प्रेम लामा दोहा कतार । मे ६ २०११ का दिन दोहास्थित होमल्याण्ड रेष्टुरेण्टमा सम्पन्न नेपाल प्रवासी तामाङ समाज कतारको चौथो अधिवेशनले अध्यक्षमा पुनः शंखलाल तामाङलाई निर्विरोध चयन गरेको छ । ‘तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण’भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा कुमार मोक्तान तामाङ द्धितिय उपाध्यक्षमा रमी मोक्तान तामाङ, महासचिवमा माइला वाईवा तामाङ सचिवमा सुशिल तामाङ कोषाध्यक्षमा राज कुमार तामाङ र सहकोषाध्यक्ष रोशन दोङ तामाङ निर्वाचित भएका छन् ।
- कला अनुरागी पछिल्लो समय विश्वमा पश्चिमा मुलुक र विशेष गरी अमेरिकी दादागिरीविरुद्ध संघर्ष प्रत्यक्ष वा परोक्ष रूपमा भइरहेकै छ । कुनै पनि ढंगले विश्वमा आºनो साम्राज्य स्थापित गर्न दीर्घकालीन रणनीति तय गरेर अगाडि बढिरहेको अमेरिकालाई पुजीवादी अर्थनीतिले निकै भरथेग गरेको थियो । तर पछिल्लो समयमा आर्थिक मन्दी पैदा भई प“ुजीवादी अर्थनीति असफलसिद्ध हुदै जादा अमेरिका निकै गम्भीर संकटमा परिरहेको छ ।
जर्मनी मार्च, १३ गत साता विभिन्न जर्मनी पत्र-पत्रिकाहरुको समाचार अनुसार निडरजक्सन क्षेत्र अन्तर्गत गिफ्होर्न शहरमा १ मार्चका दिन एक नेपालीले रेलको लिकमा सुतेर आत्महत्या गरेको छन् । गैरआवासीय नेपाली संघका अनुसार लामो समयको टेलिफोन सोध-पुछ पश्चात आत्मदाह गर्ने व्यक्ति नेपाली नै भएको नेपाली दुतावासबाट पनि पुष्टि हुन आएको छ जस अनुसार, मृतक १५ बर्षदेखि जर्मनीमा रहँदै आएको र शुरुको बसाइ नेपाली परिचयमा नभएको गत बर्ष मात्रै नेपाली नागरिक भएको खुल्न आएको बर्लिन अवस्थित नेपाली दुतावासबाट जनाइएको छ ।
बालकृष्ण घिमिरे, कुवेत,मार्च-११-२०११, कुवेतमा लामो समयको पर्खाइ पछी एम्नेस्टी (आममाफी) अर्थात इलिगल खुलेको छ। गत १ तारिख बाट इलिगल खुलेको भएपनी इलिगल खुले पछी घर अथवा नेपाल पठाउन सहयोग गर्ने नाममा महिनौ पहिला देखी पैसा लिने र दिने काम भएको बुझिएको छ |
ऋषि आचार्य, सिड्नी, माघ २६ अस्ट्रेलिया सरकारले सुश्री ईन्द्र वनलाई 'अर्डर अफ अस्ट्रेलिया' पदवीले सम्मान गरेको छ। नेपाली समुदायको सेवामा सक्रिय रहेको भन्दै वनलाई पदवि दिने घोषणा अस्ट्रेलिया दिवस जनवरी २६ मा गरिएको हो। ३५ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी वन यो तहको पदवि पाउने पहिलो नेपाली हुन्।
बिनोद घिमिरे, योगेंद्रमिलन छन्त्याल ३१ जनवरी, लिस्बोन रोजगारीको शिलशिलामा पोर्चुगलमा बसोबास गर्ने साहित्य अनुरागीहरुको बृहत भेला गैर आवाशीय नेपाली संघ पोर्चुगलको लिस्बोन-रोसियो स्थित कार्यालयमा आइतवार सम्पन्न भएको छ। भेलाले यहाँ रहेका साहित्यिक गतिविधिलाई सबैतिर प्रशारण गर्न र एउटा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नका लागि अर्को भेलाको आयोजना गरी एक समिति गठन गर्ने निर्णय गरेको छ ।
मलेशिया, २३मंसिर क्वालालम्पुर, सिन्धुपाल्चोक घर भएका बर्ष २८ को तेज बहादुर तामाङ मंगलबार बिहान कोतारायास्थित द खुकुरी रेष्टुरेण्टमा सुतेको सुत्यै भएका छन् । तामाङको अन्दाजी चार बजे बिहान मृत्यु भएको हुन सक्ने बताइएको छ । उनी कम्पनी छाडेर द खुकुरी रेष्टुरेण्टमा कार्यरत थिए ।
राजेश कोइराला अमेरिका -, १ आश्विन शारिरीक तथा मानसिक विकास नभएका व्यक्तिहरु हेर्ने संस्थामा उत्कृष्ट काम गरेवापत अमेरिकाभरबाट पुरस्कृत हुने ४९ राज्य र वासिंगटन डिसिका ४० जनामध्ये न्यु ह्याम्सर राज्यको म्यानचेस्टरका डम्बर कडरिया पनि परेका छन् । उनले उक्त पुरस्कार मंगलबार, सेप्टेम्बर १४ मा वासिंगटन डिसिमा पाए । पुरस्कारमा सिल्ड, प्रमाणपत्र र उपहार समावेश छ ।
तोया दाहाल, कुवेत, ९ भदौ नेपाली दुतावास कुवैतले बुधबार एक विज्ञप्ति प्रकाशित गरी हराएकी महिला खोजीका लागि सुचना जारी गरेको छ । २००६ मा रोजगारीको शिलशिलामा दिल्ली हुदै कुवैत आएकी सिम्पल काभ्रे स्थित बेसरी २ सिन्धुपाल्चोक घर भएकी महिला समाई लमिनी हराईरहेको जनाएको छ ।
४५ जना नेपाली बिचल्लीमा परेको समाचार यूएईमा नेपालीहरूबीच चर्चामा रहेकै बेला शारजाहको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रूपमा काम गर्ने दुई नेपाली महिला भागेर सहयोगका लागि समाजसेवीहरूलाई गुहारेकी छन् ।
