Air Ticketing in Nepal Contact to Merosindhu.com

जनैपूर्णिमा पाँचपोखरी र भैरवकुण्ड मेला

- राजन न्यौपाने श्रावण शुक्ल पुर्णिमाको दिन तागाधारी जातीले बिहानै नदि तलाउ आदि पवित्र स्थानमा गइ गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ तिल र कुशद्धारा ऋषतर्पणी गरी वैदिक विधिपुर्वक मन्त्रीएको यज्ञोपवित (नयाँ जनै) फेर्ने चलन परापुर्व काल देखि नै चल्दै आएको छ । नयाँ जनै धारण गर्ने भएकोले यस दिनलाई जनै पुर्णिमा भन्ने गरीन्छ । मानव रक्षाको लागि जप, तप र पुजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरी ) ब्राम्ह्यणाहरुले मन्त्र पढ्दै यजमानको नाडिमा बाँधि दिने हुनाले जनै पुर्णिमाको दिनलाई हिन्दुहरुले रक्षाबन्धनको रुपमा पनि मनाउने गर्दछन । हिन्दु दर्शनअनुसार जनैलाई ब्रम्ह्सुत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैको २ शिखामध्ये एउटा शिखामा रहेको तीन डोरीलाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म उपासना र ज्ञानको तीन योगको रुपमा मानिन्छ। जनै पुर्णिमाको दिनमा देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृहरुको नाममा तील कुशसहित तर्पण गरीने भएकोले यस पर्वलाई ऋषि तर्पणीको नामले पनि चिनिन्छ । यस दिन सप्तऋषिहरु कश्यप, अग्नि, भारद्धाज, गौतम, जमदाग्नि, वशिष्ठ र विश्वामित्रलार्इ तर्पण दिने गरिन्छ। काठमाण्डौँको पशुपति ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड जनकपुरको गंगासार र धनुसार, जुम्लाको दानसाधु , त्रिवेणी धाम लगायतका पवित्र स्थानहरुमा स्नान गरि महादेवको पुजा गर्ने चलन रहिआएको छ ।

नेपालका प्रथम राष्ट्रपतिउपराष्ट्रपतिलाई बधाई

- अमित घिमिरे, सिन्धुपाल्चोक चौतारा पूर्विय वाङ्मयमा धेरै नीतिका अनमोल रत्नहरु छन् । सदियौं पुराना ति सुक्तिहरु आज पनि जीवन्त अवस्थामा छन् । यस्तै एउटा नीति चिन्नकथा छ- जस्लाई दलीलका रुपमा राखेर विषय उठान गरौं । देहातको कुनै ठाँउमा तुकाराम बस्दथे । एक चोटी उनका गाँउले छिमेकीहरु तीर्थयात्राकालागि जाने निधो गरे । र उनीहरुले तुकारामलाई पनि तीर्थ जान अनुरोध गरे । तर वेफूस्रतिला तुकारामले आफू तीर्थ जान नसक्ने कारणहरु बताउदै एउटा ठिक्कैको पोको उनीहरुको हातमा थमाइदिए र भने ु…कारणवस् म जान पाउदिन यस पोकोमा केही तितेकाँक्राहरु छन् । यसलाई तपाईहरु जहाँजहाँ जानु हुन्छ त्यहाँ-त्यहाँ रहेका पवित्र जलाशयहरुमा चोपेर ल्याईदिनु होलाु ।

नेपाली आमाले जन्माएको कान्छो छोरा 'गणतन्त्र' लाई ''शुभकामना '' !

