Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

पत्रकार महासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा महेश श्रेष्ठ विजयी

2017-03-04 10:36:46 | मेरो सिन्धु

१८ फागुन
नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको दशौँ अधिवेशन हिजो राति अबेर सम्पन्न भएको छ । अधिवेशनमा भएको निर्वाचनमा सभापति पदमा महेश श्रेष्ठ ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले सभापतिका प्रतिस्पर्धी युवराज पुरीलाई एक मत अन्तरले मात्र पराजित गर्नुभएको थियो ।

त्यसैगरी, खुला उपाध्यक्षमा ज्ञानेन्द्र तिमल्सिना ७१ मत, महिला उपाध्यक्षमा दुर्गा आचार्य ६५, सचिवमा दिनेश थापा ६५, खुला सहसचिवमा किशोर बुढाथोकी ७२, समावेशी सहसचिवमा केदार माझी ६८, खुला कोषाध्यक्षमा विदुर गिरी ६१ मतसहित निर्वाचित हुनु भएको छ ।

यस्तै, खुला सदस्यतर्फ आदित्य दाहाल ६०, सुरेश बुढाथोकी ६८, सुन्दर शिरिष ६१ तथा समावेशी सदस्यतर्फ सिर्जना बराल निर्विरोध, जनजातितर्फ नेत्र तामाङ ५७, महिला सदस्यतर्फ कमला तामाङ ५४ मतसहित निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकृत अमित घिमिरेले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box