Air Ticketing in Nepal Contact to Merosindhu.com

हरियो चुरा र मेहन्दीको मर्म

अमित घिमिरे सिन्धुपाल्चोक चौतारा-८ पूर्विय शास्त्रमा हरेक मासमा आउने चाड पर्व तिथीमितिको अर्थ महत्व र विधि उल्लेख छ । वर्षायाम चलिरहेको हुँदा शास्त्रमा असारमा धान रोप्नु साउने संक्राँन्तिमा लुतो फाल्नु साउने सोमवारमा महादेवको व्रत बस्नु आदि-आदि । असारमा रोप्नु भन्नुको मतलब यस मास देखि वर्षा शुरु हुन्छ। हाम्रो भौगोलिकतामा आकासे पानीमा निर्भर रहनु पर्ने खेती प्रणालीमा शास्त्रका कुरा जायज छन् ।

सिन्धुपाल्चोकमा पर्यटनको महत्व र आवश्यकता

मिलन तामाङ्ग पर्यटन उद्योग अरु क्षेत्रको तुलनामा प्रचुर सम्भावना बोकेको मुक्त क्षेत्र हो । जहाँ पर्यटन उद्योगको विकास हुन्छ त्यस मुलुकको उन्नति भएको यथार्थ हाम्रो सामु थुप्रै रहेका छन् । वर्तमान विश्वमा विभिन्न उद्योगहरुमध्ये पर्यटन उद्योगलाई प्रमूख उद्योगको रुपमा लिने गरिएको छ । पर्यटन विभिन्न प्रकारको आनन्द पं्राप्त्ा गर्ने माध्यम मात्र नभइ राष्ट्रिय अर्थतन्त्रको विकास र अन्तर्राष्ट्रिय शान्ति एवम् समझदारीको सर्वोच्च माध्यम भैसकेको छ ।

कृषि विकास बैंकः काँचुली फेरेर गढ्यौला नबनोस्

अमित घिमिरे सिन्धुपाल्चोक चौतारा-८ amurtaamit@gmail.com हामी किन माथि उठेनौ यसका पछाडि धेरै कारणहरु घनिभुत छन् । त्यस मध्येको एउटा कारक भनेको संकीर्णता पनि हो । राम्रा कामकुराका बारे चियो चर्चा चासो कम हुन्छ-हाम्रो संस्कृतिमा । नराम्रा कुरा पेट्रोलको डढेलो बन्छ र राम्रा काम कुरा पानीको फोका ।

विवेकान्धहरुको बाउसे

अमित घिमिरे चौतारा-८ सिन्धुपाल्चोक १५ असार मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेर रहेको कृषि कृषक र समग्रमा नेपालीहरुका मुठ्ठीभर संभ्रान्त बाहेक लागि खास अर्थ दिने दिन हो । यो शाब्दिकताले देशको अर्थ ब्यवस्थालाई मात्र नभै यसका आडमा सत्तालाई समेत निर्भरता पनि प्रदान गरेको छ ।

अचम्म ! विश्वकप, संविधान र कण्डम

amurtaamit@gmail.com चौतारा-८ सिन्धुपाल्चोक Amit Ghimireअचेल लाग्छ संक्रमणकालीन मुलुकमा संक्रमणताको मुलुकमा विद्यमान गतिरोधको चासो कम हुदै गएको छ । त्यो किन पनि भने-विश्वको ध्यान खिँचेको छ विश्वकपले । काम गरेर पनि खान नपनउने पसिना सुकेर पसिनाले शरीर मक्किदा समेत पनि परिश्रमको मूल्य नपाउनेहरु देखि अति वैभवशालीहरु मझौला र सामान्य जीवन यापन गर्नेहरुको साझा चासो र चिन्ता विश्वकप फुटबल बन्न सकेको छ ।

पर्यटनकेन्द्र बन्दैछ सिन्धुपाल्चोक

सन्जोग आचार्य सिन्धुपाल्चोक । द लास्ट रिसोर्टमा बन्जी जम्पिङ्, भोटेकोशीमा र्‍याफटिङ र भैरवकुण्डसम्मको पदयात्रा आन्तरिक र बाहृय पर्यटकका लागि यो भन्दा मजा अन्त कहाँ छ ? सिन्धुपाल्च्चोक क्षेत्र नं. १ बाट निर्वाचित माओवादीका सभासद् राजकुमार श्रेष्ठले भन्नुहुन्छ । यससँगै जुगल हिमाल, दोर्जे लाक्पा हिमाल, पाँच पोखरी, भैरवकुण्ड, लाङ्लाङ राष्ट्रिय निकुञ्ज क्षेत्र, ऐतिहासिक स्थल दुगुना गढी, तातोपानी धारा, तथा अनगन्ती मठ मन्दिर र कला संस्कृतिले सिन्धुपाल्चोक आकर्षक पर्यटकीय स्थल बन्न सक्दछ ।

