अन्तर्वार्ता

'व्यापारी विस्थापित हुन थाले'

2010-03-19 13:49:07 | ध्रुव दंगाल

rajendrakumarshrestha, 
sindhupalchowkतातोपानी नाकाबाट हुने नेपाल-चीन व्यापारमा राजेन्द्रकुमार श्रेष्ठ नौलो नाम होइन । ५० को दशकबाट आयात व्यपारमा क्रियाशिल ४२ वर्षीय श्रेष्ठ हाल उद्योगी/व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष छन् । चीनसगको व्यापारको अलवा उनले सिमेन्ट उद्योग, हाइड्रोपावर -जलविद्युत), हाउजिङ र बैंकिङ क्षेत्रमा पनि लगानी गरेका छन् । श्रेष्ठकै लगानी र नेतृत्वमा सिन्धुपाल्चोकमा पहिलो पटक निजी क्षेत्रको लगानीमा सिन्धु विकास बैंक स्थापना हुन लागेको छ । व्यवसायबाट हुने आम्दानी सामाजिक काममा पनि लगाउनुपर्छ भन्ने सोच राख्ने उनले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय सहयोग गरेका छन् । आफ्नो लगानीमा सञ्चालन हुने व्यवसायमा रोजगारीको पहिलो अवसर जिल्लाबासीलाई नै दिनुपर्छ भन्ने श्रेष्ठसग तातोपानी नाकाबाट हुने नेपाल-चीन व्यापारका विषयमा ध्रुव दंगालले गर्नुभएको कुराकानी :

नाकाबाट हुने नेपाल-चीन व्यापारमा देखिएका विद्यमान समस्या के-के हुन् ?

नाकामा धेरै समस्या छन् । व्यापारी त्यस्ता समस्यास“ग जुधिरहेका छन् । भौगोलिक विकटताले भौतिक संरचना सा“घुरो र अपर्याप्त छन् । तातोपानी भन्सार यार्ड अत्येन्तै सा“घुरो छ । ५०/६० कन्टेनर जम्मा नहु“दै नाका अस्तव्यस्त बन्छ । जसका कारण सामग्री जाजपास, सामान असुरक्षा हुने जस्ता समस्या छन् । अस्तव्यस्तताकै मौकामा राजस्व चुहावटका खतरा बढेर गएका छन् ।

नाकामा प्रशासनिक संयन्त्र प्रभावकारी छैन । सामान चोरी हुने, व्यापारी लुटिने, कुटिने समस्या छन् । अरनिको राजमार्गमा विभिन्न समूहलाई चन्दा दिनुपर्ने बाध्यताबाट पनि व्यापारी आजित छन् । व्यापारीले सुरक्षा महशुस गर्न पाएका छैनन् । भन्सार याडमै सामान लुटिंदा पनि प्रशासनले केही गर्न सक्दैन ।

नाका व्यापारलाई व्यवस्थित बनाउन संघले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

नाका व्यापार व्यवस्थित बनाउन हामीले आवाज उठाउ“दै आएका छौं । भौतिक सुविधा विस्तार गर्न र भन्सार कारोवार यान्त्रिक बनाउन पहल भइरहेको छ । व्यापारीकै पहलमा लार्चामा अस्थायी भन्सार र यार्ड बन्दै छ । यसका लागि सरकारले ३५ लाख रुपैया“ बजेट निकासा गरेपछि संघकै नेतृत्वमा उपभोक्ता समिति बनाएर निर्माण काम भइरहेको छ । हामीले तातोपानीमै सुख्खा बन्दरगाह निर्माण गर्न सरकारस“ग जोडदार माग गर्दै आएका छौं । सुख्खा बन्दरगाह बन्ने हो भने हाल व्यापारमा देखिएका धेरै समस्या समाधान हुनेछन् र व्यापारमा समेत बृद्धि आउने विश्वास लिएका छौं ।

नाकाबाट हुने चीनसगको व्यापार आयातको तुलनामा निर्यात न्युन हुनुको कारण के होला ?

बेला-बेलामा चिनिया“ पक्षसित भएका सम्झौता कार्यान्वयन नहुनु नै निर्यात व्यापारमा कमी आउनुको मुख्य कारण हो । चीन सरकारस“ग १५ सय आइटम सामग्रीमा भन्सार दर सुन्य पुर्‍याउने सहमती भएको थियो । त्यो सहमती अहिलेसम्म कार्यान्वयन भएको छैन । यसकै कारण चिनिया“भन्दा नेपाली सामान महंगो पार्न जाने भएकाले यताबाट निकासी हुन नसकिरहेको अवस्था छ । अर्को तर्फनिकासी व्यापार आयातको तुलनामा झञ्झटिलो पनि छ । पर्ूवसहमती कार्यान्वयनमा आए निकासी व्यापार बढ्न जान्छ । संघले सहमती कार्यान्वयन गराउन पहल जारी राखेको छ ।

नाका व्यापारबाट सरकारले पाउने राजस्वमा बृद्धि आएपनि व्यापारमा भने क्रमिक रुपमा गिरावट आइरहेको सुनिन्छ नि ?

