Air Ticketing in Nepal Contact to Merosindhu.com

मध्यभोटेकोसी जलविद्युत् आयोजना सुरु नहुदै स्थानीयको विरोध

स्थानीय बासिन्दाहरुको समेत लगानीमा सिन्धुपाल्चोकमा निर्माण हुन लागेको हालसम्मकै ठुलो जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयले व्यापक विरोध गरेपछि आयोजनाको भविष्य अन्यौलमा परेको छ । चिलिमे जलविद्युत आयोजनाको अग्रसरतामा निर्माण हुन लागेको १ सय २ मेघावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट प्रभावित गाती, मार्मिङ, मानेश्वार लगायत

कमाउन गएकी चेलीको पैसा हैन, शव आयो

ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत ९- सिन्धुपाल्चोककै लोकगायक घमेश दुलालको स्वरमा गुन्जने '....मरे चिठी धागोले बाँधेको बाँचे होला भेट' बोलको गीतले अझै परदेशीयकाका आफन्तको मन कुँडिन्छ। यो कस्तो संयोग! गीत जस्तै कमाउन साउदी अरब गएकी लक्ष्मी खड्का गुरुङ फर्केर त आइन्, तर शव बनेर। राम्चे-७ की २४ वर्षीया लक्ष्मी गत पुस १५ गते मात्र आठ वर्षे बालक छोरालाई श्रीमानको जिम्मामा सुम्पेर

तीन दाजुभाइ मिलेर एक व्यक्तिको हत्या

८ चैत,सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको थाडपाधापमा तीन जना दाजुभाई मिलेर एक व्यक्तिको हत्या गरेका छन् । सोही ठाँउमा बस्ने काले नेपालीलाई सानुबाबु नेपाली, केशव नेपाली र दिनेश नेपाली मिलेर हत्या गरेका हुन। तीन जना हत्यारा दाजुभाइ हुन् । उनीहरुले हत्या गरेर

चिट चोराउन नपाएको भन्दै नाराबाजी

मंगलबारदेखि सुरु भएको प्रवेशिका परीक्षामा चिट चोराउन नपाएको भन्दै सिन्धुपाल्चोकको सरस्वती उच्च मावि भोटेचौर परीक्षा केन्द्रमा अभिभावकहरुले केन्द्राध्यक्ष र प्रहरी विरुद्द नाराबाजी गरेका छन् । अभिभावकहरुले परीक्षा कडा भएको भन्दै केन्द्रमा केही समय नाराबाजी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बसन्त कुमार लामाका अनुसार केही समय तनाव भएपनि पछि अभिभावकहरुलाई सम्झाएपछि

सिन्धुपाल्चोकमा संयुक्त लालपूर्जा वितरण

सिन्धुपाल्चोकका विभिन्न गाउका ७० परिवारले संयुक्त लालपूर्जा पाएका छन् । जिल्ला भूमिअधिकार मञ्च, सिन्धुपाल्चोकले मेलम्चीमा एक समारोहको आयोजना गरी किउलर्,र् इचोक, बाँडेगाउँ, भीमटार, नवलपुर, फुल्पिङकोट र राम्चे गाविसका ७० परिवारका पति पत्नीलाई अभिनन्दन गरी संयुक्त -पति र पत्नीको सगोल) लालपूर्जा वितरण गरिएको हो । संयुक्त लालपूर्जा वितरण गर्दै सभासद उषाकला र्राईले अभियानले गुमनाम महिलाहरुलाई पहिचान दिलाएको र महिलाको वास्तविक मुक्तिका लागि भूमिमा स्वामित्व बढाउने अभियान

सुत्केरी महिलाको आफ्नै पतिद्वारा हत्या

सिपापोखरे गाविस-७ की तीन महिने सुत्केरी २२ वर्षीया शर्मिला भट्टराईलाई ०६८ चैत ४ गते विहान आफ्नै पति २३ वर्षीय सुदिप भट्टराईलेघाँटीमा तताएको रडले डामेर हत्या गरे । हत्यापछि आफ्नै घरको बुइगलमा झुण्ड्याएको अवस्थामा लाश फेला परेको थियो । पीडकका भाई उदिप भट्टराई र आमा देवी भट्टराईलाई समेत तीनजनालाई प्रहरीले चैत ४ गते दिउँसो गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयचौतारामा अनुसन्धानको लागि हिरासतमा राखिएको छ भने पीडितको लाश पोष्टमार्टमको लागी मेलम्ची प्रथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

चाइनिज रकमसहित पक्राउ

मांखा–९ अरनिको राजमार्गस्थित सशस्त्र बेश क्याम्पको चेकपोष्टमा काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको ना.२ च ३६३६ नम्बरको जिपमा चेकजाँच गर्दा अबैध रुपमा लुकाई छिपाई चाईनातर्फ लैजादै गरेको चाइनिज रकम (घोर्मु) १ लाख ५० हजार रुपैयाँ सहित घुम्थाङ–४ बस्ने १७ वर्षीय सुनिल श्रेष्ठ समेतलाई आज १०:५५ बजे नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दस दिनपछि बराम्चीले उत्पादन थाल्यो

६ बुँदे सहमतिपछि १० दिनदेखि बन्द बराम्ची जलविद्युत आयोजनाले उत्पादन थालेको छ। १२ बुँदे माग राख्दै स्थानीयले सिन्धुपाल्चोकको मध्यक्षेत्रको बराम्चीमा रहेको ४.२ मेगावाटको यो आयोजनाको इन्टेक बन्द गरेर उत्पादन रोकेका थिए। स्थानीय प्रशासनमा सुरक्षा अधिकारी, आयोजना पक्ष र स्थानीयबीच भएको वार्तामा सहमति जुटेको हो। वार्तामा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाका अनुसार बराम्ची-हाप्रा-हगाम सडक मर्मतका गर्न

सरकारी विद्यालयमा तिब्बती लिपि अध्यापन

तिब्बती लिपि अध्ययन गर्न अब बुद्ध धर्मका अनुयायी नै हुनु पर्दैन । यहाँको एक सरकारी विद्यालयले प्राथमिक तहका सबै बालबालिकालाई तिब्बती भाषा पढाएर नौलो काम थालेको छ । कक्षा २ का आयुष बजगाईंले भने, 'तिब्बती लिपि लेख्न र बोल्न कठिन छैन । सबै अक्षर चिनेँ, राम्ररी पढ्न सक्छु ।' पर्यटकीय गाउँ हेलम्बुको मेलम्चीघ्याङ माविका बजगाइर्ं तिब्बती पढ्ने

चालिसेको जीवन बचाउ अभियानमा पत्रकारहरु

दुवै मृगौला काम नलाग्ने भएर मृत्युसँग संघर्ष गरिरहेका श्रमजीवी पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सम्पूर्ण पत्रकारहरुमा सहयोगको अपिल गरेको छ । महासंघ केन्द्रिय समितिले चलाएको 'रमेश चालिसे बचाउ अभियान' मा सिन्धुपाल्चोक शाखाले सहकार्य गर्दै जिल्लाका पत्रकारहरुसमक्ष सहयोगको अपिल गरेको हो ।