एक ३० वर्षकी युवतीलाई अपहरण गरेको अभियोगमा प्रहरीले एक १८ वर्षीय युवकसहित तीन जनालाई पक्राउ गरेको छ। बालाजु बस्ने मकवानपुर जिल्ला घर भएका १८ बर्षीय हर्कमान वाईवा सहित २ जनालाई पक्राउ गरेको प्रहरीले बताएको हो । सिन्धुपाल्चोक जिल्ला माइवा गाविस घर भई
सिन्धुपाल्चोक, फागुन २० । सिन्धुपाल्चोकमा घरमै भाँडामा राखेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सानुसिरुवारी गाविस–२ निवासी कल्पना श्रेष्ठकी एक वर्षीया छोरी इन्द्रकुमारीको मृत्यु भएको हो ।
बलेफी, १९ फागुन सवारी साधनको छतमा चढेर सामान चोरी गर्ने एक गिरोहलाई सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेको छ । हिजो साँझ जिल्लाको बलेफि जाँदै गरेको एक जिपको पछाडिबाट ३ बोरा प्याज र आधा बोरा आलु चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
किशमा किशोर, सिन्धुपाल्चोक १७ फागुन । अवैध सामान ओसारपसारमा संलग्न भएर बरामद गरिएका करोडौ मूल्य बराबरका गाडीहरु कवाडी बनेका छन् । समयमै लिलाम हुन नसक्दा जिल्ला बन कार्यालय र जिल्ला प्रशासन कार्यालय परिसरमा रहेका गाडीहरु कवाडी बनेका हुन् । जिल्ला बन कार्यालय सिन्धुपाल्चोकको परिसरमा विभिन्न तस्करीले प्रयोग गरेर बरामद गरिएका गाडीहरु छन् । वन कार्यालयमा रहेका बहुमुल्य गाडीहरु बरामद् गरेर ल्याइएको अवस्थामा छैनन् ।
सिन्धुपाल्चोक, फागुन १२- जिरोकिलो-हेलम्बु सडक खण्डको थाक्ले भन्ने ठाउँमा आज बिहान जन्तीबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, फागुन ८- भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणले गति लिन नसकेकोमा असन्तुष्टि जनाएका छन्। सरकारले मेलम्चीलाई राष्ट्रिय गौरवका आयोजनामा समेटेपछि विभागीय मन्त्रीको नाताले त्रिपाठी पहिलो पटक आयोजनाको कामबारे जानकारी लिन आएका थिए।
सीमामा इन्स्पेक्टर विश्व कार्कीको सरुवा माग्दै स्थानीय व्यवसायीद्वारा चार दिनदेखि बन्द तातोपानी नाका सहमतिमा बुधबार राति १० बजे खुलेको छ। स्थानीय प्रशासन र आन्दोलनकारीबीच राति तीनबुँद सहमतिपछि नेपाल-चीन व्यापारिक कारोबार नाका सञ्चालनमा आएको हो । कार्कीले नाकामा 'अनावश्यक कडाइ' गरेको भन्दै व्यवसायी आइतबारदेखि आन्दोलनमा थिए। उनीहरूले कार्की सरुवाको अडान नत्याग्दा यसअघिका वार्ता विफल भएका थिए। कार्कीको 'ज्यादती' अनुसन्धान गर्न छानबिन
चौतारा गाविस-८ स्थित नेपाल दुरसञ्चार संस्थान शाखा कार्यालयको स्टोर कोठामा फेला परेको बम ०६८ फागुण २ गते चौतारा स्थित गोरखनाथगणका नेपाली सेनाले डिस्पोज गर्यो । सशस्त्र द्वन्द्वको समयमा सेनाले छाडेको सो बम दूरसञ्चारका कर्मचारीले आजै बिहान देखेपछि प्रहरीलाई खबर गरेको प्रमुख जिल्ला अधिकारीकमलमणि काफ्लेले बताए । तार सहितको गोल्टीन बट्टा भीत्र रहेको विष्फोटक बस्तु जस्तो देखिएकोले नेपाली सेनालाई खबर गरेको जिल्ला
नेपाल-चीन व्यापारिक कारोबार हुने उत्तरी सीमा नाका तातोपानीमा 'कडाइ' गरेको भन्दै स्थानीय बासिन्दा प्रहरीविरुद्ध उत्रिएका छन्। आइतबार दिउँसोदेखि स्थानीयले बन्द गरेको नाका यतिबेला ठप्पै छ। टायर बालेर स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्। सीमा प्रहरी चौकी लार्चा नजिक कन्टेनर लगायत सामग्री तेर्स्याएर यातायात आवागमन ठप्प पारिएको छ।
हिजो साँझ साँढे पाँच बजे परेको चट्यांगले सिन्धुपाल्चोकको लिसंखु गाबिस वडा न ९ का ४६ बर्षिय माइली श्रेष्ठको मृत्यु भयको छ । उनको एक छोरा र एक छोरी सहित अरु सातजना बेहोश भयका छन् । घाइते तथा बेहोश हुनेहरुमा