त्यो सा“चो हो । पहिले एक कन्टेनर सागम्रीको दुइ लाख राजस्व तिर्ने व्यपारीले अहिले आठ लाख तिर्छन् । सामग्री मूल्यांकन, दस्तुरी बृद्धि जस्ता कारणले सरकारले पाउने राजस्व बढेको हो । तर पहिलेको तुलनामा नाका व्यापारमा भने क्रमिक रुपमा गिरावट आइरहेको छ । यसका पछाडि केही स्पष्ट कारण छन् । भौगोलिक विकटता, अपर्याप्त भौतिक सुविधा, असुरक्षा, महंगो ढुवानी भाडा नै आयात व्यापारमा गिरावट आउनुका कारण हुन् । यिनै कारणले नाकामा नाम चलेका व्यापारी विस्थापित भएका छन् । केही ठूला व्यापारी भारतहुदै चीन व्यापारमा क्रियाशिल भएका छन् । दुरी लामो भएपनि यस्ता समस्या नरहने भएपछि व्यापारी भारतको बाटो रोज्न पुगेका हुन् ।

व्यापार बढाउन राज्यको के भूमिका हुनसक्छ ?

पहिलो कुरा प्रशासन सम्यन्त्रलाई चुस्त बनाउनु पर्छ । व्यपारीले म सुरक्षित छु भन्ने अनुभिति गर्न पाउनु पर्‍यो । बाटोमा गाडी रोकेर खानतालसी लिने र पैसा माग्ने कामलाई निरुत्साहित गर्नु पर्छ । आपराधिक क्रियाकलाप गर्नेलाई राजनीतिक संरक्षण छ । राजनीतिक दलले त्यस्ता क्रियाकलाप सञ्चालन गर्नेलाई च्याप्नु भएन ।

तातोपानी नाकालाई लक्षित गरेर व्यापार संघ खोल्ने राजनीतिक दलको होड छ नि ?

संघमा सबै आस्था र विचार बोकेका साथीहरु छन् । तर व्यापारमा हामी स्वतन्त्र छौं । दलका भातृसंगठनले पैसा उठाउने नै सोचले व्यापार संघ गठन गरेका छन् । यसले विकृति थप्ने काम गरेको छ । गैर व्यवसायीले पनि व्यापार संघ खोलेका छन् । यी दुबै कार्य चिन्ताको विषय बनेको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तातोपानी क्षेत्रका व्यपारीको मात्र भएको गुनासो उठिरहेको छ नि ?

संघ स्थापना यसै क्षेत्रबाट भएकाले सुरुमा त्यस्तो गुनासो आउनु अस्व्यभाविक होइन । हामी जिल्लाभरका उद्योगी/व्यपारी/व्यवसायीलाई समेट्ने प्रयासमा छौं । सबैलाई समेटेर कसरी जिल्लामा उद्योग धन्दा र व्यवसाको विकास गर्न सकिन्छ भनेर संघ गम्भिरताका साथ लागेको छ । खासगरी सिन्धुपाल्चोकमा कृषि व्यवसायको प्रचुर सम्भावना छ । कृषि व्यवसायको विकास र बृद्धि गर्न निकट भविश्यमा नै कोड स्टोर स्थापना गर्ने सोच राखेका छौं ।

प्रतिक्रियाहरु

राजेन्द्र श्रेष्ठज्यू, सिन्धुपाल्चोकका उद्योग व्यसायीको उन्नति र प्रगतिका लागि अहोरात्र खट्नुभएकोमा धन्यवाद । राजधानीबाट नजिकै रहेर पनि धेरै कुरामा पीछडिएको छ सिन्धुपाल्चोक । राजनीति र सत्ताको केन्द्रमा रहेका साथै ठुला नेत्रित्वलाइ सिन्धुले जन्माएपनि विकासपथमा सोचेजति प्रगित सिन्धुमा भएको छैन । एक व्यवसायीको नाताले सिमेन्ट उद्योग, हाइड्रोपावर -जलविद्युत), हाउजिङ र बैंकिङ क्षेत्रमा तपाइ लगायत सिन्धु उद्योग वाणीज्य स‌घले गरेको लगानीबाट सिन्धुबासीले रोजगारी पाउन सकुन आफ्नो जीवनस्तरमा परिवर्तन ल्याउन सकुन । यसका लागि तपाइ जस्ता उद्यमीको सहि नेत्रित्व, मार्गदर्शन र लगानी प्रयासको प्रश‌सा नगरिरहन सकिदैन् । यहाँको जय होस् । सिन्धवासीको जय होस् ।

- नारायण बस्नेत : धुस्कुन २, बेते टोल, सिन्धुपाल्चोक

राजेन्द्र जि सिन्धुपाल्चोकमा उध्योग को स्थापना गर्न पर्‍यो गरीबजनता हरु को हातमा रोज्गार को अबशर प्रदन गर्न पर्‍यो सिन्धु को स्रोत र साधन को समुचित प्रयोग पनि गर्न कम्मर कस्न बिचार गर्नुस् न यार के ततोपनी को मात्र बिचार गर्नुहुन्छ बरु हजुर को पोस्ट मेरो लागि ३ बर्ष को लागि देनुहोस् म देखौनेछु तपाईंलाई बिकास कसरी गर्नपर्छभन्ने कुरा तपाईं हरु सबैलाई आफ्नो लागि कसरी भबिश्य बनाउने भन्ने मात्र लाग्छ मलाई थाहा छ राजेन्द्र जि

- sambu : sp


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box