Air Ticketing in Nepal Contact to Merosindhu.com

जीवन भोगाई

खसी काट्दा काट्दै उम्मेदवार ।

2010-03-19 14:22:11 | मेरो सिन्धु

- ध्रुव दंगाल

सिन्धुपाल्चोक ।

चौतारा गाविस ८ का रमेश श्रेष्ठ पेसाले मासुपसले हुन्, जो अहिले संविधानसभाका लागि उम्मेदवार बनेका छन् । सदरमुकामको सहिदचोकमा उनको मासुपसल छ । हरेक बिहान खुकुरीले मासु काटिरहेका भेटिने श्रेष्ठको खुकुरीसित अब अर्को सम्बन्ध गाँसिएको छ । उनले चुनावका लागि खुकुरी चुनाव चिह्न पाएका छन् । २७ वषर्ीर्य यी मजदुर सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन् । 'संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च' नामक दलले उनलाई प्रत्यक्ष निर्वाचन प्रणालीको टिकट दिएको छ ।

'बुबाले पार्टी मिलाइदिनुभो, म उम्मेदवार बनेँ,' उनले भने, 'टिकट पनि सजिलै पाइयो ।' तर, उनलाई संविधानसभाबारे खासै मेलोमेसो छैन । 'यो चुनाव प्रधानमन्त्री छान्न हुन लागेको हैन, संविधान बनाउने रे,' उनलाई यति मात्र थाहा छ- 'चुनावपछि राजा राख्ने कि फ्याँक्ने कुरा पनि हुन्छ रे ।' आठ कक्षासम्म पढेका उनले संविधानसभाबारे यी कुरा टिभी/रेडियोमा सुनेको बताए । चुनाव चिन्ह पाइसके पनि उनी प्रचार अभियानमा निस्किसकेका छैनन् । 'केको हत्तार ? चुनाव आउन अझै डेढ महिना बाँकी छ,' उनले योजना प्रस्तुत गर्दै भने, 'आफ्नो ठूलो फोटोसहित पम्पलेट निकाल्छु र बजारका भित्ताभरि टाँस्छु ।' तर, भोट माग्न निर्वाचन क्षेत्रभरि घुम्ने योजना छैन उनको । 'सदरमुकाम र आसपासका गाउँमा भने भोट माग्न पुग्नुपर्ला,' उनी भन्छन् ।

माओवादी केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटा, एमाले विधायक सुभाष कर्माचार्य र कांगे्रसका भूपेन्द्र थापा प्रतिस्पर्धी हुन् रमेशका । उनी आफ्ना प्रतिस्पर्धिसित राम्ररी परिचित छन् । उम्मेदवार कमाचार्य उनका छिमेकी हुन् भने सापकोटा र थापाले उनले खसी-बोका ढाल्ने गरेको सहिद-मञ्चमा निकै पटक भाषण गरेको सम्झना छ रमेशलाई । उनी चुनावमा एक पैसा खर्च गर्नेवाला छैनन् । 'कहाँबाट आउँछ मजदुरलाई पैसा ?' उनले भने । चुनावमा उम्मेदवार बने पनि आफ्नो पेसा नछाड्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box