Air Ticketing in Nepal Contact to Merosindhu.com

भौगोलिक अवस्थिति

नेपालको कुल क्षेत्रफलको १.७३ प्रतिशत भूभाग ओगट्ने सिन्धुपाल्चोक मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने १९ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला हो। देशीय मानचित्रमा २७.३४ डिग्री देखि २८.१२ डिग्री उत्तरी अक्षांश र ८५.२६ डिग्री देखि ८६.४ डिग्री पूर्वी देशान्तरका बीचमा फैलिएको यो जिल्लाको कुल क्षेत्रफल २५४२ वर्ग किमी छ।

परिचय

नेपालको कुल क्षेत्रफलको १.७३ प्रतिशत भूभाग ओगट्ने सिन्धुपाल्चोक मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने १९ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला हो। वाग्मती अञ्चलमा पर्ने एक उच्च पहाडी जिल्ला सिन्धपाल्चोकको नामाकरण सिन्धु र पाल्चोक नाम गरेका दुइ थुम मिलेर भएको भन्ने जनविश्वास पाइन्छ। राजधानी काठमाडौंबाट उत्तरपूर्वमा पर्ने यो जिल्लाले नेपाल र चीनलाइ मितेरी साँघुले जोडेको छ। चौतारा यस जिल्लाको सदरमुकाम हो।