Air Ticketing in Nepal Contact to Merosindhu.com

पर्यटन वर्ष र निगमको नाकारीपन

अमित घिमिरे सिन्धुपाल्चोक चौतारा-८ पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको ुएयर बसु प्रकरणको कोहोलो भएको छ । करिब एक वर्ष अगाडि दुईवटा एयर बस किन्न वायु सेवा निगमका कार्यकारी निर्देशक सुवोधरत्न कंसाकारलाई खरिद वार्ता गर्ने अख्तियारी दिईएको तर कंसाकारले बैना भुक्तानी नै गरेपछि सो प्रकरण बाहिर आएको हो ।

हो, म प्रतिगमनकारी हुँ

अमित घिमिरे विद्यालयको जयन्तीको वहानाबाजीमा असक्षम राजनीतिकर्मीलाई केवल नेता नै भएको कारणले षेडोशोपचार गर्नु हुन्न । जुनकुनै पनि दलका हुन् यो आलेख तयार पार्दाका क्षणसम्ममा नेताले नेता कहलाउन योग्य कार्य जनताले दिएको संविधान निर्माण शान्ति प्रकि्रया गरेका छैनन् । आरोप-प्रत्यारोपमा आफु शक्ति सम्मत हुने तिकडमबाजी र सत्ताको वृत्तमा -याल काढेर तीसौं हजार नागरिकको बलिदानको खिल्ली उडाएका मात्र छन् ।

सिन्धुको फर्जी साहित्य इतिहास, अब पाठक बोल्ने समय आएको छ

अमित घिमिरे जिल्लाको साहित्यको सन्दर्भमा विषय उठान गर्नुपूर्व यसको संक्षिप्त इतिहास जान्नु श्रेयस्कर हुन्छ । स्मरण रहोस् जिल्लाले लिखित रुपमा औपचारिक साहित्यको थालनी वि।सं। १९६६ बाट भएको प्रमाण छ । वि.सं. १९६६ मा विवाहलिला अनुमहाकाव्य कविता गुच्छहार मौलिक महाकाव्य क्रमशः रेवतीरमण न्यौपाने र देवीदत्त पराजुलीबाट लेखनी भएको हो ।

विद्यालय जयन्तीको चटारोः लाभान्वीत को

अमित घिमिरे जब हाम्रा विद्यालय स्थापना भएका थिए - त्यतिवेलाको समय निकै पृथक थियो । यस्तो सम्मको कालखण्ड थियो कि विद्यालय स्थापना गर्नेहरुलाई सरकारले खोजेरै कैद गर्ने वा दण्डित गर्ने समेत गरेको इतिहास छ । यिनै आरोह- अवरोह पार गरेर आज हामी यो समयको संघारमा उभिएका छौं । यति बेला वजेटको ठूलो हिस्सा शिक्षामा छ र सरकारी नीतिमा नै सबैजनालाई साक्षर तुल्याउने रहेको पनि छ । आशातीत सफलता नहोला ।

रुवेल, पारस प्रकरण र पाठ

अमित घिमिरे, चौतारा-८ सिन्धुपाल्चोक एउटा लोकउक्ती छ ुनेपालको कानून दैवले जानूनु । यस्ता पुराना र पाखण्ड कुराको चरितार्थ नयाँ नेपालमा हुनुहुन्न थ्यो तर छ । उहिले त तानाशाहहरुको सिकंजमा कैद थियो कालखण्ड सत्ता र स्वतन्त्रता । नागरिक रैती र प्रजा थिए अनपढ र गवार थिए- भनौला रे ! किन्तु आज त जमाना डिजिटल प्रविधिको भएको छ चेतना सूचना ज्ञान अब कसैको पारिवारीक पोल्टामा कैद रहेको अवस्था छैन ।

अमूर्त फैसलाः आफू अनुकूल व्याख्या

अमित घिमिरे माधवकुमार नेपालको सरकारले राजिनामा दिएपछि चलेको प्रधानमन्त्रीको निर्वाचन जव अस्वभाविक लम्विदै गयो तव सर्वोच्चमा अदालतमा रिट पर् यो । सो रिट उपर सर्वोच्चले अदालतले कार्तिक २४ मा आदेश गर् यो-आदेशको पेटवोली ‘चलिरहेको प्रमको निर्वाचन प्रकृया खरावु भन्ने हरेको छ ।

खानेपानीमा राजनीतिः केही सवाल

अमित घिमिरे जिम्मा र जिम्मेवारीको सवाल उठ्दा- दलहरुकै अधिनमा रहेको शान्ति समिति लठपत्र छ । पीडितहरुको आशाको त्यान्द्रो छिन्न लागिसकेको र पनि दलहरुप्रति अझै विस्वस्त छन् । दलहरु भने साँढेको के जाति…कहिले झर्ला र खाउँला भनेर जम्बु स्यालले मलखाडी कुरे झै ढुकेर मात्र बसेका छन् ।

बेग्रल्ती बैंकः लाभान्वित होलान् त नागरिक?

अमित घिमिरे आज जिल्लामा बैंकहरुको स्थापना क्रम तिव्र रहेको छ । सम्पूर्ण सरकारी कारोवार गर्ने पुरानो बैंक नेपाल बैंक अनि स्वामित्व आधांश सरकारी भएको कृषि विकास बैंक सहकारी-ऋण तथा वचत समूह आदि इत्यादि दर्जनौ दर्जनको संख्यामा पूँजि सङ्कलन तथा कर्जा प्रवाह गर्ने प्रदायकहरुका रुपमा रहेका छन् - त्यसका अलावा नीजि क्षेत्रका बैंक धमाधम स्थापना भई आधा दर्जनमा पुग्ने क्रममा छन् । निश्चित रुपले यो प्रतिश्पर्धा सेवाग्रहीको हकमा हितप्रद हुने नै छ ।

पर्वको अतिरञ्जन र अपव्याख्या नगरौं

अमित घिमिरे २०६७ को विजयादशमीलाई मैजारो गरेका छौं । यो सालको विजयादशमीमा पनि कुनै नवीनतम् एवम् विजयार्थ हुने काम-कार्य भने भएनन् । उही पुरातन ढोङ्ी संस्कारलाई निरन्तरता दिइयो । मानवीय बन्न सकेन २०६७ को दशैं पनि । रक्तकुण्डले घर-घरका आँगन लतपतिए । अवोध पशुलाई रेटेर मान्छेले मोज गरे । आधुनिक मान्छेलाई मासु र मदिराले बढी नै गाँजेको पाइयो ।

दशैंको आर्शीवाद समयानुकुल परिमार्जन पो गर्ने कि?

अमित घिमिरे सनातनदेखि दशै मनाउदै आएका छौं । केहि त्यस्ता चाड पर्व र उत्सवहरु छन् जस्लाई हामीले निरन्तरता त दिएका छौ अपितु त्यस निरन्तरता भित्रको क्लिष्टतालाई अमानवियता असान्र्दभिकता एवम् अवैज्ञानिकतालाई भने संसोधन गरेका छैनौं । जस्तै हरेक वर्ष माघ शुक्ल पूर्णिमादेखि स्वस्थानी घरघरमा पढ्छौं । वर्षौ सम्म उही एक कृति पढ्नुको अर्को विकल्प ठान्दैनौ । पढ्नु नै छ त हरेक वर्ष नयाँ-नयाँ कृतिलाई पढिएमा थप कुराको ज्ञान र बोध त हुने थियो ।