पूर्ण बस्नेत/हङकङ, असार १८ - एमाले र माओवादी पोलिटब्युरो तहका नेताहरू संलग्न प्रतिनिधिमण्डलले बेइजिङमा राजनीतिक अधिकारीसँग भेटवार्ता गरेको छ। चीन सरकारका उच्च राजनीतिक सल्लाहकार तथा चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) का उपाध्यक्ष ली जिन्हवासँग टोलीले सोमबार भेटवार्ता गरेको हो। 'नेपालसँग सबै क्षेत्रमा सहकार्य गर्न चाहेको' बताउँदै भेटवार्तामा लीले 'नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने चीनको नीति' दोहोर्याए। प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार चीनको विकासबाट नेपाललगायत छिमेकीले पनि फाइदा लिन सकून् भन्ने बेइजिङको चाहना रहेको उल्लेख गर्दै लीले तिब्बतको मामिलामा नेपालको सहयोगको अपेक्षा राखेका थिए।
सन्तोष थापा, पर्वत, ३ जेठ पर्वतको उत्तरी बनौं गाउँमा वाषिर्क १ करोड रुपैयाँको आलु उत्पादन हुने गरेको छ । आलुबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूको मुख्य पेसा पनि यही नै भएको छ । मगर जातिको बाहुल्य भएको बनौं गाविसको ४, ५, ६ र ७ वडामा आलुको उत्पादन बढी मात्रामा हुने गर्दछ ।
काठमाडौँ, जेठ २९- नेपाल आयल निगमले पेट्रोलको भाउ प्रति लिटर पाँच रुपैयाँ बढाएको छ। अब पेट्रोलको भाउ प्रति लिटर १०२ रुपैयाँ पुगेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।
काठमाडौं, जेठ १३ सूचना तथा सञ्चार मन्त्री अग्निप्रसाद सापकोटाको पद खारेजीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई मन्त्री बनाइएको भन्दै अधिकारवादीहरुको सङ्गठन जवाफदेही तथा निगरानी समितिले उनीविरुद्ध रिट दायर गरेको हो।
काठमाडौं, वैशाख २१ आपसी विवादका कारण लामो समयदेखि मन्त्रीको टुंगो लगाउन असमर्थ भइरहेको माओवादीले आज मन्त्रीको टुंगो लगाएको छ। प्रधानमन्त्री झलनाथ खनाललाई बुझाइएको मन्त्रीको सूचिमा कृष्णबहादुर महरालाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ। महरा नेतृत्वमा सात मन्त्रीको नाम माओवादी प्रधानमन्त्री खनाललाई बुझाएको हो।
ध्रुव दंगाल, सिन्धुपाल्चोक, वैशाख ४ नवनियुक्त अर्थ राज्यमन्त्री ल्हारक्याल लामाविरुद्ध राष्ट्रियता ‘भारतीय' उल्लेख गरी भारतको राहदानी लिएकोसहित १० बुँदे आरोप लगाएर ६ वर्षअघि नै गृह मन्त्रालयमा उजुरी परेको खुलेको छ। यथार्थ बुझेर जानकारी दिन गृहले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई उतिबेलै गरेको परिपत्र बिनाकारबाही थन्काएर राखेको भेटिएको छ। उजुरीमा राष्ट्रियता, नाम, ठेगाना र उमेर ढाँटेर नेपाल र भारतबाट राहदानी, तिब्बती शरणार्थीको परिचयपत्र लिएको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ। उजुरीमा दुबै राहदानी र शरणार्थी परिचयपत्रको प्रतिलिपिसमेत छ। उनले सात वर्षअघि परराष्ट्र मन्त्रालयबाट ११२१५८८ नम्बरको राहदानी लिएका थिए। काठमाडौं-६, बौद्धको ठेगानामा उनले मिस्टर वाङचुक रिम्पोछेको नाममा नेपाली राहदानी लिएका छन्।
दीपेन्द्र बडुवाल भरतपुर, चैत्र २० - बादलले छेकेकाले समता स्कुलमा घाम चर्को थिएन । बाँसको चौघेरा भवनका सबै कक्ष्ाामा पढाइ चलिरहेको थियो । उत्तरी भवन सामुन्ने प्लास्टर गरिएको अग्लो भागमा फुर्र उडेको कपाल, कलेजी रंगको कमिज, नीलो पाइन्ट र चप्पल लाएका विद्यालयका संस्थापक उत्तम सञ्जेलले पलेँटी कसे ।
उपेन्द्र लामिछाने, सिमरा, फागुन २४ - काठमाडौं, मूलपानीका महेश्वर वाग्लेले एकल जीवन बिताउँदै आएकी बुहारी सञ्जुको सोमबार 'कन्यादान' गरिदिए। सञ्जुको माइती बारा सिमरामा आयोजित वैवाहिक समारोहमा सिमरा नरबस्तीका यादव लामिछानेलाई बुहारी जिम्मा लगाएपछि कान्छा ससुरा वाग्लेले बेहुलाका बाबुलाई भने, 'बुहारी होइन, छोरी जिम्मा लगाएको छु, मारे पाप, पाले पुण्य।' दुई वर्षअघि मूलपानीका प्रकाश वाग्लेसँग सञ्जु (अर्याल) को विवाह भएको थियो।
जनक केसी, जाजरकोट माघ २५ - 'दुई सन्तान ईश्वरका वरदान' भन्ने सरकारी नारा फलाक्दै गाउँघर डुल्ने स्वास्थ्यकर्मीकै १९ छोराछोरी रहेछन्। जिल्लाको थालारैकर उपस्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्र्यकर्ता मानबहादुर बुढाथोकीका १२ छोरा र ७ छोरी छन्।
काठमाडौं ८ पुस जनअन्दोलनको उपलब्धिको रक्षा र संघीयता विरोधी अभियानलाई अगाडि बढाउन राष्ट्रिय जनमोर्चाले एक महिने जनअभियानको घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाले पौष १० देखि माघ १० गतेसम्मकोलागी जनअभियानको घोषणा गरेको हो ।
