झट्ट हेर्दा जती मनमोहक लाग्छ सिन्धुपाल्चोक जिल्लाको तौथली गाविसको बस्ती बुझ्दै जादा त्यती नै यसको ऐतिहासिक महत्व रहेको जान्न सकिन्छ । माथितिर शिखरचुलीको डाँडो तलतिर टेकानपुर अनि सुनकोशी नदी उत्तरतिर चीनको भु-भागलाई छुट्टयाउने चाँदीझै टल्किएका सेता हिमाल दाँया बाँया दुबैतिर भोटेकोशीलाई स्पर्श गर्न तम्तयार पहाड अनी जपसिले, बुडाबडी, प्यारछोवा, टक्सीचाको सुन्दर शान्त परिवेश ।
- किशमा किशोर प्रवासी युवायुवती, आधुनिक जीवनशैली बदलि?दो समयसगै सम्पूण्ा तामा पनि हरेकको सोचाइ अपर्ूण्ा, अनि प्रँप्तिमा पनि खड्किरहेको अभाव आधुनिकतातर्फलम्किरहेको वर्तमान युग । यस्तै-यस्तै कारणले मानिसका इच्छा र भावनाहरू चुलिनु कुनै नौलो कुरा होइन । वितिरहेको जिन्दगीलाई मोडी अत्याधुनिक जीवनशैलीमा रम्न चाहने युवायुवतीहरू प्रशस्तै जन्माइसकेको छ यो युगले । मानिस सधैं प्राप्ति चाहन्छ, न त गुमाउनु संसारको नियम नै हो । हा?सोमाथि खुसी र खुसीमाथि सुख खोज्नु मानिसको स्वभाव नै हो । यही कारण आज लाखौं युवायुवती आफ्नो जन्मभूमि छोडी प्रवासिन बाध्य छन् । केही समय मेहनत गरी केही धन आर्जन गरी भविष्यमा सुखस?ग आधुनिक तवरले जीवन बिताउने सुनौलो सपना हृदयभरि संगालेर युवायुवतीहरू विदेशिएका हुन्छन् । घरमा रह?दा दैनिक आधारभूत सामान जुटाउन धौधौ हु?
मेलम्ची । ‘विक्रम संवत् २००९ देखि हामीले खेत कमाउँदैआएका छौँ, तर त्यसको हामीले मोहियानी हक पाएका छैनौँ । न त कुत बुझाएको भर्पाई नै छ ।’ यस्ता समस्या पोख्दै थिए- सिन्धुपाल्चोक बाह्रबिसेका हरि श्रेष्ठ । साहुले उनलाई थाहा नै नदिई खेत बेचेपछि उनी भौँतारिँदै सिडिएफसीको कार्यालयमा गुहार माग्न पुगेका हुन् । यस संस्थाले भूमिसम्बन्धी कार्य गर्दै आएको छ । यसै संस्थाले आयोजना गरेको एक कार्यक्रममा सिन्धुपाल्चोकका सम्पूर्ण कमैयाहरू भेला भएका थिए । सो भेलामा सबैले आ-आफ्नो समस्याहरू पोखेका थिए । त्यस्तै फटकशिला गाविसमा करिब ८२ प्रतिशत -५०० घरधुरी) पशुपतिनाथको गुठी जग्गाले पीडित भएको र उनीहरू वाषिर्क रु. ६५० प्रतिरोपनी गुठी संस्थानलाई बुझाउँदै आइरहेका छन् । फटकशिला गाविसका राजेन्द्र चौलागाईंले करिब ६० प्रतिशत आफूहरूले गुठी संस्थानलाई बुझाउनुपर्ने भएकाले साह्रै पीडित भएको बताउनुभयो । यस विषयमा कुनै पनि राजनीतिक दलहरूले चासो नदिएकोमा आक्रोश व्यक्त गर्दै मनकुमारी थामीले अब आन्दोलनको विकल्प नभएको बताउनुभयो । जिल्लाको