Air Ticketing in Nepal Contact to Merosindhu.com

गाउँघरका कुरा

अप्टिकल फाइबर बिछ्याउने काम धमाधम ।

2010-03-19 14:28:16 | मेरो सिन्धु

- राजन न्यौपाने

सुकुटे ।

बढ्दो सुचना प्रविधिलाई आत्मसाथ गर्न र नेपाललाई सुचना प्रविधिको विकाससँगै विश्वसामु स्थापित गर्न चिनियाँ सहयोगमा काठमाडौँ तातोपानी खासाखण्डमा टेलिकमको अप्टिकल फाइबर बिछ्याउने काम सुरु भएको छ । एक एक किलोमिटरको फरकमा छुट्टा छुट्टै समुहले पाइपलाईन खन्ने र पाईप पुर्ने काम तीब्र गतिमा भईरहेको छ ।

सडक छेउमा निला, हरिया पाल टाँगेरै च‍ैत्रको बढ्दो गर्मीमा पसिना बगाउँदै काम गर्ने कामदारलाई यतिबेला चुनाबी चटारोमा दौडिएका नेता कार्यकर्तालाई भन्दा बढी हतार भएको भान हुन्छ ।

गत सेप्टेम्बर २३ तारिखमा नेपाल टेलिकम र चिनियाँ अन्तर्राष्ट्रिय टेलिकमबीच भएको सम्झौता अनुसार अप्टिकल फाइबर बिछ्याउने काम यसै वर्ष सन् २००८ को जुलाइ भित्रमा सम्पन्न हुनेछ । यसका लागि खर्च हुने २ करोड ५४ लाख चिनियाँ युयान चिनियाँ सरकारले अनुदान सहयोग स्वरुप उपलब्ध गराउने सहमति भएको छ ।

निर्माणको जिम्मा पाएको चिनियाँ अन्तर्राष्ट्रिय टेलिकम कन्स्ट्रक्सन कम्पनी सिआईटिसिसिको नेपाल हेडक्वाटर भक्तपुरको कौशलटारमा स्थापना भइसकेको छ । नेपाल टेलिकमको अप्टिकल फाइबर प्रोजेक्टका मेनेजर मधुसुदन कर्माचार्यका अनुसार अहिले काठमाडौं तातोपानी खण्डको धुलिखेल तीनपिप्ले, लामीडाँडा, दोलालघाट, बलेफी, लामोसाँघु, बाह्रबिसे र तातोपानीमा स्टेसन राखी एसडिएस अप्टिकल उपकरण जडान भइरहेको छ । अप्टिकल फाइबर ओछ्याउने कामका लागि सम्पूर्ण उपकरण तथा प्राविधिक चिनियाँ प्रयोग हुने पनि मेनेजर कर्माचार्यले बताउनुभयो ।

काठमाडौँदेखि तातोपानी खासासम्म अप्टिकल फाइबर ओछ्याएपछि टेलिकमको गुणस्तर राम्रो हुनेछ भने अत्याधुनिक सुविधासम्पन्न हुनेछ । नेपाल टेलिकमको सुधारका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको छ भने ठूलो चिनियाँ सहयोगको प्रोजेक्टमध्ये अप्टिकल फाइबर पनि एक हो ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box