Air Ticketing in Nepal Contact to Merosindhu.com

खोज तथा रिपोर्ट

बिजुली नै बिजुली तर गाउँहरु अध्यारोमै

2010-03-19 14:41:01 | मेरो सिन्धु

कहाँ कति उत्पादन हुन्छ ?

भोटेकोशी जल विद्युत परियोजना

३६ मेघावाट

सुनकोशी जल विद्युत परियोजना

१०.०५ मेघावाट

इन्द्रावती जल विद्युत परियोजना

७.५ मेघावाट

सानीमा हाइड्रो पावर

१.५ मेघावाट

चाकुखोला हाइड्रो पावर

१.५ मेघावाट

लघु जल विद्युत तर्फ

हाँडीखोला प्रथम

२७ किलोवाट

हाँडीखोला दोस्रो

२६ किलोवाट

हाँडीखोला तेस्रो

२० किलोवाट

घट्टेखोला

५ किलोवाट

पुङगर्पु खोला

१६ किलोवाट

झयाँडी खोला

२० किलोवाट

हाडीखोला चौथो

२० किलोवाट

पीको हाइड्रो

०.२ किलोवाट

जम्मा लाभान्वित घर धुरी -१४९६

सिन्धुपाल्चोकमा साना ठुला ११ वटा जल विद्युत परियोजनाहरु छन् । यी आयोजनावाट दैनिक ५६ मेघावाट बढी विद्युत उत्पादन भइरहेको छ । लघू परियोजना र पिको हाइड्रोपावरबाट पनि जिल्लामा प्रतिदिन १ सय ३८।२ किलोवाट विद्युत उत्पादन हुन्छ । यो तथ्याकं हेर्दा सिन्धुपाल्चोकमै उत्पादन भएको बिजुलीले पनि मूलुकमा तीन जिल्लालाई पूरै झलमल्ल पार्न सक्छ । तर आफनै गाउँमा यति धेरै बिजुली नै बिजुली हुंदाहुंदै त्यहाँका डेढ लाख बढी मानिस अध्यारोमा अझै टुकीका भरले दैनिक जीवन चलाउन बाध्य छन् । अमेरिकी लगानीबाट सिन्धुपाल्चोकमा भोटेकाशी पावर कम्पनीले सबैभन्दा बढी ३६ मेघावाट विद्युत उत्पादन गर्छ । यो विद्युत शक्तिले छिमेकी अरु धेरै जिल्ला झिलिमिलि भएका छन् । पाग्रेंटारस्थित सुनकोशी परियोजनाले १० दशमलव ०५ मेघावाट उत्पादन गर्छन् र यहि बिद्युतले करिब ५० हजार घरधुरीलाई उज्यालो पार्न सक्छ । सिन्धुपाल्चोकमै अब थप नौ वटा विद्युत परियोजना समेत निर्धाणाधीन अवस्थामा छन् अहिले । तर दुग्र्भाग्य यी र यस्ता थुप्रै आयोजना भएपनि सिन्धुपाल्चोकका ५० प्रतिशत अर्थात् हजारौं जनता विद्युत सेवाबाट बिाचत छन् । न आशा लाग्दो र सन्तोषजनक विकास निर्माण नै हुन सकेको छ । यति सम्म कि सातौं विद्युतिकरण योनजा अन्तरगत गाउँगाउँमा टाँगिएका तार र गाडिएका पोलहरु समेत नष्ट भइरहेका छन् । जसप्रति नेपाल विद्युत प्राधिकरण लाचार छ । हैबु¨मा पोल र तार पुगेको दशक भइसक्यो पुगेका संरचना नासिने क्रममा छन् ट्रान्सफरमा उहिल्यै लगिएको हो तर त्यो गाउँमा आजसम्म बिजुली बलेको छैन । भोटेचौर गाविसमा पनि उस्तै छ कन्त-विजोग । बत्ति बल्ने छाटकाट छैन । सिम्पालकाभ्रे स्याउले र लिसंखु लगायतका गाउँमा पोल र तार लगेर प्राधिकरणले विजोग प्रदर्शन गरिरहेको छ । यी गाविसका जनतालाई हुन्छ भन्ने थाहै नभएको होइन । आफनो जिल्लाको जलश्रोत बेचेर धेरै मानिस धनी भएका अनि ठुल्ठुला उद्योग साचालन भइरहेका छन् । यो पनि प्रष्ट थाहा छ जनतालाई । जिविसको एक तथ्याकं अनुसार ०६४ सम्म ५१ प्रतिशत जनतालाई विद्युत सेवा पुर् याउने लक्ष्य थियो । जुन १७ प्रतिशतमा मात्र सिमित हुन पुग्यो । त्यसो त अबको १० वर्षभित्र जिल्लाका सबै ७९ वटा गाविसमा विजुली बत्ति पुर् याइने लक्ष्य राखेको छ नेपाल विद्युत प्राधिकरण सिन्धुशाखाले पनि । सरकारले आवश्यक बजेट नदिएका कारण लक्ष्य अनुसार सबै गाँउमा विद्युत सेवा पुर् याउन नसकिएको दाबी गर्छन् - प्राधिकरणका अधिकृत भेषप्रसाद ढकाल । भोटेकोशी सुनकोसीपछि इन्द्रावती तेश्रोले ज्यामिरे गाविसमा ७ दशमलव ५ मेगावाट विद्युत उत्पादन गर्छ भने सानीमा हाइड्रो सुनकोशी दोश्रो र चाकुमा साँढे एक मेगावाट विजुली दैनिक उत्पादन हुदै आएको छ । २०५५ असारवाट कार्यक्रम लागू भएको जिविस ग्रामिण उर्जा विकास शाखा मार्फत अहिलेसम्म ७ लघूजल विद्युत परियोजना सम्पन्न भइसकेका छन् । साँढे चार मेगावाट क्षमताको इद्रावती चौथों र बराम्ची जलविद्युत परियोजना निमार्ण क्रममा छन् । उत्पादित विजुली मध्ये १५ प्रतिशत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ ।

