Air Ticketing in Nepal Contact to Merosindhu.com

मदनआश्रितःदुर्घटना कि नियोजित हत्या

जेठ ३ गते- यति बेलो सरकार र सत्ताकालागि गणितीय जोडघटाउको दौडादौडीमा व्यस्त छ नेकपा एमाले- बल्खुले भने सत्ताको त्यत्रो दौडधुपका बावजुद पनि मदन-आश्रित स्मृती दिवसलाई कतै-कतै भने औपचारिकता दिइयो । आफर ताफरकोबीचमा सम्झेको श्रद्धा गरेको अभिनय सम्मगर्न नसकेको-नभ्याएको एमाले उनै मदन भण्डारीको सिद्धान्तलाई नारा बनाएर २०५१ मा ठूलो पार्टी र यति वेला तेस्रो ठूलो पाटीमा दर्ज हुन सकेको छ ।

सिन्धुमा पर्यटकीय सम्भावना

प्रकाश श्रेष्ठ नेपालमा सयौँ पर्यटकीय क्षेत्रहरु छन् । साथसाथै नयाँ गन्तव्यहरुको खोजी तिनको प्रचारप्रसार र ती नयाँ गन्तव्यहरुमा पूर्वाधारहरुको निर्माण गर्ने काम पनि तीब्र भईरहेको छ । खासगरी अब नेपालमा राजनीतिक स्थायित्व हुने विश्वाससँगै नेपालको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण मानिएको पर्यटन क्षेत्रमा कि्रयाशील संघ÷संस्था र विभिन्न व्यक्तित्वहरु पनि उत्साहका साथ पर्यटकीय विकासको तयारीमा जुटेका छन् ।

अलप हुदैं गरेका सेता छाँयाहरु…।

चौतारा । अड्डाको आसपास रहने भएकोले विविध दृष्यहरुको नजरा हुन्छ । ती दृष्याङ्कहरु केवल घटना मात्र हैनन् । न त नियमितता मात्र । जीवन वाँच्ने क्रममा देखिएका÷देखिने कतिपय दृष्याङ्कहरु मार्ग वोध वनेका हुन्छन् । एक प्रकारले समस्याको समाधान विकल्प वा उत्तरका रुपमा त्यस्ता नजराहरु जीवनधारामा समाहित भएका हुन्छन् ।

शिक्षा, विषको वास र विस्वास

त्यसो त भनिन्छ विस्वासमा विषको वास हुन्छ। शायद त्यसैले हुन सक्छ हामीलाई आफ्नै काविलियत परिश्रम परिवार शिक्षा हुँदै स्यवम् आफू उपर नै विस्वास छैन । चेतनाको पहिलो विन्दु शिक्षा हो । शिक्षामा नै यहाँ विस्वासको अभाव छ । सरकारी र निजी गरी दुई प्रकारको शिक्षा भएको देशमा सरकारी विद्यालयका मास्टरहरुलाई नै सरकारी विद्यालय प्रति विस्वास छैन र त आफ्ना छोरा-छोरीहरुलाई अंग्रेजी वोडिङ् स्कूलमा पढाइरहेका छन् । मुलुकको शिक्षा नीतिको खोखलापना र खैराते विद्यालयहरुको हविगत हामीलाई आफूप्रति विस्वास नहुनुको कारण हो । चेतना चछु नै विषको वासबाट द्रवीत छ ।

सम्झनाको डायरि बाट जनताले जितेको त्यो दिन..........

- हरि कृष्ण न्यौपाने harineupane_3@yahoo.com कुरा २०५४ साल पुस महिना को हो। मेरो महेन्द्र रत्न क्याम्पस ताहचल काठमाण्डौंमा आइ.एड. दोश्रो बर्षको परिक्षा नजिकै आउदै गरेकाले म परिक्षाको तयारीमा ब्यस्त थिए तर काठमाण्डौंमा पुषको जाडो पनि र गाउँबाट एक जनाले गाउँमा चेहेरेबाट ठोकर्पाको बाटो खन्ने तयारी हुदै छ भन्ने खबर सुनाएकोले म सायद पुषको १० गते मेरो घर कालिका-१ पुरानाकोट गएको थिए।

उच्चस्तरीय राजनीति संयन्त्रः लावण्य देशको सेतो हात्ती

मुलुकका ठूलो हिस्साका नागरिकलाई लावण्य देश र सेतो हात्तीको करामत ज्ञात छ । स्कन्द पुराणको केदारखण्डमा अगस्ते मुनीको मुखारवृन्दबाट सत्य युगको लीला वर्णनक्रममा लावण्य देशको चर्चा छ । स्वस्थानीको महिमा रहेको उक्त पुराणमा नवराज नाम गरेको दरिद्र व्राम्हणलाई लावण्य देशको राजाको रुपमा माला-कलश गरि राजा चुन्ने काम सेतो हात्तीले गर्छ ।

