Air Ticketing in Nepal Contact to Merosindhu.com

जीवन भोगाई

पहिले बिक्री थिएन, अहिले भ्याइनभ्याई

2010-03-19 14:24:41 | मेरो सिन्धु

भक्तपुर, भाद्र ३०

आफूले घरमा बसेर टुकटुक गरी बनाएको कलाले स्थानीय बजार मात्रै देखिरहेको थियो । वषौँ यही पेशा बिताए पनि आफ्नो कलाले कुनै दिन अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउला भन्ने उनीहरूले कहिल्यै सोचेका थिएनन् ।

त्यही नसोचेको भइदिएको छ उनीहरूको जीवनमा । राजधानीमा मात्र सीमित उनीहरूको कलाले दिल्लीमा समेत बर्चस्व जमाउँदै छ । 'दिल्लीमा राम्रो ख्याति कमाएकाले यति बेला भ्याइनभ्याई छ,' चाँगुनारायण मन्दिर परिसरमा रामो र बसिलाले टुकटुक काठ कोतर्दै फुर्वा शेर्पाले भने, 'आम्दानी पनि राम्रै हुन थालेको छ ' । 

सिन्धुपाल्चोकको अत्तरपुर -६ घ्याङडाँडाका यी शेर्पाको बाल्यकालमा सिकेको सीपले यति बेला अन्तर्राष्ट्रिय पहिचान पाएको हो । उनले उत्तिस र लहरे पीपलको काठलाई माक्स (मुखुन्डो) बनाइ निर्यात गर्दै  आएका छन् ।

उनी सिन्धुपाल्चोकबाट गत वर्षमात्र चाँगुनारायणमा आएका हुने । उनले यही बसेर बनाएको कला सुरुमा आन्तरिक र बाह्य पर्यटकलाई बेच्दै आएका थिए । केही समयअघि दिल्लीका कलाप्रेमीले समेत उनको कलाको माग गर्न थालेपछि भ्याइनभ्याई सुरु भएको हो । 'त्यसपछि दुई भाइलाई सिन्धुपाल्चोकबाट बोलाएर काममा लगाए,' उनले भने, 'तै पनि भ्याइएको छैन ।'

माइला भाइ राजिव भक्तपुर क्याम्पसमा ११ कक्षामा पढ्दा पढ्दै छाडेका छन् । कान्छा १६ वर्षीय सविनले पनि ६ कक्षा पढ्दा पढ्दै बुट्टा भर्ने काममा लागेको सुनाए ।

उनीहरूले काठको मुर्ति, गणेश, भैरब, बुद्ध लगाएको मुखुन्डो बनाउने गरेका छन् । दिल्लीमा आफनो सीधैं सम्पर्क नभएकाले एजेन्टमार्फत बिक्री गर्ने गरेको उनले सुनाए । 'नेपाली एजेन्टले हाम्रा समान किनेर दिल्ली पठाउने गरेको छ,' उनले भने, 'एक पटकमा डेढ लाखभन्दा बढीको समान लैजाने गरेको छ ।' दिल्ली पठाउन उनले तीन सयभन्दा बढी माक्स तयारी अवस्थामा राखेका छन् ।

दुई सयदेखि पाँच हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको माक्स विदेशमा निर्यात हुन लागेपछि दैनिक १२ घन्टाभन्दा बढी खटेर काम गर्ने गरेको उनले बताए । 'मागअनुसार तयार गर्न सकिँदैन,' उनले भने, 'तयार गर्न सके त जति पनि बिक्री हुन्छ ।'

दिल्लीमा एकै पटक तीन सयभन्दा बढी निर्यात हुने गरेको उनले बताए । एकदेखि तीन महिनाभित्रमा एकपटक दिल्लीमा समान निर्यात गर्ने गरेको उनले सुनाए । दिल्लीबाहेक पर्यटकीय गन्तव्य ठमेलमा पनि माग रहेको उनले बताए । 'बनाउनु मात्र पर्छ जताततै बिक्री हुन्छ,' उनी भन्छन् ।

उनको गाउँ घ्याङडाँडा र लिसंखुको अधिकांश घरमा पनि काठका कलात्मक मूर्ति, माक्स बनाउने गर्छन् । गाउँमा बनाएर राजधानी लगाएर मुलुकबाहिर बिक्री गर्ने गरेको छ । गाउँमा आफ्नै बारीको रूख काटेर महँगोमा कलात्मक समान बिक्री गरेको उनी सम्झन्छन् । 'गाउँमा सित्तैमा काठ काटेर मूर्ति र माक्स बनाएर महँगोमा बेच्ने गथ्यौ,' उनले भने- 'यहाँ त एउटा रूखको आठ हजारदेखि २० हजार रुपैयाँसम्म तिनर्नुपर्छ ।'

प्रतिक्रियाहरु

ठीकै छ गाउँका दाइले दिएको समाचारमा

- dawa moktan : attarpur-4-pangchet


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box