Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

भुकम्प पिडित बिधार्थीलाई लायन्सको सहयोग

2016-01-08 01:22:55 | मेरो सिन्धु


न्यानाे पाएपछि खुशी भएका विधाथीर्हरू

२२ पुस, ठाेकर्पा
भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक ठोकर्पाका सरकारी विद्यालयमा अध्ययन गर्ने विधार्थीलाई हिमालयन केयर ह्याण्डस् र लायन्स क्लब अफ नेपाल हिमालयले न्यानो कपडा वितरण गरेको छ ।

ठोकर्पामा रहेका छ वटा विद्यालयका कक्षा एक देखि १० सम्म पढ्ने १०१८ जना विधार्थीहरुलाई ऊनीको स्वेटर र टोपी वितरण गरिएको हो । बुधबार श्री बाघभैरव उच्च माध्यमिक विद्यालय र श्री ठोकर्पा माध्यमिक विद्यालय परिसरबाट भेगीय अनुकुलतामा सबै विद्यालयका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

यसैगरी बुधबार नै काभ्रेको कोलाती गाविसको वडा नं ९ स्थित आँपघाटका माझी बस्तीमा पुगेर सोही टोलीले ४५ घरपरिवारलाई फाइबर सिरक, ऊनी स्वेटरलगायतका सामाग्री वितरण गरिएको छ । साथै त्यहाँ रहेको सुनकोशी जनविकास प्राथमिक विद्यालयका २५ जना विधार्थीहरुलाई स्वेटर, टोपी र शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लबका अध्यक्ष केदार न्यौपानेले बताएका छन् ।

भुकम्पले गर्दा पर्याप्त न्यानो कपडा नभएर जाडोले कष्टकर रुपमा जीवन विताइरहेका विधार्थीहरुलाई बेल्जियमका नागरिक लुकको विशेष सहयोगमा न्यानो कपडा वितरण सम्भव भएको हिमालयन केयर ह्याण्डस्का अध्यक्ष इन्दिरा खतिवडाले बताइन् । सो कार्यक्रममा बेल्जियमका नागरिक लुक सहित १६ जना लायन्स सदस्यहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box