍टएका हिमाल र सुर्यको बिहानी भेट हेर्न हामी हतार हतार भैरवकुण्डमाथिको डाँडोमा पुग्दछौ । यहाँबाट लाङटाङ्ग लिरुङ्ग, गणेश हिमाल, दार्जे लाक्पा, आमा भुमरे, मुमरे रोलवलिङ, तिब्वतका थुप्रै हिमश्रृखलाहरु र अन्य थुप्रै ससाना हिमालहरु देखिन्छ । त्यसैगरी भैरवकुण्ड देखी तिब्बतसम्म जोडने बाटो पनि यहि पर्दछ ।

त्यसपछिको आजको यात्रा अब ओरालो लाग्दछ । करिब ५ घण्टाको यात्रा पश्चात हामी शेर्पागाउँमा बास बस्न पुग्दछौं । नवौं दिन ऐतिहासिक स्थलको रुपमा चिनिदै आएको दुगुनागढी हुर्दै लार्चा ३ घण्टाको हिडाई पछि पुगिन्छ र यो दिन यही बास बसिन्छ बाँकी सयम तातोपानी र तिब्बत नेपालको सिमाना मितेरी पुलसम्म घुम्ने काम पछि यो दिनको यात्रा हाम्रो पुरा हुन्छ ।

१० औ दिन अर्थात अन्तिम दिन हामी यहाँबाट सिधै काठमाण्डौ आँउछौ । यदि कसैलाई कार्यक‍महरु थप्न चाहेमा भोटेकोशी माथि रहेको साहसीक बन्जीजम्प र २ दिनको भोटेकोशी नदीमा जलयात्राको रोमान्स पनि बटुल्न सकिन्छ ।

प्रतिक्रियाहरु

seen

- tenzin : tatopani

thank u bro for ur muchmore information to our site merosindhu.com we are really heartly thank u lets try to write about the artical of sindhu which is unknown and heaven in sindhu we all support you always

- sambu : karthali 9 sindhu

can we see more pic about bairavkunda lake ? pl z..

- lhamu saerpa : listi-7 ,bagam

thank u very much Mr.Rai.this is really nice article but i kindly say to there is some missing plz hilight the place of Pangtang too bcoz it is also route of the treking.plz include this things also.....Pangtang is most beautifull villege.if develope here simply like look Ganndurg mostly can find tehre Tamang people.so plz study it more u can find many things which is very important when u write articles thank you.

- Prem tamang : Pangtang-8 ,Sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box