Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

व्यवसायीका हक हित र नेपाल चीन ब्यापार प्रवद्धनका लागि विशेष पहल हुनेछः नर बहादुर नेपाल (विष्णु)

2018-02-10 11:20:09 | मेरो सिन्धु

नेपाल–चीन व्यापार व्यवसायीहरुको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघको १८ औँ साधारण सभा यही माघ २८ गत हुन गईरहेको छ । यस १८ औँ साधारण सभाले नयाँ कार्य समिति छनाैट गर्नेछ ।  कार्यसमितिमा जानका लागि विभिन्न व्यवसायीहरुले विभिन्न पदमा आफ्नो उम्मेद्वार दिएका छन् । यसै सन्दर्भमा मेरोसिन्धु डटकमले नेपाल  हिमालय सीमापार वाणिज्य संघको  कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेद्वारी दिनुभएका सिन्धुपाल्चोक जिल्ला, लिसंखु–पाखर गाउँपालिका वडा नं. ३ का जुजारु युवा व्यवसायी श्री नर बहादुर नेपाल (विष्णु) संग कुराकानी गरेको छ ।

कस्तो चल्दैछ कार्यसमितिमा छनाैटका लागि तपाईको गतिविधि ?

म लगायत मेरा अन्य व्यवसायीहरु साथीहरुसँग मिलेर यस १८ औ साधारण सभाको चुनावमा विभिन्न प्रचारात्मक कार्यक्रमहरु जस्तै सामाजिक सञ्चाल, पर्चा व्यानर आदिको प्रयोग गर्दै व्यवसायीहरु साथीहरुका माझमा  पुगिरहेको छौ । चीनसँगको आयातनिर्यात व्यापारमा आम व्यावसायीहरु माझ यो चुनावको महत्व बुझाउदै आफ्नो अमुल्य मत सक्षम नेतृत्व छनौट गर्ने अभियान चलाईरहेका छौँ ।

कुनै कारण छ कि तपाईलाई नै छनौट गर्नुपर्ने ?

विगत १५ वर्षदेखि नेपाल–चीन व्यापारको आयात–निर्यातमा म संलग्न भएकोले मेरो अनुभवमा  यस व्यापारमा थुप्रै समस्या तथा कठिनाई हरु छन्  । जस्तै ०७२ सालको महाभुकम्प पछि त चीनसँगको आयातनिर्यातमा थुप्रै कठिनाईहरु छ । यस परिस्थिमा सक्षम व्यावसायीको सक्षम नेतृत्व भएमा ती समस्याहरु समाधान हुनेमा म विस्वस्थ छु ।

चीनसँगको आयात निर्यातमा के के समस्याहरु छन् त ?            

चीनसँगको आयात निर्यातमा धेरै समस्याहरु छन् जस्तै सामान आयात तथा निर्यात को मेरुदण्ड सडक सञ्जालको अभाव, अव्यवस्थित तथा असुरक्षित नाका, बीमा तथा ट्रान्पोर्टेशन समस्या, लगानीको ढिलो प्रतिफल लगायतका समस्याहरु छन्  जुन चाडो भन्दा चाडो समाधान हुन जरुरी छ ।

लगानीको ढिलो प्रतिफल भन्नाले कति समयमा व्यावसायीले लगानीको प्रतिफल पाउँछन् ?

हेर्नुहोस् ३ वर्ष अगाडी सम्म चीनसँगको व्यापारमा तातोपानी नाकाबाट धेरै व्यावसायीले न्यूनतम ३ दिन देखि १५ दिन भित्रै लगानीको प्रतिफल उपभोग गर्न पाउने अवस्था थियो । ०७२ सालको महाभुकम्प पछि अहिले न्यूनतम २५ दिन देखि ६५ दिन सम्म पनि लगानीको  प्रतिफल पाउन मुस्किल छ ।

यस्तो ढिला किन भएको होला ?

तातोपानी नाका बन्द भएपछि चीनसँग जोडिएको एकमात्र सञ्चालित व्यापारिक नाका रसुवागढी नाकाबाट तातोपानी नाकाको जस्तो सुविधा  पाउन सकिएन । रसुवा जिल्ला बाहेकका व्यावसायी तथा चालकहरुलाई अध्यागमन पास उपलब्ध नभएकाले र तिब्बतको एजेन्टको भरमा सामान आयात गर्नु परेकोले मालसामान काठमाडौ आईपुग्न छिटोमा १७ दिन लाग्छ  ।  साथै सो नाकामा भन्सारमा ढिलासुस्ती भएकाले अधिकांश व्यावसायीहरुले भारतको कल्कत्ता बन्दरगाह हुदै व्यापारको विकल्प रोज्नुपरेको छ । र सो बन्दरगाहबाट आयात गर्दा कम्तीमा पनि ३५ दिन देखि ४५ दिनसम्म लाग्छ । यसले गर्दा लगानीको प्रतिफल पाउन निकै ढिला व्यहोर्नुपर्ने समस्या छ ।

कार्यसमितिमा निर्वाचित हुनु भएमा तपाईले गर्ने विशेष योजनाहरु के के छन् ?

व्यवसायीका हक हित र नेपाल चीन ब्यापार प्रवद्धनका लागि मेराे विशेष पहल हुनेछ । यस नेपाल  हिमालय सीपामापर वाणिज्य संघको नयाँ कार्यसमिति  मार्फत विभिन्न कामहरु गर्न प्रयास रहने छ। क्मगत रुपमा भन्नुपर्दा

१. तातोपानी नाकालाई पुनः सञ्चालन

२  रसुवागढी नाकामा अनिवार्य बीमाको व्यवस्था

३  कच्चापदार्थ आयातमा भन्सार छुटको व्यवस्था गरेर नेपालमा उद्योगहरु सञ्चालन  गरी रोजगारीको अवसर सिर्जना

४. अस्वस्थ प्रतिस्पर्धालाई निर्मुलीकरण

५. कलकत्ता बन्दरगाहमा हरेक वर्ष व्यहोर्नु पर्ने डिटेन्सनको समस्या समाधानको लागि पहल

६ नेपालमा चिनियाँ लगानीको बैंंक स्थापना 

७ व्यासायीहरुलाई  बिल बिजक, कर तथा भन्सार सम्बन्धि जनचेतना अभियान चलाउने

तपाईको नेतृत्वले के यी समस्याहरु समाधान होलान त ?

मेरो विचारमा असम्भव भन्ने केही छैन । यस नेपाल  हिमालय सीपामापर वाणिज्य संघको १८ औँ साधारण सभाको निर्वाचन  हामी जस्तो अनुभवी युवा व्यावसायीलाई अवसर दिईयो भने यस्ता समस्याहरुको समाधान गर्ने छौ र म नर बहादुर नेपाल (विष्णु)को सदस्य पदको निर्वाचन क्र.स. ७  मा आम व्यावसायीहरुले आफ्नो अमुल्य मत दिई निर्वाचित गराउनेमा म पूणविश्वस्त छु ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box