लिस्वन ,१५ बाबुराम भूषाल ´शील´ २०११ मा हुन गईरहेको नेपाल भ्रमण वर्षलाई टेवा पुर्याउने उद्देश्यले `जर्नि वियोल्ड द हिमालय´ नामक बृत्तचित्र जुन २० तारिक आइतवारका दिन नेपाल पोर्तुगल कला साहित्य तथा सञ्चार परिषद र दर्शन नेपाल अनलाइन रेडियो पोर्तुगलको सहयोगमा पोर्तुगलको Rua Pateo do Salema-4 रोशियो,लिस्वनमा प्रदर्शन हुने भएको छ ।
बोस्टन, जेठ २९ एसोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) सम्मेलनको अवसरमा साहित्य प्रतिष्ठान उत्तर अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनमा हुने अन्तर्राष्ट्रिय कविता महोत्सवमा प्रथम हुने कवितालाई एक हजार अमेरिकी डलर प्रदान गरिने भएको छ। एएनए सम्मेलन जुलाई २ देखि ४ सम्म बोस्टनमा हुँदैछ।
सुनिल संगम तेल-अभि, जेष्ठ १५ गणतन्त्र दिवस २०६७ को सुखद उपलक्ष्यमा नेपाली राजदूताबास ईजरायलले यही मे २९ तारिक शनिबारका दिन इजरायलका लागि नेपाली राजदूत महामहिम श्री बैजनाथ थपलिया ज्यु को निवास हर्जेलियामा उहाकै उपस्थितिमा एक दिवा कार्यक्रम सम्पन्न गरेको छ।
काँकडभिट्टा, जेष्ठ ११ भारतको मेघालयबाट नेपालीभाषीलाई खासी समुदायले जिउँदै जलाउने र लखेट्नेक्रम जारी रहेपछि आज २०० भन्दा बढी नेपालीभाषी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश छन् । कोइलाखानीमा २२ वर्षदेखि काम गर्दैआएका सुनसरी धरानका ४५ वर्षीय शम्भु राईले भने- 'नेपालीमाथि निरन्तर भएको शृङ्खलाबद्ध आक्रमणबाट जोगिन रातरात भागेर हामी समूहसमूह बनाई आजमात्र पाँच गाडी नेपाल फर्किएका हौ ।'
आरआर बुढाथोकी कुवेत, १० जेठ वैदेशिक रोजगारीमा कुवेत गएका ९० प्रतिशत महिला भारत बाटो हुदै जाने गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । सरकारले महिला कामदारलाई कुवेतमा रोजगारीका लागि जान रोक लगाएपछि पनि दलालको माध्यमबाट श्रम स्वीकृत नलिई भारतको बाटो हुदै महिलाहरू बिदेसिने गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार करिब २५ हजारको संख्यामा महिला कामदार कुवेतमा छन् ।
पर्वत पोर्तेल सिलिगुडी (भारत), जेष्ठ ७ मेघालय घटनाका कारण करिव ३ हजार बढी नेपाली भाषी विस्थापित भएका छन् । शनिवार सम्ममा यो संख्या दोव्वर हुन सक्ने अनुमान गरिएको छ । आसामको जयन्ती पहाडमा मात्रै करिव तीन हजार विस्थापित आश्रय लिएर वसेको आसामका पत्रकार तिल विश्वकर्माले जानकारी दिएका छन् ।
सिलिगुडी -भारत, जेष्ठ ४ पूर्वोत्तर भारतको मेघालय र असम सीमास्थित लांगपी गाउँका नेपालीभाषी र खासीबीच सोमबार राति झडप हुँदा ३ नेपालीभाषीको मृत्यु भएको छ । प्रहरीले भने मृत्युको पुष्टि गरेको छैन । मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीका अनुसार मेघालयको वडापानीका ७० वर्षीय धनपति बाँस्तोलालगायत ३ जनाको मृत्यु भएको हो । अरू दुईको नाम खुलेको छैन ।
सुजन के सि नेपाली दूताबास कुवेतमा शरणलिन पुगेकी नेपाली महिलाले दूताबासको दैलो निर पुग्दा पुग्दा एक अबोध शिशुको जन्म दिएकी हुन । ए.बि.सि कुमाल नाम गरेकी महिला १० मैना पहिला रोजगारीको सिलसिलामा कुवेत आएको तथ्याङकले जनाएको छ । आज अर्थात मई १३ तारिख बिहीवारका दिन उनलाई सुत्केरि ब्याथाले चापेको बेलामा कुनै अज्ञात ब्याक्तिले दूताबासको बाहिर छोडी दिएको र दूताबासको बहिरी ढोकाबाट भित्र पस्दा पस्दै बच्चा जन्माएको प्रत्यक्षयदर्शिहरुले बताए ।
साउदी अरब, २६ वैशाख साउदी अरबमा मृत्यु भएका ६ नेपाली कामदारको शव अलपत्र अवस्थामा छन् । ती कामदारहरू विभिन्न घटनामा परी ७ देखि १९ महिनाअगाडि मृत्यु भएका थिए । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका कामदारका स्पोन्सर फेला नपरेर, परिवारले शव ल्याउन खर्च नपठाएर र साहुले शव खर्च नदिँदा स्वदेशमा शव पठाउन सकिएको छैन् । साउदीबाट नेपालमा शव ल्याउन कम्तीमा १५ हजार रियाल अर्थात् तीन लाख रुपैयाँ लाग्छ ।
यूएई पाँच पोखरी समाज यूएईले २५५४ औ बुद्धजयन्ती आगामी मे २८ तारिखका दिन यूएईको दुबईस्तिथ एभेरेस्ट ईन्टर नेसनल होटलमा मनाउने भएको छ।पूजा बिधि सहित २५५४ औ बुद्धजयन्ति भब्य रुपमा मनाइने भएको कुरा उक्त संस्थाका सल्लाहकार प्रमोद थोकरले जानकारी दिनुभएको छ।
