Air Ticketing in Nepal Contact to Merosindhu.com

को डुल्छ होला?

रामशरण् थापा बतासे-१,सिन्धुपाल्चोक्,हाल्-यु य इ हामी डुल्ने रानीबनमा,ऐले को डुल्छ होला पाखाभरि फुल्थ्योउ हामि,ऐले को फुल्छ होला! अहा! कत्ति मिठा हुन्थे,बात् तिम्रो- मेरो गुरासले सुन्थ्यो तर,ऐले कल्ले सुन्छ होला?

गजल

- राम थापा संविधानको हलो हजुर्!कुन्नि के मा अड्क्यो भन्छन् ख्याल् गर्नु है हर्के दाइ!फेरि बन्दुक्'पड्क्यो'भन्छन्! भोका-नाङा,अशिछीत् र दुखि जनता तड्पीराछ्न् शान्ति आउला भन्दाभन्दै,फेरि त्यो नि'भड्क्यो'भन्छन्!

गजल

एक अंजूली माया दिन्थे जात भिन्ना भिन्नै ! तिमी पर् यौ कूल घरानकी बात भिन्ना भिन्नै मेरो हातको चल्ने भए बांड्थे आधा गास पनि बार्न खोज्लीन चुलो चौको भात भिन्ना भिन्नै

गजल

- राम थापा टाढा छु परदेशमा,चाडै आउनु भन्छिन् प्रीया चुहिन्छ रे पानि घरमा,छानो छाउनु भन्छिन् प्रीया! घास्,दाउरा,मेलापात्,बालबच् चा र घरको काम उकालि र ओरालि अनि,धाउनु कति भन्छिन् प्रीया!

योद्धा

- कला अनुरागी यो गाढा रात र पि्रयतमाका न्याना श्वासहरु । जून पग्लेर झरेका मोतिला शीतहरु र पि्रयतमाका उच्छवासहरु ।

खै त यहाँ लोकतन्त्र

नकुल थापा, बाह्रबिसे-२, ठुलिपलाती हाल - साउदी अरब खै त यहाँ लोकतन्त्र , सामन्तकै खेति भाछ l अढाई करोड नेपालीको, अपूरणीय क्षति भाछ ll नयाँ नेपाल भन्दाभन्दै, देशै डुब्न लागिसक्यो l कुर्सिकैछ लुछाछुडी , नयाँ काम त्यति भाछ ll

गजल

नभुल्नु है अन्तै हजुर; सिउँदो खाली राखेकिछु l हजुरकै बेहुली बन्ने; धोको पाली राखेकिछु ll कहिले आउँछ नौमती र पन्चेबाजा जन्तीहरु l बाटो हेरी प्रतिक्षामा; दिन गाली राखेकिछु ll अघि-पछी जन्तीहरु, अनि हजुर साथ मेरो l कल्पनामा लजाउदै, घुम्टो हाली राखेकिछु ll

स्वार्थी दुनिया

- नकुल थापा स्वार्थी हो यो दुनिया त, बल्ल थाहा पायौहोलाl आफ्नै भन्ने मान्छेबाट, ठूलो धोका खायौहोलाll जुनी-जुनी संगै हुनी, बचाकसम गरे पनि उसै बाट धेरै- धेरै, टाढा हुन चाह्यौहोला ll

राष्टघाती

- भोजराज न्यौपाने म आजदेखि राष्टघाती बने । अमेरिका जाने स्वप्नस्मृतिले गाँजिएर पराईभूमिको सुन्दर सपनामा डुव्दै डीभी भर्न लाम लागिरहेको बेला मैले आफ्नै देशलाई धिक्कारें ।

शुभकामना

आयो आयो दशैँ तिहार भनीकन सबै गर्छन पूजा बन्दना देउसी गित गाएर रमाउछन् सितल पवन मन्दमा छाडेर सब रिसले हीनभइ सदभाब जो लाउछ लक्ष्मी देवी महासरस्वती सबको सुस्पन्दन पाउछ