Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

भूकम्प प्रभावितलाई युएनडीपीले थप सघाउने

2015-12-24 05:51:28 | मेरो सिन्धु


जापानी राजदूत मासाशी ओगावा, युएनडीपीका कन्ट्री डाइरेक्टर रेनोड मेयर र सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधान सिन्धुपाल्चोक जिल्लामा भूकम्प प्रभावित समुदायहरुको पुर्नस्थापनाका लागी सञ्चालित क्रियाकलापहरुको अवलोकनका क्रममा

९ पौष, काठमाडौँ 
नेपालका लागि जापानी राजदूत मासाशी ओगावा, युएनडीपीका कन्ट्री डाइरेक्टर रेनोड मेयर र सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानको संयुक्त टोलीले सिन्धुपाल्चोक जिल्लामा भूकम्प प्रभावित समुदायहरुको पुर्नस्थापनाका लागी सञ्चालित क्रियाकलापहरुको अवलोकन गरेको छ ।

युएनडीपीको शान्तिका लागि जीविकोपार्जन परियोजना एलआरपी अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका नवलपुर, इर्खु, सिपापोखरे, कुन्चोक, बाँडेगाँउ र साँगाचोक गाविसहरुमा २३ वटा सामुदायिक संरचनाहरुको पुर्ननिर्माण भईरहेको छ । मौरिसस सरकारको सहयोग तथा युएनडीपीको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमसँगै युएनडीपीले जीविकोपार्जन सहयोग कार्यक्रम पनि शुरु गरेको जनाएको छ । 

२६२ महिला सदस्य रहेको इर्खु मानेडाँडा स्थित दीपज्योति महिला बचत तथा ऋण सहकारी भवनको पुर्नःनिर्माणको जानकारी लिंदै जापानी राजदूत ओगावाले ईखुमा भैरहेको पुर्नस्थापना कार्य सन्तोषजनक रहेको बताउनुभयो । “यहाँ प्रसस्त लप्सी फल्दो रहेछ । आयआर्जन बढाउन तँपाईहरुले लप्सी प्रशोधन गर्ने योजना बनाएको थाहा पाँउदा धेरै खुसी लागेको छ किनभने म लप्सीको पारखी हुँ । त्यसैले म फेरि इर्खु आउनेछु” राजदूत ओगावाले भन्नुभयो ।   

युएनडीपीका कन्ट्री डाइरेक्टर रेनोड मेयरले भूकम्प लगत्तै पुर्नःस्थापनाका कार्यक्रमहरु अति प्रभावित जिल्लाहरुमा केन्द्रीत गरेको जनाउँदै इर्खुमा सहकारी भवनको पुर्नःनिर्माणसँगै जनमानसमा धेरै आशा पलाएको बताउनुभयो । वहाँले भूकम्प प्रभावित समुदायहरुलाई थप सघाउन युएनडीपीले थप सहयोग गर्ने जानकारी दिनुभयो । 

सहकारी तथा गरिवी निवारण मन्त्रायलयका सहसचिव सुरेश प्रधानले सहकारी मार्फत नै स्थानीय लोकतन्त्र मजबूत हुने भएकाले मन्त्रालयले भूकम्प प्रभावित समुदायहरु र अति गरिव घरधुरीहरुलाई लक्षित गरेर छिट्टै बिशेष कार्यक्रम ल्याउने बताउनुभयो । 

दीपज्योति महिला सहकारीकी अध्यक्ष आइते तामाङले भूकम्पले गर्दा जीवनप्रणाली नै तहसनहस भएको अवगत गराउँदै जाडो याममा एउटा सिरक पुरै परिवारले खोसाखोस गरेर ओड्न बाध्य भएको जनाउनुभयो । सहकारी भवनको पुननिर्माणसँगै आँफूहरुमा नयाँ आशा पलाएको जनाउदै वहाँले भन्नुभयो “हामीहरुको माग ठूलो छैन । हाम्रो आय आर्जनमा सघाउन दिगो सहयोग जरुरी छ । बीउपूँजी त हामीहरुको मिहिनेत नै हो ।”    


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box