संविधान सभाको दुई वर्षः एक सिंहावलोकन

चौतारा-८ सिन्धुपाल्चोक दशक लामो युद्ध र वसन्त क्रुन्तिको उपज हामी नेपालीले आज भन्दा दुई वर्ष अगाडि ६०१ जना सभाषद्लाई संविधान बनाउनकालागि नियुक्त गर् यौं । जेठा र पाका सभासद् कुलबहादुर गुरुङ्ले सभाषद्लाई सपथ खुवाएर प्रतिबद्धता प्रकट गर्न लगाएको क्षण नेपाली स्वाधीनताको श्रीको सुरुवातको क्षण ठानेर नागरिक ठूलो आशावाद तर्फ उन्मुख भए ।

पत्रकारितामा पक्षधरता

सिन्धुपाल्चोक चौतारा-८ त्यसो त हरेक व्यक्तिमा कुनै न कुनै आस्था विद्यमान रहेको हुन्छ । आस्था राख्न पाउनु अधिकार पनि हो । तर आफ्नो आस्था पेशाका परिधिमा प्रर्दशन गर्नु हुन्छ हुन्न त्यो वहसको विषय हुनु पर्दथ्यो । परन्तु यस मुलुकमा त्यसो हुन सकेन । हरेक पेशा संग आवद्ध व्यक्तिले राजनीतिक पाइन देखाउने छुट सवैलाई दिएको हुँदा सिङ्गो राजनीतिको साँठ-गाँठले अपवित्रता एवम् विमुखताको जन्म गराएको छ ।

राजनीति: माछो! माछो!! भ्यागुतो!!!

“कुशल शासकलाई भविष्यको चिन्ता हुन्छ तर राजनीतिज्ञलाई आगामी चुनावको चिन्ताहुन्छ” -अब्राहम लिंकन माथिको उल्लेखित भनाई नेपाली समाजमा शत प्रतिशत साँचो सावित भएको छ। अस्थिर राजनीति त्यसैमाथि भइरहने फोहोरी खेलबाट आम नागरिकहरु आजित भइसकेका छन। चुनावका बेला मात्रै उपयोग गरे प्रयाप्त हुने, अरु बेला कुनै वास्ता गर्नु नपर्ने रकम जम्मा गरेर चाहिएको बेलामा निकाल्ने सञ्चित भोट बैक हुन जनता भन्ने लाग्दो हो हाम्रा राजनीतिज्ञहरुलाई। आफ्नो औकातले थेग्नै नसक्ने गरी आश्वासनका पोका बाँड्दै भोट मागेको विसर्ने नेताहरु सत्ताको कुर्सी पाएपछि आफ्नै कार्यकता रोजीरोटीको लागि आत्मदाह गर्दासम्म रमिते बनेर आनन्द लिन्छन

भूइँमान्छे र सत्ता

मदन पुरस्कार विजेता साहित्यकार जगदिश घिमिरेको एउटा रेडियो अन्तरवार्तामा ‘भूईंमान्छे’ को संवोधन सुनेको थिँए। साहित्यकार घिमिरेले भूइँमान्छे भनेर पहुँच नभएका गरिखाने, हुँदा मात्र खान पाउने, श्रम मात्र भएका मजदुर-किसान सर्वहारा गरिव विपन्न वर्गलाई मुखरित गरेर भनेका हुन् । वास्तवमा हामी धेरै भूइँमान्छे छौं-जस्को पछाडि कुनै ताकत छैन, पहुँच र शक्ति छैन । भूईंमान्छे चुनावमा भोट खसाल्नु अघिको पूर्व-संन्ध्यामा मात्र मान्छे भएका हुन्छन् वा कि त सत्ता परिवर्तन गराइदिन सत्ता सुम्पन। र भोट खसालि सकेपछि आहुती गरिसकेपछि केवल भूईंमान्छे हुन्छन् किन्तु जुनसुकै सत्ता शक्तिको स्रोत भने उनै भूईंमान्छे नै हुन्छन्। माक्स्रलाई-माक्स्र, लेनिनलाई-लेनिन, गान्धिलाईं-गान्धि, वीपीलाई-वीपी पुष्पलाललाई-पुष्पलाल …र पुष्पकमललाई प्रचण्ड जो सुकैको पनि परिचय निर्माण गर्ने-गरिदिने भूईंमान्छेहरु नै हुन्छन् ।