माघ ७ । काठमाडौ – सरकार र तराइमा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गरिरहेको अखिल तराई मुक्ति मोर्चाबीच आज वार्ता भएको छ । सप्तरी जिल्ला विकास समितिको कार्यालयमा भएको वार्तामा छ बुँदे सहमति गरी मोर्चाले शान्तिपुर्ण राजनीतिमा आउन प्रतिबद्धता जनाएको बताइएको छ । सरकारी वार्ता टोलीकी संयोजक शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीको टोलीसँग मोर्चाका तर्फबाट उपाध्यक्ष अजित सिंह नेतृत्वको टोलीले वार्ता गरेको हो ।
मङ्सिर २ - जनसेनाको सर्वेक्षण र पुनःवर्गीकरण गर्न खटिएका सेना समायोजन विशेष समितिका प्राविधिक टोलीहरुलाई सबै शिविरहरूमा भब्य स्वागत गरिएको छ । बुधबार रा बिहीबार शिविरमा पुगेका प्राविधिक टोलीहरूलाई जनसेनाहरूले स्वागत गरेका हुन् । बुधबार राजधानीबाट शिबिरतर्फ हिडेका टोलीहरू राजधानी नजिकैका चितवन, सिन्धुली र नवलपरासीमा बुधबार राती नै र टाढा रहेका कैलाली, सुर्खेत, रोल्पा तथा इलाममा बिहीबार पुगेका छन् ।
कार्तिक ३०/काठमाडौ - जनसेना पुनवर्गीकरण प्राविधिक टोली आज जनसेनाका मुख्य शिविरहरूमा जाँदैछ । सेना समायोजन बिशेष समिति सचिबालय मातहतका २ सय १० सदस्यीय सर्वेक्षण टोली भोलिसम्म शिविरहरू पुग्ने सचिवालयले जनाएको छ । विशेष समितिको कार्तिक २८ गते बसेको बैठकले सर्वेक्षण टोली आजबाट शिविर पठाउने निर्णय गरेको थियो ।
कार्तिक २०/काठमाडौँ माओवादी जनसेनाहरुको रेखदेख, समायोजन तथा पुनर्स्थापनासम्बन्धी छलफल गर्न सेना समायोजन विशेष समितिको बैठक आज पनि बस्दै छ । प्रमुख तीन दल र मेधसीमोर्चाबीच गत मंगलबार शान्तिप्रक्रिया अघि बढाउने वियषयमा सातबुँदे सहमति भएपछि विशेष समिति बैठक बस्न लागेको यो तेस्रो पटक हो । बैठक अपराहृन ५ बजे समितिको सचिवालय नयाँबानेश्वरमा डाकिएको छ ।
भक्तपुर, असोज २९- 'दोहोरो सुरक्षाका लागि कन्डमको सही प्रयोग गरौँ' भन्ने नाराका साथ मनाइएको १७ औँ राष्ट्रिय कन्डम दिवसको अवसरमा शनिबार भक्तपुरमा १५ हजार थान कन्डम निःशुल्क वितरण गरिएको छ। जिल्ला एड्स समन्वय समिति भक्तपुरका प्रमुख शङ्कर बस्नेतले यस वर्ष बिनाहिच्किचाहट विवाहिता तथा अविवाहित युवतीहरुसमेत आएर कन्डम लैजानुका साथै यौन रोगबारे जानकारी लिएको बताए।
२५ भदौ शुक्रबार दिउँसोबाट सार्वजनिक सम्पर्कबिहीन हुनुभएका माओवादी अध्यक्ष प्रचण्ड आज दिउँसो बिराटनगरस्थित विमानस्थलमा सार्वजनिक हुनुभएको छ । तीन दिनसम्म उहाँ कहाँ हुनुहुन्थ्यो भन्नेचाहिँ अझै खुल्न सकेको छैन । तर, उहाँले आफ्नो भ्रमण गोप्य नभएको उल्लेख गर्नुभएको छ ।
काठमाडौं, भदौ १६ । सेना समायोजन विशेष समिति मातहत माओबादी शिविरका हतियार भण्डारण गरिएका कन्टेनर ल्याउने भनि गरिएको निर्णयप्रति असन्तुष्ट बनेको उपाध्यक्ष मोहन वैद्य पक्षले निकालेको विज्ञप्तिप्रति माओबादीले स्तब्ध भएको जनाएको छ । सेना र हतियार विशेष समिति मातहात आउने केन्द्रीय समितिको सर्वसम्मत निर्णय भएपनि सो निर्णयको बर्खिलापमा वैद्यले विज्ञप्ति प्रकाशित गरेपछि माओबादी अध्यक्ष प्रचण्डले बिज्ञप्ति प्रकाशित गरि यसको विषयमा थप स्पष्ट पारेका छन् ।
सानोठिमी १२ साउन
कक्षा १२ को परीक्षाफल साउन महिनाभित्रै सार्वजनिक भइसक्ने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । कक्षा १२ को परीक्षाफल साउन महिनाभित्रै सार्वजनिक भइसक्ने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।
दिलीप पौडेल, बाग्लुङ, साउन १० बिहे गर्ने आश देखाएर प्रेमीले शारीरिक सम्पर्क राखे। पछि बिहे गर्नु त कता, उल्टै दलित भन्दै हेप्न थालेपछि पर्वत बराचौर- ६ की सुनिता नेपाली बिचल्लीमा परिन्। तिनै सुनिताले ६ वर्षपछि बल्ल न्याय पाएकी छिन्। सोही गाउँकै वडा नम्बर ७ का सोमबहादुर खत्रीसँग प्रेम गरेकी सुनिताले २०६२ मा छोरो पाएकी थिइन्।
३१ असार, काठमाडौं । शान्ति र संविधान निर्माणलाई प्रमुख प्राथमिकता दिइएको आगामी आर्थिक वर्ष २०६८।६९ का लागि प्रस्तावित बजेट ३ अर्ब ८४ अर्ब ९० करोड रुपैयाँको छ । जसमा चालु खर्च रु. २ खर्ब ६६ अर्ब ६१ करोड अर्थात ६९.२७ प्रतिशत, र पूँजीगत खर्च रु. ७२ अर्ब ६१ करोड अर्थात १८.८६ प्रतिशत छ । आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको बजेटमा कूल विनियोजन मध्ये विकास कार्यक्रमका लागि रु. २ खर्ब ०२ अर्ब ५६ करोड अर्थात, ५२.६२ प्रतिशत र साधारण प्रशासन तर्फ रु. १ खर्ब ८२ अर्ब ३४ करोड अर्थात ४७.३८ प्रतिशत प्रस्ताव गरिएको छ ।