- कृष्ण पोखरेल (बिवस) इराक जस्तो डेन्जर्(खतरा) देशबाट नेपाल आमालाई हेर्दा यस्तो शुभअवसरमा शुभकामना नदिरहन सकेको छैन । समग्रमा भन्नुपर्दा हामी पनि धैर्यता विबेकी हौ भन्ने बिश्वसामु आफ़्नो पहिचान खुलाउन सफल भएका छौ । बिश्वमै बिरलै रुपमा हुने यो एतिहासिक संबिधानसभाको चुनाबले नयां नेपालको आकृति कोरेको छ र गणतन्त्रले नयाँ नेपालको चित्र नयाँ ढंगबाट कोरेको हुनुपर्छ भन्ने महशुस गरेको छु मैले पनि यो मरुभुमी बाट 'हत्या हि‌सा बिधोङ्गसले मुलुक बन्दैन देश र जनताको हित को लागि गरिएको कामना भित्र जनाताको पिडा र रगत मिसिनु हुदैन नेपाली भावना र आत्मियतामा ठेस पुग्ने काम रोकिनु पर्छ दन्द्ध बृद्दी का लागि हैन ,शान्ति स्थापनाको लागि सबैमा त्याग, समर्पण र सद् विचारको लागि सबैमा चेत फिरोस'' जनता अबुझ छैनन् भन्ने लागेको छ । त्यहि सन्दर्भमा अबको हाम्रो नेपाल पनि जापान जस्तै होस भनेर कामना गर्न चुकाएको छैन । वास्तबमा जापान बिकास भएको पनि कति नै पो भएको छ र ? त्यस्तैगरी हाम्रो नेपालमा पनि बिकास हुन अब बेर नलाग्ने सपना पो देख्न थालेको छु । मैले पनि ईराक को मुरुभुमी बाट! आज नेपालमा सयौ‌ बर्षको तानशाही राजतन्त्र हटेर गणतन्त्र आएको छ, यो गणतन्त्र कुनै पार्टीले लिएर आएको हैन! यो जनताले जनताको रगतलाई नेपाली माटो मा मुछेर सडकमा रगतको होली खेल्दै ल्याएको जनताको मागको गणतन्त्र हो । खेलमैदानमा हार र जितको आवश्यकता भए जस्तै यो चुनाव लाई जनता ले जितिएका हुन। तर बिजयलाई गम्भीरता पूर्बक ग्रहण गर्ने र हारलाई सहज तरिकाले स्वीकार गर्ने बिबेक हामी सबैमा छाओस् । त्यो तरल अवस्थामा रहेको मुलुकको गह्रुंगो अभिभारा अधिकमत माओबादीमाथि थुप्रिएको छ । अब हामीले बिजयको खुशीभन्दा पनि गम्भीरतापूर्बक चिन्तन र मनन गर्नुपर्ने देखिन्छ ।

हाम्रो भाषा संस्कृतिको जगेर्ना गरौँ सम्पूर्ण तामाङ एक हौँ

तामाङहरुको सोनाम ल्होछार ल्होसार मनाउनुभन्दा केही दिन अगावै आफ्नो घर कोठा लगायत घर वरपर सरसफाई गरिन्छ । र रङ्ग लगाइन्छ । यसरी घर श्रृङ्गार गर्ने काम ल्होसार अगाडी नै गरेको हुनुपर्दछ । ल्होसारको अघिल्लो साँझ अथवा औँसीको साँझ कुथुग खानु पर्दछ । कु भनेको ९ र थुग भनेको थुक्पा हो जसलाई कुथुग भन्दछन् । ती ९ प्रकारका विभिन्न खाद्यन्नहरु यस प्रकार छन् ः स्या चामल चना केराउ भटमास मुला दालचिनी छुर्पी हरियो साग र गोलो रिल्बु आदि । यसरी कुथुग तयार पारे पछि आफ्नो भाग्य र र स्वभाव संकेत गर्ने विभिन्न वस्तुहरु आँटा अर्थात पीठो मुछेर बनाइएको मसिनो डल्लो भित्र राख्नुपर्छ । सबैलाई १-१ वटा पर्ने गरी कुथुग बाँड्नुपर्छ । पिठोको डल्ला भित्र राखिने विभिन्न वस्तुहरुले आगामी वर्षकोलागि अलग अलग लक्षणको संकेत दिने विश्वास रहिआएको छ ।