वर्षौसम्मको प्रयास र प्रतिक्षापछि पनि विद्युत सेवा उपलव्ध नहुँदा हिजो आज सिन्धुपाल्चोकका गाउँगाउँमा मट्टितेल गोवरग्याँस र सोलार जस्ता बैकल्पीक ऊर्जाको प्रयोग गरिएको छ । जिल्लामा ७० दशमलव ४७ प्रतिशतले मट्टितेलको प्रयोग गर्छन् । सुन्य दशमलव १४ प्रतिशतले सोलार र शुन्य दशमलव ११ प्रतिशत जनताले गोबर ग्याँस प्रयोग गर्ने जिविसको एक तथ्याकंले जनाएको छ । विद्युत उत्पादन हुने कुनै पनि जिल्लामा त्यस वापत प्राप्त हुन आउने विद्युत रोयल्टीको ३४ प्रतिशत रकम खर्च गर्नुपर्ने प्रावधान छ । तर त्यो कानूनी व्यवस्थामा मात्र सिमित छ । यसले गर्दा पनि विजुली उत्पादन भएका कतिपय गाउँहरु नै अध्यारोमा परेको उदाहरण निकै छ र यस तर्फ लगानीकर्ताहरु आकर्षित पनि भइरहेका छन् । तर जतिसुकै विजुली उत्पादन भएपनि जिल्लाबासी अन्धकार मै बाँचीरहनुको पीडाले आक्रान्त छन् । यसतर्फ सम्वन्धित सबैले बुझ्न सके सिन्धुका गाँउ कुनाकुना छिट्टै झलमल्ल हुन्थ्यो कि ?

प्रतिक्रियाहरु

तपाइको प्रयास राम्रो छ, निरन्तर प्रगतिको कामना गर्दछु

- Rewati Sapkota : kubinde 7 Sindhupalchok

Deri ramro lekh lagau. yes ma hami batti munu ko aadero jasto bhayako 6u. yedi hamila utpadan garako batti lai pahila batti napuga ko thau ma lagnu jaruri 6. yesto garna ko lagi hami youngester la bisesh pahal garnu par6.

- Sanjaya Banset : chautara

नमस्ते तपाइलाई जसले यो वास्तविक अनि यथार्त घटना समेट्नु भयो i मलाई अति खुसि लग्यो कि यो समाचार सुन्न पौदा तर एक तिर अति दुक्ख लागेर आयो कि हाम्रो जिल्लामा अझै ७०% जनता अन्धकारमा बस्न विवस छन् i सिन्धुमा लघु जल-बिधुतको सम्भावना धेरै छन् तर पनि खोज-तलास हुन नसक्नु दुर्भाग्यको कुरा हो जे होस् तपाइको लेख पदना र चिन्तन मनन गर्न पाएकोमा मा धेरै खुसि छु

- Nabin Kumar Gubhaju : Jaljale-3 Piskar Sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box