अमित घिमिरे परिवर्तन श्रृंगारिक छ । सहमतिको स्थुलताबाट उठेर राष्ट्रहितका लागि एकमत गर्न नसकेका शक्तिहरु बहुमतको बखेडा खडा गरेर आफु प्रकाशमा अरु छायाँमा पर्ने इच्छामा आशक्त छन् । नयाँ नेपाल निर्माणको फुर्का जोडेर पुरातन चिन्तनलाई जीवन्त राख्दै आपुू र आपुना पछाडिको शक्ति दर्शाउने दम्भमा राज्यसत्ताको बागडोर सम्हाल्ने सुदूर मनोरतीले नै मुलुकलाई अनिर्णयको बन्दी तुल्याइरहेछन् । आफू ठूलो हुने रहर झाँगिदो छ ।
अमित घिमिरे वर्षादका रुन्चे बादलहरु फाटिसकेका र फट्ने क्रममा छ मौसम क्रमशःसफा हुदै गरेको छ र जस्ले आमन्त्रण गरिरहेको छ शरद्कालिन पर्वहरु । नेपालीहरुले लामो समयसम्म हर्षो उल्लासले मनाउने प्रमुख चाड दशै २०६७ संधारमा उभिएको छ । दशैलाई खास गरी असत्य उपर सत्यको जीतका रुपमा अंगिकार गरिदै आएको छ । असत्य उपर सत्यको जीत हुनैपर्दछ । यदि त्यसो हुन सकेन भने संसारको गति उँधोतर्फ ओरालो लाग्छ अराजकताको राज हुन्छ । मुठ्ठीभरका असत्यका धर्मीहरुले आफ्नो अधिपत्य जमाउने छन् ।
अमित घिमिरे दलीय अकरमण्र्डयतामा देश दग्ध भएको छ । मुलुक चलाउनेहरु सत्ताको लोलुपतामा अन्ध भइदिँदा यावत पक्ष ठप्प हुने क्रममा छ । भदौ लाग्दा समेत बजेटको कुनै अत्तोपत्तो छैन । तुलनात्मकरुपमा कृषि क्षेत्रमा सुधार देखिएको छ । मौसमले साथ दिनाले ७०-८५ प्रतिशत सम्म रोपाइँ हुन भ्याएको छ । त्यसो त रोपाइँ मात्र सम्पन्न भएर कृषिमा सुधार आयो-आइहाल्यो भन्ने हैन । गत वर्षको तुलनामा राम्रो मान्न सकिन्छ । र पनि किसानलाई मलखाद कीटनाशक आदि उपलब्ध हुन सकेको छैन ।
अमित घिमिरे
कुरा गत सालको हो यस पल्टको पनि र नजाने अरु कैयन वर्षहरुका पनि हुनसक्नेछ -सदरमुकाम भित्रकै एक विद्यालयको प्रावि कक्षामा पढ्ने विद्यार्थी ' वाह ! भोलि त विदा…। भोलि त विदा' भन्दै रमाउँदै घर फर्कन्दै गर्दा मैले सोधे 'के को विदा कान्छो ' 'खै सरले आउनु पर्दैन भन्नुभएको छ।
भोलि पल्ट केको विदा भने उनै बालबालिका मुखरित दिवस थियो-बाल दिवस । बाल दिवस लगाएत नेपाली भित्तेपात्रोको दिनाङ्कहरुमा थुप्रै पर्व दिवस उत्सव समाहित छन् ।
अमित घिमिरे
सन्दर्भः ४१ औं कञ्चन जन्म दिवस
यति खेर कञ्चनले परिकल्पना गरे जस्तो नयाँ देश बनेन् । जनताको मुक्ति भएन न त गरिबका दिन आए । सत्तालिप्सामा कम्युनिष्ट गैर कम्युनिष्ट सबै मिलेर देश खान लागेका छन् । यस्तो परिवेशमा कञ्चनहरुको आहुती मर्मकस्ले बुझ्ने ।
अमित घिमिरे
हरेक राष्ट्र एवम् मानव समूहमा घनिभूत अर्थ राखेको हुन्छ सुरक्षा निकायले । सुरक्षा निकायका धेरै रुप हुन सक्छन् । तीमध्ये सामाजिक जीवनमा प्रहरी सुरक्षाको स्वरुप प्रयोगात्मक हुने गर्दछ -दैनिक जीवनमा । खासगरी जनआन्दोलन ०४६÷४७ पछाडि प्रहरी मनोबलका हिसाबले नागरिक मर्यादाका हिसाबले खस्कँदै गएको अनि वसन्त क्रान्तिसम्म आइपुग्दा हाउगुजी लाखे मात्र बनेको तीतो यथार्थ हामी माझ रहेको छ ।
अमित घिमिरे
आफ्नो नामको पछाडी जोडिने उपमा आत्मावाट सरोवरित भएर आत्मारती राग द्वोष यावत-यावत जीवन परिभाषा उठेको हुन्छ । हुनसक्छ त्यो क्लिष्ठता देशको प्रतिपारुप नै हुन्छ न कि स्वघोषित ताज। विभक्त वोध चपाईएको जिन्दगी दमित अकथनिय - अव्यक्त एक उफानबाट विभुषित कोरा मान्छे स्वघोषणा गर्छ आफ्नो उपनाम । कैयन नामका पछाडी जोडिएका उपमाहरु मान्छेको व्यवहार पद्धती शैली हुदै भावकता सँग सरोकारित रहन्छ ।
शुद्धर्शन न्यौपाने कालिका- १, पुरानाकोट
एक मान्छे हुन्छ र एक योद्धा हुन्छ,केवल मान्छे मर्दा उसको श्रीमति विधुवा बन्छे,छोराले बार्छ तर योद्धा मर्दा राष्ट्र विधुवा बन्छ र इतिहासले बरखी बार्छ । अहिले राष्ट विधुवा भएको बेला र सिङ्गो राजनैतिक इतिहासले बरखी बारेको बेला संक्रमण कालको मौकामा चौका हान्दै,जनताको खालमा जनवादको डिङ्ग हाँक्दा, प्रजातन्त्रको नाममा राष्ट्रवादको गला रेटदै ...
सन्दर्भः युवा दिवस अमित घिमिरे तिथिमिति बार-गते चाड-पर्व उत्सव आदिको जानकारी दिने हामीले झुण्डाउने पात्रोहरुमा धेरै विषयसंग सरोकार राख्ने दिवसहरु पनि उल्लेख गरिएको हुन्छ । पूर्व-पश्चिम दुवै शास्त्रका मान्यताबाट कतिपय दिवसहरु एकै दिनबारमा राखिएका छन् । साझारुपले सारा पृथ्वीका वासिन्दा र सरकारले औपचारिक-अनौपचारिक त्यस्ता दिवसका कार्यक्रमलाई सार्थकता दिने गरेका छन् ।
अमित घिमिरे
सिन्धुपाल्चोक चौतारा ८
त्यसो त जिल्लास्थित कार्यालयहरुमा कर्मचारीहरुको आउजाउ चलिरहन्छ । यो प्रकृया हो । जिल्लामा आउने कार्यालय प्रमुखहरुले समाजका विभिन्न वर्गको प्रतिनिधिसंग भेट परिचय विचार-विमर्श गर्नु अत्यन्तै आवश्यक रहन्छ । यसै क्रममा जिल्लामा आएका डीएसपीले त्यै भेटघाटको क्रमलाई तीव्र पारेका छन् ।