हेलम्बु, भोताङजस्ता गाविसहरू गुठीको मारमा परेका छन् भने बाडेगाउँ, भीमटारजस्ता गाविसहरू बगरको जग्गा अन्य व्यक्तिहरूले कब्जा गरेको र उनीहरूको जग्गा कम हुँदा समस्यामा परेका छन् । यस समस्याको समाधानतर्फ विभिन्न सङ्घसंस्थाहरूले मरिमेटेर लागि परेका छन् । राजनीतिक दलहरूले पर्याप्त मात्रामा सहयोग नगरेको उनीहरूको गुनासो रहेको छ । साथै उनीहरूले यही १८ गते मालपोत कार्यालय घेराउ गर्ने बताएका छन् ।
- ध्रुव दंगाल तातोपानी , १३ मंसिर उत्तरी तातोपानी नाकामा चिनियाँपक्षको ज्यादती बढेपछि शनिबार विवाद मिलाउन गएका ट्राफिक प्रहरीका हवल्दार कुटिएका छन् । चिनियाँ ज्यादतीविरुद्ध नेपालीपक्ष प्रदर्शनमा उत्रिएपछि उत्तरी नाका शनिबार दिनभरजसो तनावग्रस्त बन्यो । सामान बोकेर शुक्रबार नेपालतिर आउँदै गरेको कन्टेनर भ्यान चिनियाँ समूहले तोडफोड गरेपछि विवाद बढेको थियो । समझदारी जुटाउन कोदारीस्थित अध्यागमन कार्यालयका अधिकृत दुर्गादत्त ढकालको नेतृत्वमा ट्राफिक प्रहरीका हवल्दार अरुण पाण्डे पनि वार्ताका लागि गएका थिए । तर, बर्दीका प्रहरी पाण्डे कुटिए, त्यो पनि सर्वसाधारणबाट होइन चिनियाँ अध्यागमनका कर्मचारीद्वारा ।
सातादेखिको रुवावासी अझै थामिएको छैन । पिँढींमा बसेर टोलाउँदै गरेका ८७ वर्षे वृद्ध बाबुआमाका आँखा सुन्निएका छन् । वल्लोपट्टी खाटमा बसेका आमा-छोरी अंकमाल गरेर रुँदै छन् । सान्त्वना दिन आउने आफन्त र शुभचिन्तकको उपस्थिति बाक्लिँदै गएको छ । आउने/जाने चलिरहेको छ । सान्त्वना दिन आउनेका मन थामिँदैन र आँखाभरि आँसुलिएर फर्किन्छन् ।
न्देउ माओवादीको अवधारणा अनुसार निर्माण हुन लागेको घुम्ती सडक अन्तर्गत बन्देउ-ढाडखोला सडकखण्डका बासिन्दाहरुलाई उक्त सडक निर्माणले हर्षसँगै विस्मात पनि बनाएको छ । सडक निर्माणले यातायात सुविधासँग सडक दायाँबायाँका खेतीयोग्य जग्गा र खरहरुलाई सडकले असर पुर् याएपछि त्यहाँका बासिन्दाहरुला हर्षसँगै विस्मात पनि भएको हो ।
सहिद स्मृति बहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा रहने गरी गठन भएको नमूना अर्गानिक जडिबुटी उत्पादक कृषक समूहले जडिबुटी खेती सुरु गरेको छन् । फुल्पिङ्गकोट-६ मा रहेको बाँझो जग्गामा गत सालमा सहिद स्मृति बहुउद्देश्यीय सहकारी संस्थामा दर्ता गरिएको उक्त समूहमा माङ्खा-७ र ९ तथा फुल्पिङ् कोट-६ का कृषकहरुको सहभागिता रहेको कृषक समूहले जडिबुटी खेती सुरु गरेको हो । विष्णुप्रसाद आचार्य अध्यक्ष रहेको सात सदस्यीय सो समूहले ६ रोपनी जग्गामा रोजम्यारी लेमन ग्रास तुलसी लगायतका बहुउपयोगी विरुवा रोपेको छ । ती जडिबुटीहरु समुन्द्री सतहबाट १५०० देखि २१०० मिटरसम्मको उचाइमा लगाएमा राम्रो उत्पादन लिन सकिने पूर्व बागवानी विकास अधिकृत वासुदेव कर्माचार्यले बताउँछन् ।