चन्द्रयुग

नेपाली साहित्यको ध्रुवताराको रुपमा हामीले चन्द्रप्रसाद न्यौपानेलाई पाएका छौं। ३२ कृति प्रकाशनपश्चात् एउटा सिङ्गो युग बोकेको कृति चन्द्रयुग अर्थात् चन्द्रमाकै युग बोकेर प्रस्तुत भएका छन् महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने। बिसौं हजार श्लोकको सो महाकाव्यले विशाल र विराट रामायण, वेदव्यास र महाभारतको झल्को दिन्छ। वृहत काव्य भाग २ पछि भने चन्द्रयुगले महाभारत र इलियदजस्ता विराट कृतिहरुलाई चुनौति दिने भएको छ। नेपाली साहित्यमा 'चन्द्रयुग' वृहत्तर काव्य प्रथम मात्र हैन यसले त महाभारत, इलियदजस्ता विश्वविख्यात कृतिहरुसाग आँखा जुधाउन कम्मर कसेको छ भने नेपालीले मात्र नभै विश्वले अध्ययन गर्नुपर्ने महत्वपूर्ण कृति हो चन्द्रयुग। छिट्टै अंग्रेजीमा रुपान्तरण हुन लागेको चन्द्रयुग साँच्चिकै चन्द्रमा बनी उडाउन आकाश नापिरहेछन्। श्रीमती होममाया प्रकाशिका रहेको सो कृतिको मुहार पाँच कलाकारहरु अमित घिमिरे, नारायण घले, सूर्यनारायण श्रेष्ठ, युवराज न्यौपाने र श्याम रञ्जितले पोतेका छन्। उत्कृष्ट कागज, उत्कृष्ट छपाईका साथै मूल्य रु. २१००।– रुपियाँ रहेको सो वृहत्तर काव्य युगयुगान्तर छ। लाखौं खर्चेर उनले आफू बस्ने महल बनाउने कल्पना गरेनन् वास्तविक एउटा शाब्दिक घर बनाए जहाँ न्यौपाने सुरक्षित छन् सदासदा बाँचिरहनेछन् किनकि त्यो घर मृत्युबाट जोगाउने घर हो। सबैले खोजीखोजी पढ्नैपर्ने कृति चन्द्रयुगले एउटा युग निर्माण गर्न सफल होस्। कृतिकारमा हार्दिक सदिक्षा।

कति दुःखी हामी नेपाली!!

- रामबाबु न्यौपाने, नुवाकोट हाल बग्दाद ईराक ईराकको घामले डढेर धूलो, धूवाँ अनि बमको त्राससँगै बिहान उज्यालो भएदेखि आधा रातसम्म आफूसगैको साथीलाई चिन्न नसक्ने गरी बेरूप हुनुपरेको यथार्थता एकातिर छ । तैपनि थाप्लोमा थुप्रिएको ऋण पन्छाउने सपना सजाएर पसिनालाई अमेरीकन डलरसँग साट्दै कठिन परिश्रम गर्ने हाम्रो महिनाभरिको तलब ४ देखि ७ सय डलर मात्रै छ । बिहान आँखा मिच्दै काममा निस्किएपछि घाम नडुब्दासम्म ईराकको मरुभूमिमा पसिनालाई पानीभन्दा सस्तो मूल्यमा बगाउनु परेको छ । नेपाल छोडदा २ लाख ५० हजारको सयकडा ३ देखि ५ सम्ममा काढेको रुपैंयाको ब्याज मात्रै दोब्बर भइसक्यो । तिर्न हम्मेहम्मे परिरहेछ । उता काठमाडौंको होटेल वर्साई, दलालीको टेढो वोलीसँगै आज भोलि भन्दाभन्दै भौतारिएको लामो समय, होटल खर्च सम्झदा उदेक लाग्नु स्वभाविक नै रहेछ ।