Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

युएनडिपीको सुरक्षित आवास सचेतना अभियान

2016-01-15 03:07:29 | मेरो सिन्धु


भूकम्पप्रतिरोधी आवास निर्माणसम्बन्धी सचेतनामुलक घुम्ती मोवाइल सेवा

सिन्धुपाल्चोक
विकास साझेदार संयुक्त राष्ट्र संघ विकास कार्यक्रम युएनडिपीले सर्वसाधारणको जानकारीका लागि सुरक्षित आवास निर्माण सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । यससम्बन्धी रेडियो कार्यक्रम संचालन गर्दैआएको युएनडिपीले हाल भूकम्पप्रतिरोधी आवास निर्माणसम्बन्धी सचेतनामुलक घुम्ती मोवाइल सेवा संचालन गर्दै आएको छ । भूकम्पका कारण सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोकबाट युनएनडिपीले अब निर्माण गर्नुपर्ने सुरक्षित आवास सम्बन्धमा घुम्ती मोवाइल भ्यानबाट निशुल्क जानकारी दिंदै आएको छ । श्रब्यदृश्य सामग्री, ब्रोसर र बुकलेटमार्फत् सर्वसाधारणलाई जानकारी दिइएको हो । पछिल्लोपटक युएनडिपीको टोलीले सिन्धुपाल्चोकको भोटेचौर गाविसका भोटेचौर र जैसीगाउँमा यो कार्यक्रम गरेको छ ।

हालसम्म सिन्धुपाल्चोकका फूल्पिङडाँडा, बाह्रबिसे, माँखा, भोटेचौरलगायत १४ वटा गाविसमा यस्ता कार्यक्रम संचालन भैसकेको छ । बाँकी ५४ वटा गाविस र जिल्लाका नगरपालिकाहरुमा समेत पुननिर्माणसम्बन्धी सचेतना कार्यक्रम पु¥याउने युनएनडिपीले जनाएको छ । यसका लागि सचेतनामूलक सामग्री र इन्जिनियरसहितको टोली खटिएको छ । मोवाइल भ्यानमा सुरक्षित आवासका नमूना टाँसिएका मोवाइल भ्यानमा ठूलो मनिटरबाट श्रब्यदृश्य सामग्रीसमेत प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ ।

यसले स्थानीयस्तरमा उपलब्ध माटो, ढुंगा र काठको प्रयोगबाट सुरक्षित घर बनाउन सकिने जानकारी दिएको इन्जिनियर अशोक पोखरेलले बताए । उनले श्रव्यदृश्य सामग्री प्रदर्शनी, बुकलेट तथा ब्रोसर वितरण गर्दै सर्वसाधारणलाई सुरक्षित आवास निर्माण सम्बन्धमा जानकारी गराउँदै आएका छन् ।

युएनडिपीको सुरक्षित आवास निर्माणसम्बन्धी जानकारीमूलक श्रव्यदृश्य सामग्री अवलोकन तथा सरकारले तयार गरेको भूकम्पप्रतिरोधी घरको नमूना र बनाउने तरिकासहितको बुकलेट हातपारेपछि भने भूकम्पपीडितहरु केही आशावादी देखिएका छन् । यसले पुननिर्माणका लागि केही सहयोग पुग्ने उनीहरुको भनाई थियो ।

सरकारीस्तरबाट पुननिर्माणसम्बन्धी जानकारी सर्वसाधारणको पहुँचसम्म नपुगिरहेका बेला युनएनडिपीले सुरु गरेको सुरक्षित आवाससम्बन्धी जानकारीमूलक अभियानले महत्व पाएको छ । सिन्धुपाल्चोकपछि अरु प्रभावित जिल्लामा समेत यस्तो कार्यक्रम पु¥याउने तयारी युएनडिपीको छ ।

गत बैशाखको भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण कार्यले अझै गतिलिन सकिरहेको छैन । भूकम्पका कारण घरबास गुमाएका लाखौं भूकम्पपीडितहरु ९ महिनादेखि अस्थायी टहरो, जस्ताको छानो र पालकै भरमा कष्टपूर्ण जीवन बिताइरहेका छन् । अहिलेसम्म उनीहरुले भूकम्पप्रतिरोधी स्थायी आवासको संरचना निर्माण गर्ने मेलोमेसो पाएका छैनन् । सरकारले तयार गरेको भूकम्प प्रतिरोधी आवासको मोडेल र नक्शाका सम्बन्धमा जानकारी नै नपाउँदा अधिकाँश पीडितहरु कस्तो संरचना निर्माण गर्ने भन्ने अन्यौलमा छन् । भूकम्पका कारण करीब ६ लाख घर पूर्ण क्षति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box