-
सुर्य प्रसाद न्यौपाने
नेताहरु ताक्छन सधैं, कुर्सी मात्र यहाँ,
देश बिकास गर्नलाई, मतलब छैन यहाँ !
नेताहरु सबै जना, तछाड-माछाड गर्छन्,
कुर्सी पाएनन भने देखी, नेपाल बन्द गर्छन !!
मरुभुमिको यात्री म,सागरको पानी तिमी
मेरो दिलमा लुकी बस्ने,यी आँखाका नानी तिमी!
थाहा छैन किन किन,मन आज बेचैन भाछ
मलाई माया गर्छु भन्ने,म भित्रको जवानी तिमी!
- रामशरण थापा,बतासे-१,सिन्धुपाल्चोक खाएका ति कसमहरु तोद्दै छौ रे तिमी अर्कैसग दिल् चित्त जोद्दै छौ रे तिमी ! दुई मन दुई मुटु एकै भयो भन्थ्योउ हामी मुटु चुँडाइ त्यो मन अन्तै जोद्दै छौ रे तिमी !
यती बढे तिम्रो प्रहार,थेक्नै गाह्रो भो ।
शरीरभरी फोक्कै फोका,सेक्नै गाह्रो भो ।।
अधर भरी पराइ डुल्यो,नजर भरी पर्दा
मनको आँखा उघारेर,देख्नै गाह्रो भो ।।
- बसन्त श्रेष्ठ, जेठल
एकोहोरो बातले पर्छार्छौ भने धित नमरुञ्जेल आकाशबाट चट्टानमा पछार मलाई दुखोस् यो तन र,म बुझ्न सकुँ - पार्वती दंगाल, फटकशीला
- नारायण प्रसाद ढकाल, बाँसवारी ४, ढकालथोक गरिबी, अभाब, अशिक्षासंग अनबरत लडी रहेछ हिजोका सामान्तबादसंग लड्यो आज चेतनाको उज्यालो घर घरमा पुर्याउन लडी रहेछ मेरो सिन्धु।
- बसन्त कुमार श्रेष्ठ मन्दिरमा सजाउनको लागि म फूल हुन सकिन । दोबाटोको सुचनावाचक म तुल हुन सकिन ।।
जीवन बानियाँ कुञ्चोक जुगलको काखमा सिन्धुवासी बाँचेको छ सबैमाथि गर्व गर्दै उही माथि हाँसेको छ पूर्वपट्टि सेतो हिउँ टलक्क टल्केको त्यही हिउँ पानी बनी छलक्क छल्केको
भास्कर श्रेष्ठ, गजल।
सेती हो जिन्दगी कालि हो जिन्दगी
बग्न नजाने गन्धा नाली हो जिन्दगी
पहिरिन्छ माला यहाँ कहिले मोसो दलाउछ
नाली कतै कसैको गालि हो जिन्दगी
- बसन्त कुमार श्रेष्ठ, जेठल गा बि स वडा न ९,सिन्धुपाल्चोक तछाड /मछाड साथ भावनाहरुसग खेल्दै महा-प्रलयमा डुबेको मेरो जिन्दगी घात /प्रतिघातको अनगिन्ती चोटहरु सहदै भुकम्प पछिको अस्त ब्यस्त मेरो जिन्दगी पिर /व्यथाले दबिएर चिच्याउदै सुनामी चपेटामा परेको मेरो जिन्दगी उकुस /मुकुसले ग्रस्त भई रुदै