आसन्न प्रवेशिका, राजेन्द्रपथ र षड्यन्त्र

दशक लामो समय व्यतित भइसकेको छ -लेखनको । ती दशकहरुलाई फर्केर हेर्दा लेखिएका सबै पंक्तिहरुमा नैराश्यता छ कुण्ठा छ यो भएन त्यो भएन भन्ने गुनासो छ । केवल निराशा छ । भनिन्छ सकारात्मक सोचले जगत सकारात्मक चल्छ 'फूलको आँखामा फूलै संसार' । तर यहाँनेर मेरा-हाम्रा भोगाइहरु मिल्दैन गुनासोमा नैराश्यतामा कुण्ठामा के सकारात्मक सोच मेरा लेखनका दशकमा थुप्रै अनुरोधहरु पाएको छु । लौ न यो चाहि लेख्नुस् भन्ने आवाजहरु अनगिन्ती छन् । ती अनुरोध धेरै वास्तविक छन् र केही हेला खिसीका पनि छन् । हेला र खिसीलाई छाडेर आएका अनुरोधमा नागरिकका पीडा छन् -आक्रोश छन् जसको सुनुवाइ छैन । र मलाई थाहा छ मैले लेखिहाल्दैमा क्यै लछारपाटो लाग्नेवाला छैन । किन पनि भने विवेकहीनहरुले अखबारमा पढेर आफूलाई के सच्याउँलान्

पिस्कर : प्रतिरोधको गाथा

२०६६ पुस ३० - नेपाली जनसंघर्षको इतिहासमा पिस्करको नाम अग्रस्थानमा छ । गरिबी, शोषण र अत्याचार विरुद्ध पञ्चायती क्रूर दमनको पर्वाह नगरी यस क्षेत्रका जनसमुदायले गरेको संघर्षको यो एउटा अभिलेख हो । यसले निराशा, शिथिलता र पञ्चायती कालरात्रिको सामना गर्दै देशभरिकै क्रान्तिकारी जनसमुदायमा संघर्षको नयाँ ऊर्जा थप्ने काम गरेको थियो । तत्कालीन नेकपा -माले) को नेतृत्व र पहल भए पनि वास्तवमा यो सम्पूर्ण प्रजातन्त्र पक्षधर शाक्तिहरूको साझा संघर्ष थियो । देश नयाँ संविधान निर्माण गर्ने प्रक्रियाबाट बढिरहेको छ । ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलनबाट राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । शान्ति प्रक्रियालाई वाञ्छित निष्कर्षमा पुर्‍याउने कष्टसाध्य प्रयत्न भइरहेको छ । प्राप्त उपलब्धिलाई जनता र राष्ट्रको हितमा संस्थागत र सदृढ गर्ने प्रक्रियामा लागिरहेका छौं । साँच्चै भन्ने हो भने यो ऐतिहासिक परिवर्तनको जग पिस्कर लगायत विभिन्न ठाउँमा भएका जनसंघर्ष हुन् । अत्यन्त प्रतिकूल स्थितिमा जेलनेल र गोलीको पर्वाह नगरी आन्दोलनको राँको बाल्ने हिम्मत त्यसबेला नगरेको भए सायद यो परिवर्तन सम्भव हुने थिएन । तसर्थ यस्ता ऐतिहासिक संघर्ष र बलिदानी योद्धाहरूको सम्झना र सम्मान गरिनुपर्छ । यसबाट विमुख भई यथास्थितिको पक्षपोषण गर्नु भनेको ती योद्धाहरूको बलिदानको अपमान र जनआन्दोलनको मूल भावनाबाट विचलित हुनु हो ।

प्रान्तीय राज्यको प्रस्ताव

गहेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष (नेपाल मजदुर किसान पार्टी. सिन्धुपाल्चोक) ऐतिहासिक जनआन्दोलनपछि नेपाली जनताले शान्ति र विकास खोजेका थिए । शोषणरहित समाजको परिकल्पना गरेका थिए । निःशुल्क स्वास्थ्य तथा शिक्षाको बन्दोबस्त तथा व्यक्तित्व विकासमा समान अवसर प्राप्त हुने आशा गरेका थिए । तर आज झन उल्टो असुरक्षा अराजक हत्या हिसंा र शोषण बढेको छ ।

सूचनाप्रविधि र सिन्धुपाल्चोक

- केदार न्यौपाने राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोक जिल्लामा पनि सूचना प्रविधिले विस्तारै बामे सर्न थालेको देख्दा गर्वानुभूति भएको छ । विश्व सूचना प्रविधिको कारण खुम्चिदै गएको अवस्थामा नेपाल भित्रको यस सिन्धुपाल्चोक जिल्ला पनि अछुतो रहने प्रश्नै भएन । राजधानीको आँखै अगाडी रहेको जिल्ला भएपनि भौगोलिक विकटता जिल्ला नेतृत्वको काम गरी हाल्ने तत्परताको अभाव लगायत राज्यको उपेक्षामा परेको कारण विकासीय दृष्ट्रिले पछि परेको सबै सामु घाम जस्तै छर्लङ्ग छ