कहाँ कति उत्पादन हुन्छ ? भोटेकोशी जल विद्युत परियोजना ३६ मेघावाट सुनकोशी जल विद्युत परियोजना १०.०५ मेघावाट इन्द्रावती जल विद्युत परियोजना ७.५ मेघावाट सानीमा हाइड्रो पावर १.५ मेघावाट चाकुखोला हाइड्रो पावर १.५ मेघावाट
कालिका ५। यो ठाउँमा पहिलोपटक पुग्नेले ठान्छन् - 'यो कुनै सुकुम्वासीको बस्ती हो', तर वास्तवमा यी टहरा सुकुम्बासीका होइनन् । यी त मेहनत र सामुहिक श्रममा विश्वास गर्ने भन्दै माओवादी पार्टीबाट बनाइएका टहरा हुन् । टहराहरुको बीचमा फहराएको कम्युनिस्ट पार्टीको झण्डाले जनकम्युन शैलीका वस्तीको अभ्यासमा सिन्धुपाल्चोकका माओवादीहरु सक्रिय रहेको आभास समेत दिन्छ । सिन्धुपाल्चोकको कालिका गा.वि.स. वडा नं. ५ मा माओवादीले कम्युन त खोलका होइनन तर उत्पादनमुलक काममा आफ्ना कार्यकर्तालाई लगाएर सामुहिक श्रमको अभ्यास गराउन यी टहराहरु बनाइएका हुन् । यिनै टहराका वरपर छन् -माछापोखरी बंगुरका खोर र बाख्रापालन व्यवसाय । व्यवसाय यति मात्र छैन यहाँ परम्परागत कृषि प्रणाली अन्तर्गत धान मकै र अरु तरकारी बाली समेत लहलह छन् भोटेकोशी नदीको किनारमा ।
- प्रकाश श्रेष्ठ, तौथली ओरियन्ट म्याग्नेसाइट खरीढुंगा, तस्वीरः प्रकाश श्रेष्ठ यो हो सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने ओरियन्ट म्याग्नेसाइट । यसको मुख्य उद्योग दोलखाको खरीढुंगा अनि सिन्धुपाल्चोकको लामोसांघुमा रहेको छ । अन्य २ ठाँउ सिन्धुपाल्चोकको तौथली र टेकानपुरमा यस उद्योगको सब-स्टेशन रहेको छ । करीब १४ बर्ष देखी अलपत्र परेको यो उद्योग साचालनमा आउने न कुनै छाटकाट छ न त किहंबाट पहल नै गरीएको छ । यो उद्योग साचालन हुँदा त्यहाँ भएका विषेश प्रकारका ढुंगा खरीढुंगा लगाएत विभिन्न खनिज पदार्थहरु खरीढुंगाबाट मुडे डांडापाखर थुमपाखर खाडीचौर हँुदै लामोसाँघुमा पुग्न करीब ३५ देखि ४० किलोमिटरको मोटरबाटो पार गर्नुपर्दछ । जसले गर्दा ढुवानी खर्च बढी लाग्ने तथा समय पनि बढी लाग्ने गर्दछ । तर खरीढुंगाबाट तौथली टेकानपुर हुदै सिधै ओरीयन्ट म्याग्नेसाईटको रोप-वे बाट सिधै सम्पर्क हुन सके छिटो छरितो र सुलभ रुपमा काम गर्न सकिन्थ्यो ।
