Air Ticketing in Nepal Contact to Merosindhu.com

गुगलको क्रिसमस लोगोमा नेपालको चित्र

काठमाडौँ- गुगलले क्रिसमसको लागि राखेको नयाँ लोगो गुगल डुडलका १७ वटा अमूर्त चित्रमा नेपालको पनि एउटा चित्र छ। दैनिक करोडौँले इन्टरनेटमा सामाग्री खोज्न प्रयोग गर्ने विश्वको सबैभन्दा चल्तीको सर्च इन्जिन गुगलको होमपेजमा बौद्ध गुम्बाअघि हाँस्दै गाइरहेका तीन महिला देख्न सकिन्छ।

बसको ठक्करबाट छात्राको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

मनोज वस्नेत काभ्रे-, पुस ८ - बसको ठक्करबाट एक छात्राको मृत्यु भएपछि आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयले बनेपामा अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले बसका चालकलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

एसएलसी चैत्र १० बाट

काठमाडौं। २०६७ सालको एसएलसी परीक्षा चैत १० गतेबाट शुरू हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी, भक्तपुरले जनाएअनुसार परीक्षा संचालन विहान ८ बजेदेखि ११ बेज सम्म हुनेछ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षासम्बन्धी तालिमअनुसार चैत १० गते बिहीबार अनिवार्य अंग्रेजी, ११ गते अनिवार्य नेपाली, १३ गते अनिर्वाय गणित, १४ गते अनिवार्य सामाजिक, १५ गते अनिवार्य विज्ञान, १६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १६ गते ऐच्छिक प्रथमपत्रका सबै विषय र १८ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा संचालन हुनेछ

क्रान्तिकारीको अध्यक्षमा हिमाल शर्मा

काठमाडौं २९ मंसीर अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षमा हिमाल शर्मा चयन भएका छन् । शर्मा नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै अखिल क्रान्तिकारीको १८ औं राष्ट्रिय सम्मेलन मंगलबार सकिएको छ ।

ह्याल्मो स्वायत्त क्षेत्र घोषणा

सिन्धुपाल्चोक, २८ मंसिर सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लालाई समेटेर ह्याल्मो स्वायत्त क्षेत्र घोषणा गरिएको छ । ह्याल्मो राष्ट्रिय मुक्ति मोर्चा र ह्याल्मो संयुक्त संघर्ष समितिले सिन्धुपाल्चोकको तिम्बुमा विशेष कार्यक्रम गरी ताम्सालिङ प्रदेश अन्र्तगत हयाल्मो स्वायत्त क्षेत्र घोषणा गरेका हुन ।

नेपाल टेलिकमको सिम अब दुई सय रुपैयाँमा

२६ मंसिर, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलको सिमकार्ड दुई सय रुपैयाँमा उपलब्ध गराउने भएको छ । आउँदो पुस चार गतेदेखि एक सय रुपैयाँको ‘ब्यालेन्स’सहित दुई सय रुपैयाँमा प्रिपेड सिमकार्ड बिक्रीवितरण सुरु गर्ने नेपाल टेलिकमले जनाएको छ ।

नोबेल पुरस्कार विजेता ओष्ट्रम काठमाण्डौंमा

काठमाण्डौं, १९ मंसिर नेपालका तीन जिल्लामा भूमिगत सिंचाइमा भएको सामुदायिक प्रयास र सफलतालाई आफनो शोधको बिषय बनाएर अर्थशास्त्रमा नोबेल पुरस्कार जित्न सफल अर्थशास्त्री एलिनोर लिन अस्ट्रम नेपालको चार दिने भ्रमणमा आइतबार आउनुभएको छ ।

पोखरा सडक महोत्सवको पुस १३ देखि

पोखरा , मंसिर १८ अंग्रेजी नयाँ बर्षको गन्तब्यस्थलका रुपमा चिनाउने र आन्तरीक तथा बाह्य पर्यटककालागि प्रचारप्रसार गर्ने उदेश्यले रेष्टुरेन्ट एन्ड बार एसोसियशनले गर्दै आएको पोखरा सडक महोत्सवको बाह्रौ संस्करण आगामी पुस १३ देखि १७ गतेसम्म हुने भएको छ ।

फागुनपछि राजाका तस्बिर भएका नोट नचल्ने

काठमाडौं ४ मंसीर गभर्नर युवराज खतिवडाले फागुन मसान्तपछि तत्कालीन राजाको तस्बिर भएका नोट बाहिर आउन नदिने बताएका छन्। सरकारले ०६७ जेठपछि यस्ता नोट बजारमा नल्याउन दिएको निर्देशन कार्यान्वयन हुन नसकेको पनि स्वीकार गरे। ब्याङ्कहरुलाई पनि पैसा सटही गर्दा यस्ता नोट ग्राहकलाई नदिन उनले भने।

३ खर्ब ३८ अर्बको बजेट

सञ्जय न्यौपाने काठमाडौ, मंसिर ३ बजेट ल्याउन भएको ढिलाइका कारण 'मुलुकले चुकाएको मूल्य' समेत प्रतिविम्बित हुनेगरी अर्थमन्त्री सुरेन्द्र पाण्डेले करिब ३ खर्ब ३८ अर्ब हाराहारीको बजेट तयार गरेका छन् । स्रोतका अनुसार पुरानै बजेटको तल्लो वर्गलाई छुने खालका केही योजनालाई विस्तार गरेर सामाजिक सुरक्षामा राज्यको उपस्थिति बढाउने कार्यक्रम पनि बजेटमा प्रस्ताव गरिएको छ ।