Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार-रंग मंच

जुनकिरी नाटक लिएर आइन सिन्धुपाल्चोककी नानी थापा

2016-08-19 06:12:42 | मेरो सिन्धु


बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला आफ्नै लेखन र निर्देशनमा नाटक "जुनकिरी" लिएर तपाईं माझ आएकी छिन ।  सिन्धुपाल्चोक जिल्ला मा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी नानी थापा विभिन्न सामाजिक क्रियाकलापको  माध्यमबाट सञ्चारमाध्यममा छाउँदै आइरहेकी छिन्। सरकारको तर्फबाट बालमनोबैज्ञानिक को रुपमा काम गरिसकेको थापालाइ सानै देखी कलाकारितामा रुचि थियो। "अहिले सम्म  कति नाटकमा अभिनय गरिन ठ्याक्कै थाहा छैन तर १०० भन्दा धेरै नै गरे होला" नानी भन्छिन ।

जुनकिरी नाटकमा यसको पात्र जुनकिरी एउटा सामान्य गाउको जुनकिरी कसरि हाइ प्रोफाइल कर्ल गर्ल बन्छे र आफ्नो प्रेमी प्रति एकदम समर्पित हुन्छे । यस नाटकमा नाटककी पात्र जुनकिरीले आफ्नै जीवनमा भोगिराखेको र देखिरहेको पात्रहरुको प्रतिनिधि भएर घटनाहरुलाइ जिवन्त रुपमा रङ्ग मन्चन गर्ने भरपुर प्रयत्न गर्दछे ! थापा को आफ्नै निर्देशन, लेखन र अभिनय रहेको यो नाटक भदौ ३ गते देखी ११ गते सम्म सर्बनाम थ्रिएटर कालिकास्थानमा बिहिबार बाहेक अरु दिन ५:१५ बाट मन्चन हुनेछ ।

प्रतिक्रियाहरु

आफ्नै जिल्लाको बहिनि रहिछौ खुसि लाग्यो बधाई छ प्रगतिका पैलाहरु कहिँ नरोकिउन

- Laxmi Paudel : Yamunadanda 3,Sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box