Air Ticketing in Nepal Contact to Merosindhu.com

न्यूयोर्कमा सिन्धुभेला सम्पन्न

तेम्बा दोङ्बा ह्योल्मो न्यू योर्क आफ्नो मातृभूमि तथा गृहजिल्ला सिन्धुपाल्चोकबाट धेरै टाडा अमेरिका जस्तो ठाँउमा आएर नयाँ ठाँउको नौलो बातावरणमा कठिन जीवनयापनको बावजुत पनि आफ्नो मातृभूमि तथा गृहजिल्लाको विकासमा केही टेवा पुर्याउन सकिन्छ कि भन्ने पवित्र उदेश्य लिएर सिन्धु यु एस ए वेल फेर सोसाईटीको जन्म भएको थियो ।

अनेसास इजरायल द्वारा भव्यताका साथ भानु जयन्ति सम्पन्न

ईजरायल, पुष्प श्रेष्ठ अन्तराष्टिय नेपाली साहित्य समाज ईजरायल च्याप्टरले बिशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दे जुलाई १७ का दिन १९७ औ भानु जयन्ति सम्पन्न गरेको छ । नेपाली दुताबास ईजरायलका द्धितिय सचिब बिष्णु गौतमको प्रमूख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा यात्राको क्रममा ईजरायल आईपुगनु भएका बिश्व साईकल यात्रि ढाकेश्वर क्षेत्री , एन.आर.एनका महा सचिब दिनेश प्रशाई लगाएत ईजरायलमा रहेका बिभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

मरुभूमिमा बिसे नगर्ची

दिनेश रेग्मी कतार, श्रावण १ समुद्रको मायाले फर्किदै छ फेरि घाम कहिले म फर्किनु दिन-रात कामै काम अरबी सागरको तटीय देश कतारमा 'बिसे नगर्ची' स्रष्टाले यो गीत गाउँदा दिन-रात पसिना चुहाएर काममा खटिने प्रवासी नेपालीले आफ्नै गीत गाएको सम्भिmए । शुक्रबारे छुट्टीको दिन पारेर एउटा नेपाली साहित्यिक संस्था 'नवोदित साहित्यिक वाचनालय' ले आयोजना गरेको समारोहमा कवि/गीतकार श्रवण मुकारुङले यो गीत सुनाएका हुन् ।

मलेसियामा नेपालीद्वारा आत्महत्या

मलेसिया, ३२ असार जोहोरवारुको देशाचेम्वरलाङमा रहेको ज्यायीवीन कम्पनीमा कार्यरत आमचोक-७ इलामका २९ वषिर्य इन्द्र वहादुर खड्काले आत्महत्या गरेका छन् । छ वर्षअगाडि फस्ट ग्रोथ मेनपावर शान्तिनगरवाट रोजगारीको शिलशिलामा मलेसिया आएका खड्काले काम गर्ने कम्पनीमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

युवा सिर्जना समूहको साधारणसभा

दोहा, अषाढ १७ सिन्धुपाल्चोक युवा सिर्जना समूह कतारकोे हालै सम्पन्न साधारणसभाले दसैंको अबसर पारेर जिल्लाको साँगाचोकस्थित जन जागृति उच्च माविमा इलाका स्तरीय हाजिरिजवाफ प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

साउदीमा बेपत्ता भोजबहादुरलाई खोजीदिन अपिल

होम कार्की काठमाडौं, अषाढ १८ १० महिना देखि साउदीमा बेपत्ता सुनसरी पकलीका भोजबहादुर निरौलालाई खोजी गरिदिन परिवारले सबैसँग अपिल गरेका छन् । उनी गएदेखि परिवारको सम्र्पकमा छैन् ।

लिवियामा नेपाली अलपत्र कामदार कुपोषणको सिकार

काठमाडौ, १३ असार लिवियामा चार महिनादेखि अलपत्र १ सय ४ जना नेपाली कामदार कुपोषणको सिकार भएका छन् । स्वस्थकर खाना र बसाइँको अभावमा उनीहरू कुपोषण भएका हुन् । अन्तर्राष्ट्रिय अपवासन संगठन (आईओएम) का अनुसार तीमध्ये १० जना बिरामी र दुई जनालाई शल्यक्रिया गरिएको छ ।

बहराइनस्थित नेपालीबाट सहयोग

काठमाडौं, १३ असार वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका संखुवासभाका रामकुमार गुरुङ्गको परिवारलाई बहराइनस्थित नेपालीबाट ३ लाख ४ हजार ३ सय ७ रुपैया आर्थिक सहयोग जुटेको छ । उक्त रकम तमु समाज बहराइनका महासचिव पदमसुन्दर गुरुङ्गले मृतकका श्रीमती रेबिनालाई राजधानीमा हालै एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

किर्गिस्तानबाट दिल्ली आइपुगे नेपाली विद्यार्थी

दिनेश वाग्ले नयाँदिल्ली, १२ असार डाक्टर बन्ने सपना लिएर किर्गिस्तान पुगेका सुशील बोहराले दुई साताअघि त्यहाँको दक्षिणी भागमा जातीय दंगा फैलिँदा आफ्ना नाक र आँखाको अर्थ बुझे । फरक शारीरिक बनोट भएका किर्गिजहरूले अर्को आकारका उज्वेकहरूलाई कुट्न र मार्न थालेपछि अलपत्र परेका केही नेपाली विद्यार्थीमध्ये उनी थिए ।

कन्टेनरमा शिशु फ्याक्ने महिलाले के भनिन त कुवैतको अदालतमा

केदार नाथ खरेल २१ जून २०१० कुवैत एक साता पहिला नेपाली घरेलु महिला कामदारले बच्चा जनमाएर फोहोर फाल्ने कन्टेनरमा फालेको समाचारले निकै चर्चा पाएको थियो । कुबेतको साबा अल सालेम स्थीत स्पोन्सरकोमा घरेलू कामदारको रुपमा कार्यरत एक नेपाली युबतीले अबैध यौनको परिमाणत जन्म भएको नबजात शीशुलाई फोहोरको कन्टेनरमा फ्याक्ने क्रममा सो स्पोन्सर महिलाले थाहा पाए पछी कुबेत प्रहरीले ति युबतीलाई पक्डाउ गरेको थियो ।